विराटनगरका युवाहरूको निष्कर्ष : गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । “विराट युवा विचारक मञ्च”ले आफ्नो पहिलो वार्षिकोत्सव तथा गणतन्त्र दिवसको अवसरमा विराटनगरस्थित एलिट क्लबको सभाहलमा “युवाको दृष्टिकोणमा : गणतन्त्र कि राजतन्त्र?” विषयक विशेष वैचारिक बहस कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पसका स्ववियु सभापति पृत्तम साह, नेपाली कांग्रेसका युवा नेता अनुराज पाठक, र एमाले मोरङका सदस्य मिलन घिमिरे वक्ताका रूपमा सहभागी थिए। कार्यक्रमको सहजिकरण शशिशेखर भण्डारीले गरेका थिए ।

Advertisement

कार्यक्रमको वारे प्रष्ट पार्दै मञ्चका अध्यक्ष अभिषेक भट्टराईले भने, “राजनीतिक चेतनाको जरा बलियो नहुँदासम्म गणतन्त्र जस्तो मूल्य प्रणाली टिक्दैन। त्यसैले यस्ता बहसले युवामा राष्ट्रप्रतिको सोच र जिम्मेवारी बढाउने विश्वास हामीले लिएका छौं।”

कार्यक्रमका प्रमुख अतिथि तथा एलिट क्लबका अध्यक्ष बिश्वनाथ रिजालले युवाको सक्रियता र जिज्ञासालाई सराहना गर्दै भने, “आजका युवाले विचारमा स्पष्टता ल्याउने, फरक दृष्टिकोणलाई सुन्ने र बहस गर्न सक्ने संस्कार विकास गर्नु अत्यन्त सकारात्मक कुरा हो। यस्ता कार्यक्रमहरूले लोकतन्त्र बलियो बनाउन सहयोग पुर्‍याउँछ।”

उनले एलिट क्लब सधैं यस्ता सामाजिक, बौद्धिक र सिर्जनात्मक क्रियाकलापमा साथ दिन तयार रहेको पनि बताए।

दिउँसो १ बजे सुरु भएको बहसमा सहभागीहरूले गणतन्त्रको उपलब्धि, चुनौती र वैकल्पिक प्रणालीबारे तर्कपूर्ण विचार राखेका थिए।

कार्यक्रमका वक्ता अनुराज पाठकले संविधानमा नमिलेका कुरालाई संशोधन मार्फत मिलाउन सकिने , प्रदेश र स्थानीय तहलाई छरितो बनाउन सकिने तर गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने धारणा राखे ।

कार्यक्रम विराटनगरका विभिन्न क्षेत्रका युवाहरू, विद्यार्थी, राजनीतिक कार्यकर्ता र बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति र सहभागितामा सम्पन्न भयो।

विराट युवा विचारक मञ्चले यस्ता बहस र वैचारिक कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०