सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीकै सेटिङमा सीमामा मौलायो तस्करी !

करिब ४५ लाखको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीकै सेटिङमा तस्करी मौलाएर गएको पाइएको छ ।

सीमामा परिचालित सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीकै सेटिङ र समन्वयमा व्यापक रूपमा तस्करी हुने क्रम बढ्दै गएको गुनासो बढिरहेका बेला नेपाल प्रहरीको गस्ती टोलीले बिराटनगरबाट ठूलो परिमाणको अबैध सामान बरामद गरेको छ ।

नेपाल प्रहरीको टोलीले भन्सार छलेर नेपाल भित्र्याइएको करिब ४५ लाख रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामग्री, फुड सप्लिमेन्ट, कस्मेटिक्स र मेडिकल सामग्रीसहित भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको ट्रक भारतीय नम्बर यूपी ८७ ९१८१ रहेको छ भने चालक भारतका ३५ वर्षीय मोहम्मद अस्लाम रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा गएको प्रहरी टोलीले ट्रकलाई विराटनगर १८ मा रोकी जाँच गर्दा ठूलो परिमाणमा भन्सार छलिएका सामान फेला परेको हो ।

प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको सामग्रीलाई राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाएको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत उत्तम घिमिरेका अनुसार सो ट्रकमा उच्च मूल्यका सामान रहेका छन् ।

ती सामानलाई भन्सार छली केवल १३ लाख ८१ हजार रुपैयाँ कर तिरेर नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा भन्सार कर्मचारी र सशस्त्र प्रहरी बलकै मिलेमतोमा न्यून मूल्यांकन र कम भन्सार शुल्क तिरेर तस्करीका सामान नेपाल भित्र्याउने गिरोह सक्रिय रहेको छ ।

केही समयअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक अरविन्द्र यादवले भारतबाट भन्सार छल्दै ल्याएका मेडिकल उपकरणसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यादवले सशस्त्र प्रहरी बलको सेटिङमा झण्डै २ लाख ६ हजार रुपैयाँ मूल्य बराबरका मेडिकल उपकरण भन्सार नतिरी ल्याएका थिए । उनलाई पक्राउ गरी अनुसन्धानपछि धरौटीमा छोडिएको थियो ।

सिमावर्ती क्षेत्रबाट कपडा, चिनी, जिरा, तेल, काजु, किसमिस लगायतका दैनिक उपभोग्य सामग्री भन्सार छल्दै नेपाल भित्र्याउने क्रम बढिरहेका बेला नेपाल प्रहरी र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले गस्ती र निगरानी कडा बनाएको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत घिमिरेका अनुसार जोगबनी तथा आसपासका नाकाबाट भन्सार छल्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा रात्री गस्तीसमेत सुरु गरिएको छ ।

सरकारले तस्करी नियन्त्रणका लागि कडाइ गरेको दाबी गरे पनि भन्सार कर्मचारी र सीमामा खटिएका सुरक्षाकर्मीहरूकै मिलेमतोमा तस्करी मौलाएको स्पष्ट देखिदै आएको छ ।

अब यसतर्फ सीमा सुरक्षाका साथै राजश्व चुहावट नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बलको माथिल्लो निकाय र भन्सार कार्यालयभन्दा माथिल्लो तहलगायत सरोकारवाला पक्षले थप सक्रियता देखाउन जरुरी छ ।

प्रकाशित समय: बिहिबार २२ फाल्गुण, २०८१, १९:४१:५३

सम्बन्धित खबर

कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०