सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीकै सेटिङमा सीमामा मौलायो तस्करी !

करिब ४५ लाखको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीकै सेटिङमा तस्करी मौलाएर गएको पाइएको छ ।

सीमामा परिचालित सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीकै सेटिङ र समन्वयमा व्यापक रूपमा तस्करी हुने क्रम बढ्दै गएको गुनासो बढिरहेका बेला नेपाल प्रहरीको गस्ती टोलीले बिराटनगरबाट ठूलो परिमाणको अबैध सामान बरामद गरेको छ ।

Advertisement

नेपाल प्रहरीको टोलीले भन्सार छलेर नेपाल भित्र्याइएको करिब ४५ लाख रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामग्री, फुड सप्लिमेन्ट, कस्मेटिक्स र मेडिकल सामग्रीसहित भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको ट्रक भारतीय नम्बर यूपी ८७ ९१८१ रहेको छ भने चालक भारतका ३५ वर्षीय मोहम्मद अस्लाम रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा गएको प्रहरी टोलीले ट्रकलाई विराटनगर १८ मा रोकी जाँच गर्दा ठूलो परिमाणमा भन्सार छलिएका सामान फेला परेको हो ।

प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको सामग्रीलाई राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाएको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत उत्तम घिमिरेका अनुसार सो ट्रकमा उच्च मूल्यका सामान रहेका छन् ।

ती सामानलाई भन्सार छली केवल १३ लाख ८१ हजार रुपैयाँ कर तिरेर नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा भन्सार कर्मचारी र सशस्त्र प्रहरी बलकै मिलेमतोमा न्यून मूल्यांकन र कम भन्सार शुल्क तिरेर तस्करीका सामान नेपाल भित्र्याउने गिरोह सक्रिय रहेको छ ।

केही समयअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक अरविन्द्र यादवले भारतबाट भन्सार छल्दै ल्याएका मेडिकल उपकरणसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यादवले सशस्त्र प्रहरी बलको सेटिङमा झण्डै २ लाख ६ हजार रुपैयाँ मूल्य बराबरका मेडिकल उपकरण भन्सार नतिरी ल्याएका थिए । उनलाई पक्राउ गरी अनुसन्धानपछि धरौटीमा छोडिएको थियो ।

सिमावर्ती क्षेत्रबाट कपडा, चिनी, जिरा, तेल, काजु, किसमिस लगायतका दैनिक उपभोग्य सामग्री भन्सार छल्दै नेपाल भित्र्याउने क्रम बढिरहेका बेला नेपाल प्रहरी र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले गस्ती र निगरानी कडा बनाएको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत घिमिरेका अनुसार जोगबनी तथा आसपासका नाकाबाट भन्सार छल्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा रात्री गस्तीसमेत सुरु गरिएको छ ।

सरकारले तस्करी नियन्त्रणका लागि कडाइ गरेको दाबी गरे पनि भन्सार कर्मचारी र सीमामा खटिएका सुरक्षाकर्मीहरूकै मिलेमतोमा तस्करी मौलाएको स्पष्ट देखिदै आएको छ ।

अब यसतर्फ सीमा सुरक्षाका साथै राजश्व चुहावट नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बलको माथिल्लो निकाय र भन्सार कार्यालयभन्दा माथिल्लो तहलगायत सरोकारवाला पक्षले थप सक्रियता देखाउन जरुरी छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०