विराटनगरको हेरिटेज मन्टेश्वरीमा स्पोर्ट्स मिट एवम् होली विशेष कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित हेरिटेज मन्टेश्वरीले एक दिने स्पोर्ट्स मिट आयोजना गरी विद्यार्थीहरूको खेल प्रतिभा प्रदर्शन गरेको छ ।

विद्यालयले दौड, चेयर पुलिङ, बल पासिङ, स्पुन गेम लगायत विभिन्न खेलकुद प्रतियोगिताहरूको आयोजना गरेको थियो ।

Advertisement

प्रतियोगितामा विद्यालयका सबै विद्यार्थीहरूको अनिवार्य सहभागिता रहेको थियो ।

मन्टेश्वरीले विभिन्न प्रतियोगितामा विजयी हुने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरेको छ । साथै, प्रतियोगितामा सहभागिता जनाउने सबै विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

यस्ता खेलकुद कार्यक्रमहरूले विद्यार्थीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने हेरिटेज मन्टेश्वरीका संस्थापक प्रिन्सिपल ज्योतिप्रसाद धितालले बताए ।

खेलकुदले बालबालिकाहरूमा टिमवर्क, आत्मविश्वास, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत गर्ने उनको भनाइ छ ।

“शारीरिक विकासको साथसाथै मानसिक विकासमा पनि खेलकुदको महत्वपूर्ण योगदान हुन्छ,” धितालले भने, “हामी बालबालिकाहरूलाई खेलको माध्यमबाट जीवनका महत्वपूर्ण सीपहरू सिकाउन चाहन्छौं ।”

विद्यालयले आगामी दिनमा पनि यस्ता खेलकुद कार्यक्रमहरू निरन्तर आयोजना गर्ने जनाएको छ ।

स्पोर्ट्स मिटका साथै मन्टेश्वरीले होली विशेष कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा शिक्षिकाहरूले बालबालिकालाई अबिर लगाएर रंगीचंगी वातावरणमा नाचगान गर्दै होली पर्वको उत्सव मनाएका थिए ।

बालबालिकाहरूले होलीको महत्व र सांस्कृतिक पक्षबारे जानकारी पाउनुका साथै आपसी सद्भाव र मिलापको सन्देश बोकेको यस पर्वलाई हर्षोल्लासका साथ मनाएका थिए ।

यस प्रतियोगितामा अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

तीन वर्षअघि विराटनगर -३ पोखरियास्थित (सेल्फी रोड) मा स्थापना भएको हेरिटेज मन्टेश्वरीले विशिष्ट शैक्षिक सुविधाहरूसहित गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

विद्यालयले कक्षामा सीमित विद्यार्थी संख्या, मितव्ययी शुल्क, एक हप्ताको निःशुल्क परीक्षण अवधि जस्ता विशेषताहरू प्रदान गर्दै आएको छ ।

यसका साथै, मन्टेश्वरीमा तालिम प्राप्त अनुभवी शिक्षकहरू, श्रव्य-दृश्य कक्षाकोठा, हेरचाह गर्ने शिक्षक तथा हेरचाहकर्ताहरू र विशाल खेल मैदानको व्यवस्था रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०