विराटनगरका युवाहरूको निष्कर्ष : गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । “विराट युवा विचारक मञ्च”ले आफ्नो पहिलो वार्षिकोत्सव तथा गणतन्त्र दिवसको अवसरमा विराटनगरस्थित एलिट क्लबको सभाहलमा “युवाको दृष्टिकोणमा : गणतन्त्र कि राजतन्त्र?” विषयक विशेष वैचारिक बहस कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पसका स्ववियु सभापति पृत्तम साह, नेपाली कांग्रेसका युवा नेता अनुराज पाठक, र एमाले मोरङका सदस्य मिलन घिमिरे वक्ताका रूपमा सहभागी थिए। कार्यक्रमको सहजिकरण शशिशेखर भण्डारीले गरेका थिए ।

कार्यक्रमको वारे प्रष्ट पार्दै मञ्चका अध्यक्ष अभिषेक भट्टराईले भने, “राजनीतिक चेतनाको जरा बलियो नहुँदासम्म गणतन्त्र जस्तो मूल्य प्रणाली टिक्दैन। त्यसैले यस्ता बहसले युवामा राष्ट्रप्रतिको सोच र जिम्मेवारी बढाउने विश्वास हामीले लिएका छौं।”

कार्यक्रमका प्रमुख अतिथि तथा एलिट क्लबका अध्यक्ष बिश्वनाथ रिजालले युवाको सक्रियता र जिज्ञासालाई सराहना गर्दै भने, “आजका युवाले विचारमा स्पष्टता ल्याउने, फरक दृष्टिकोणलाई सुन्ने र बहस गर्न सक्ने संस्कार विकास गर्नु अत्यन्त सकारात्मक कुरा हो। यस्ता कार्यक्रमहरूले लोकतन्त्र बलियो बनाउन सहयोग पुर्‍याउँछ।”

उनले एलिट क्लब सधैं यस्ता सामाजिक, बौद्धिक र सिर्जनात्मक क्रियाकलापमा साथ दिन तयार रहेको पनि बताए।

दिउँसो १ बजे सुरु भएको बहसमा सहभागीहरूले गणतन्त्रको उपलब्धि, चुनौती र वैकल्पिक प्रणालीबारे तर्कपूर्ण विचार राखेका थिए।

कार्यक्रमका वक्ता अनुराज पाठकले संविधानमा नमिलेका कुरालाई संशोधन मार्फत मिलाउन सकिने , प्रदेश र स्थानीय तहलाई छरितो बनाउन सकिने तर गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने धारणा राखे ।

कार्यक्रम विराटनगरका विभिन्न क्षेत्रका युवाहरू, विद्यार्थी, राजनीतिक कार्यकर्ता र बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति र सहभागितामा सम्पन्न भयो।

विराट युवा विचारक मञ्चले यस्ता बहस र वैचारिक कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित समय: बिहिबार १६ जेठ, २०८२, १७:२७:३१

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०