कक्षा ११ मा भर्ना भएका ७५१ जना विद्यार्थीहरूलाई ग्रिनल्याण्ड कलेजले दियो अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ७ साउन, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगर-९ स्थित ग्रिनल्यान्ड कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

उत्कृष्ट शैक्षिक संस्थाका रूपमा सम्मानित बनेको कलेजले मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ग्रिनल्यान्डमा भर्ना भएका ७५१ जना विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण दिएको हो ।

Advertisement

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल दिनेश कुमार दाहालले ग्रिनल्याण्ड कलेजले गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थीको भविष्य उज्ज्वल बनाउने लक्ष्यसहित अघि बढिरहेको बताए ।

‘हामी केवल किताबी ज्ञानमै सीमित छैनौं,’ उनले भने, ‘विद्यार्थीलाई नैतिक मूल्य, व्यवहारिक सीप र रोजगारसँग जोडिने शिक्षा दिन हामी प्रतिबद्ध छौं ।’ प्रिन्सिपल दाहालका अनुसार शिक्षासँगै शिष्टाचार, अनुशासन र व्यावसायिक क्षमताको समन्वय गर्ने वातावरण कलेजले निर्माण गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइ, मोरङका प्रमुख जीवन गड्तौलाले नयाँ पुस्तालाई प्रविधिमैत्री र रोजगारमुखी बनाउने खालको शिक्षामा जोड दिनुपर्ने बताए । ‘समय बदलिँदै छ, अब केवल किताबको भरमा भविष्य बन्न सक्दैन,’ उनले भने, ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउने शिक्षा प्रणालीको विकास गर्न जरुरी छ, र यस दिशामा ग्रिनल्याण्ड कलेजको प्रयास सराहनीय छ ।’

यसैगरी कलेजका अध्यक्ष रवीन्द्र घिमिरेले कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरे । ग्रिनल्यान्डले अनुसन्धानमुलक पठनपाठनमा जोड दिँदै गइरहेको उनले सुनाए ।

कार्यक्रममा विज्ञान संकायमा भर्ना भएका विद्यार्थी दिपरशान सुवेदीले ग्रिनल्याण्ड कलेजको शैक्षिक पूर्वाधार, अनुभवी शिक्षक र सफल नतिजाका कारण आफूले यहाँ अध्ययन रोजेको बताए । अर्की विद्यार्थी राधिका भट्टराईले कलेजले प्रदान गर्ने गुणस्तरीय शिक्षाबाट आफ्नो लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

अभिमुखिकरण कार्यक्रमलाई सांस्कृतिक प्रस्तुतिले अझ आकर्षक बनाएको थियो । विद्यार्थीहरूले विभिन्न नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

कम्प्युटर विज्ञान,  व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय गरी तीनवटै मुख्य संकायहरूमा ग्रिनल्यान्डले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०