विराटनगर । इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न पुगेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला उतै अड्किएका छन् ।
इजरायलको निम्तोमा आठ दिनअघि पुगेका उनी इजरायल र इरानबीचको युद्ध चर्किएपछि उतै अड्किएका हुन् । उनी सहभागी कार्यक्रम भने सकिएकाे छ ।
युद्ध चर्किएका कारण उनी बंकरमा लुकेर बसिरहेका छन् । साइरन बज्दा विभिन्न देशका जनप्रतिनिधिसँगै बंकरमा बस्नुपर्ने अवस्था रहेकाे उनले बताए ।
उनी नेपालबाट जाने एक्लो जनप्रतिनिधि हुन् । मेयर कोइरालाले आफू ‘सेफाइम’ भन्ने स्थानमा सुरक्षित रहेको जानकारी दिएका छन् । यो सहर राजधानीबाट ३० किलोमिटर दुरीमा छ ।
कोइराला जुन महिनाको २० तारिखमा नेपाल फर्कने कार्यक्रम छ । तर इरान इजरायलबीच तनाव बढेपछि इजरायलकाे विमानस्थल बन्द छन् ।
विमानस्थल बन्द भएका कारण उनको नेपाल फिर्ती अनिश्चित बनेको छ ।