महेन्द्र मोरङमा मंगलबार स्ववियु निर्वाचन हुँदै, को-को छन् प्रतिस्पर्धामा ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ चैत, २०८१
२ वर्षअघि

विराटनगर । विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रूपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरिका अधिकांश क्याम्पसमा हुँदै छ ।

त्रिविले प्रत्येक दुई-दुई वर्षमा गर्ने स्ववियु निर्वाचन मंगलबार हुँदै छ । निर्वाचनका लागि विभिन्न राजनीतिक दलनिकटका विद्यार्थी संगठन सहभागी हुँदै छन् ।

स्ववियुको निर्वाचन लागेसँगै विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सबैको नजर पर्ने गर्छ ।

किनकि, यसै कलेजबाट विद्यार्थी राजनीति सुरु गरेर दर्जनौं नेता भइसकेका मात्र छैनन् मुलुकको सर्वोच्च पदमा पनि पुगिसकेका छन् ।

मुलुकका चर्चित नेता जन्माउने महेन्द्र मोरङ क्याम्पसमा मंगलबार स्ववियु निर्वाचन हुँदै छ ।

नयाँ नेतृत्वका लागि एक स्वतन्त्रसहित सात जनाले सभापतिमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार योगराज दाहाल नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका केन्द्रीय सदस्य हुन् ।

पार्टीभित्रको इतर समूहका विद्यार्थी नेता दाहालले सभापतिमा उम्मेदवारी दिएका छन् । नेविसंघबाट दाहाल र प्रज्वल विष्टले उम्मेदवारी दिएका थिए । विष्टले आधिकारिता पाए ।

नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुबाट अनिष बोगटी अध्यक्षको उम्मेदवार छन् । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट रोहित यादव अध्यक्षको उम्मेदवार छन् ।

सभापतिमा विद्यार्थी जनमत संघबाट रुपेश सिंह, अखिल क्रान्तिकारी बहुमतबाट अनिषा राई, प्राज्ञिक विद्यार्थी परिषद्बाट विवश कटुवाल अध्यक्षको उम्मेदवार छन् ।

अध्यक्षमा ७ जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने नेविसंघ, अखिल र अखिल क्रान्तिकारीबीच अनुमान गरिएको छ । यी ३ विद्यार्थी संगठनबाट उम्मेदवारी दिएकाहरुले अरुलाई प्रतिस्पर्धी ठानेकै छैनन् ।

नेविसंघभित्र विवाद भएका कारण अखिल र अखिल क्रन्तिकारी आफ्नो जित पक्का भएको दाबी गर्छन् । नेविसंघको संस्थापन पक्ष चुनाव जित्ने दाबी गर्छ । ‘विगतको भन्दा हाम्रो तयारी राम्रो छ,’ अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यू यादव भन्छन्, ‘स्ववियुमा यसपाली हामीले जित्दैछौं ।’

एमालेको विद्यार्थी सगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जोसेफ घिमिरे पनि निर्वाचन जित्ने दाबी गर्छन् । ‘तयारी राम्रै भइहरहेको छ । हामी चुनाव जित्छौं,’ उनले भने ।

नेविसंघ संस्थापन पक्षका नेता तथा वर्तमान स्ववियु सभापति जसवन्त पौडेल चुनाव जित्ने दाबी गर्छन् । ‘हाम्रो माहोल राम्रो छ । चुनाव जित्दैछौं । अर्काे पक्ष (दाहाल)ले खासै ठूलो असर गर्दैन । हामी जित निकाल्छौं,’ उनले भने ।

नेविसंघ इतर पक्षले भने निर्वाचन हुन नदिने चेतावनी दिँदै आएको छ । महेन्द्र्र मोरङमा २ हजार ८ सय ९० छात्रा र ३ हजार ९४ जना छात्र गरेर ५ हजार ९ सय ८४ जना मतदाता छन् ।

प्रकाशित समय: सोमबार ३ चैत, २०८१, २०:४७:०७

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
५ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०