भूकम्पले छोरा र घर गुमाएकी पार्वती, जसले जितिन् एक करोडको पुरस्कार

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ११ साउन, २०८२
१ वर्षअघि

काठमाडौँ । धादिङ, गंगाजमुना गाउँपालिका–६ की पार्वती कार्कीले २०७२ को विनाशकारी भूकम्पमा आफ्ना एक महिनाका छोरा र नयाँ बनाउँदै गरेको घर गुमाएकी थिइन् ।

त्यसपछिको आर्थिक कठिनाइमा ऋण गरेर उनले श्रीमान्लाई वैदेशिक रोजगारीका लागि  पठाइन् ।

अहिले उनका श्रीमान् बहराइनमा छन् भने अर्का छोरा काठमाडौँमा प्लस टु अध्ययनरत छन् ।

महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी कार्कीले यसबीचमा आर्थिक कठिनाइबाट उन्मुक्त हुन अथक प्रयास गर्दै आएकी थिइन् ।

गत असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा भाग लिएकी पार्वती अन्ततः भाग्यमानी सावित भइन् ।

असारको तेस्रो साता ९९ रुपियाँको ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा सहभागी भएकी उनले एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेकी छन् ।

शुक्रबार एनसेलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले उनलाई बम्पर पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुरस्कार ग्रहण गर्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको रकम जितेको र यसले आफू र परिवारको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरिन् ।

उनले प्राप्त रकम श्रीमान्को बाँकी ऋण तिर्न, स्वास्थ्य उपचार गर्न, नेपालमै सानोतिनो उद्यम सुरु गर्न र छोराको शिक्षामा लगानी गर्ने योजना सुनाए ।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार १२ हप्ताका लागि सञ्चालनमा ल्याएको योजनालाई साउन १ गते बन्द गरेको थियो ।

योजनाअन्तर्गत कार्कीले बम्पर पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकले साप्ताहिक रूपमा जनही एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

एनसेलले हालसम्म ३६ जनालाई पुरस्कार हस्तान्तरण गरिसकेको र बाँकी १५ जनालाई प्रमाणीकरणपछि पुरस्कार प्रदान गरिने जनाएको छ ।

प्रकाशित समय: शनिवार ११ साउन, २०८२, ०७:१०:३६

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०