महेन्द्र मोरङमा मंगलबार स्ववियु निर्वाचन हुँदै, को-को छन् प्रतिस्पर्धामा ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ चैत, २०८१
२ वर्षअघि

विराटनगर । विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रूपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरिका अधिकांश क्याम्पसमा हुँदै छ ।

त्रिविले प्रत्येक दुई-दुई वर्षमा गर्ने स्ववियु निर्वाचन मंगलबार हुँदै छ । निर्वाचनका लागि विभिन्न राजनीतिक दलनिकटका विद्यार्थी संगठन सहभागी हुँदै छन् ।

Advertisement

स्ववियुको निर्वाचन लागेसँगै विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सबैको नजर पर्ने गर्छ ।

किनकि, यसै कलेजबाट विद्यार्थी राजनीति सुरु गरेर दर्जनौं नेता भइसकेका मात्र छैनन् मुलुकको सर्वोच्च पदमा पनि पुगिसकेका छन् ।

मुलुकका चर्चित नेता जन्माउने महेन्द्र मोरङ क्याम्पसमा मंगलबार स्ववियु निर्वाचन हुँदै छ ।

नयाँ नेतृत्वका लागि एक स्वतन्त्रसहित सात जनाले सभापतिमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार योगराज दाहाल नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका केन्द्रीय सदस्य हुन् ।

पार्टीभित्रको इतर समूहका विद्यार्थी नेता दाहालले सभापतिमा उम्मेदवारी दिएका छन् । नेविसंघबाट दाहाल र प्रज्वल विष्टले उम्मेदवारी दिएका थिए । विष्टले आधिकारिता पाए ।

नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुबाट अनिष बोगटी अध्यक्षको उम्मेदवार छन् । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट रोहित यादव अध्यक्षको उम्मेदवार छन् ।

सभापतिमा विद्यार्थी जनमत संघबाट रुपेश सिंह, अखिल क्रान्तिकारी बहुमतबाट अनिषा राई, प्राज्ञिक विद्यार्थी परिषद्बाट विवश कटुवाल अध्यक्षको उम्मेदवार छन् ।

अध्यक्षमा ७ जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने नेविसंघ, अखिल र अखिल क्रान्तिकारीबीच अनुमान गरिएको छ । यी ३ विद्यार्थी संगठनबाट उम्मेदवारी दिएकाहरुले अरुलाई प्रतिस्पर्धी ठानेकै छैनन् ।

नेविसंघभित्र विवाद भएका कारण अखिल र अखिल क्रन्तिकारी आफ्नो जित पक्का भएको दाबी गर्छन् । नेविसंघको संस्थापन पक्ष चुनाव जित्ने दाबी गर्छ । ‘विगतको भन्दा हाम्रो तयारी राम्रो छ,’ अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यू यादव भन्छन्, ‘स्ववियुमा यसपाली हामीले जित्दैछौं ।’

एमालेको विद्यार्थी सगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जोसेफ घिमिरे पनि निर्वाचन जित्ने दाबी गर्छन् । ‘तयारी राम्रै भइहरहेको छ । हामी चुनाव जित्छौं,’ उनले भने ।

नेविसंघ संस्थापन पक्षका नेता तथा वर्तमान स्ववियु सभापति जसवन्त पौडेल चुनाव जित्ने दाबी गर्छन् । ‘हाम्रो माहोल राम्रो छ । चुनाव जित्दैछौं । अर्काे पक्ष (दाहाल)ले खासै ठूलो असर गर्दैन । हामी जित निकाल्छौं,’ उनले भने ।

नेविसंघ इतर पक्षले भने निर्वाचन हुन नदिने चेतावनी दिँदै आएको छ । महेन्द्र्र मोरङमा २ हजार ८ सय ९० छात्रा र ३ हजार ९४ जना छात्र गरेर ५ हजार ९ सय ८४ जना मतदाता छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०