अमेरिकाको टेक्सासमा नेपाली समुदायले गर्‍यो झाँकी प्रदर्शन (तस्बिरहरू)

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ६ फाल्गुण, २०८१
२ वर्षअघि

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका नेपाली समुदायले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका छन् ।

नेपालीहरूले टेक्ससको संसदबाट फेब्रुअरी १६ लाई ‘नेपाल दिवस’ घोषणा भएको दिनको सम्मान गर्दै ‘नेपाल–डे परेड’ मा सो झाँकी प्रदर्शन गरिएको हो ।

Advertisement

नेपालीहरू नेपाली सांस्कृतिक भेषभूषा, पहिरन र बाजागाजासहित उत्सवमा सहभागी भएका थिए ।

अमेरिकी राज्य टेक्सासको राजधानी शहर अस्टिनमा रहेको ग्रेटर अस्टिन नेपाली सोसाइटीको संयोजनमा आयोजित नेपाल–डे परेडमा करिब एक हजार नेपालीको सहभागिता थियो।

नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच), नेप्लिज सोसाइटी अफ टेक्सास (एनएसटी), नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा), लबक नेपाली सोसाइटी, वेको नेपाली समाज, सुदूरपश्चिम नेपाली समाज, लुम्बिनी नेपाली समाज, स्यानएण्टोनियो नेपाली एशोसिएसनलगायतका दर्जनौं नेपाली सङ्घसंस्थाको सक्रिय सहभागिता रहेको थियो ।

बृहत् ऱ्याली बृहत्तर अस्टिनको हुटो सहरमा आयोजना भएको थियो । हुटो सिटी हलबाट शुरु भएको ऱ्यालीमा हुटो सिटीका मेयर माइक स्नाइडरलगायत राउण्ड रक, यूलेसलगायत वरिपरिका सिटीका निर्वाचित प्रतिनिधिको समेत सहभागिता थियो ।

अस्टिन, डालास र ह्युस्टनको नेपाली समुदायको विशेष सक्रियतामा टेक्सासको संसदले फेब्रुअरी १६ लाई नेपाल दिवस घोषणा गर्ने अवस्थासम्म ल्याइपुऱ्याएको हो ।

टेक्सस हाउस डिस्ट्रिक्ट १०५ का सांसद टेरी मेजाको अग्रसरतमा २०२३ को फेब्रुअरी १५ का दिन ‘नेपाल डे’ घोषणा हुन सकेको थियो ।

टेक्ससको संसद भवनमा ‘नेपाल–डे’ घोषणा हुँदा समेत प्रत्यक्षदर्शी भएकाले दुई वर्षअघिको त्यो खुसी हिजो हुटो सिटीको प्रांगणबाट शुरु भएको नेपालीहरुको ऐतिहासिक ऱ्यालीमा सहभागी हुँदा थपिएको खुसी शब्दमा बयान गर्न सकिन्न ।

नेपाली र अमेरिकी झण्डा बोकेका, दौरा सुरुवाल, ढाका टोपी, सारी चोलोसहित विभिन्न जातीय र र्सास्कृतिक भेष–भूषामा सजिएका नेपालीहरूले पन्चे बाजासहित विभिन्न नेपाली बाजामा जातीय र सांस्कृतिक नृत्यको प्रदर्शन गरेका थिए। ढिकी जाँतो, जीवित देवी कुमारी, गौतम बु्द्ध समेत ऱ्यालीको आकर्षणका रुपमा समावेश थिए।

नेपाल डे परेडमा नेपालीहरुसँगै सहभागी हुटो सिटीका मेयर माइक स्नाइडरले नेपाली समुदायले स्थानीय व्यवसाय तथा सांस्कृतिक विविधता प्रवर्द्धनमा पुऱ्याएको योगदानको प्रशंसा गरे ।

नेपाल–डे घोषणाका लागि अनवरत खटेका नेपाली अभियन्ता प्रभात दिक्षित, अस्टिन, ड्यालस, ह्युस्टन, लबक, वेको नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थितिमा सम्पन्न नेपाल डे परेड पश्चात् हुटोस्थित पशुपतिनाथ मन्दिर परिसरमा एक औपचारिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

ग्यान्सका अध्यक्ष विदुर खतिवडाको अध्यक्षतामा सम्पन्न नेपाल डे समारोहमा वक्ताहरुले नेपाल डेलाई सबै टेक्ससबासी नेपालीले उत्सवका रुपमा मनाउनुपर्ने धारणा राखे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ

सोमबार २६ असोज, २०८३
१ दिनअघि

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
१ दिनअघि

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
१ दिनअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
२ दिनअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
२ दिनअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
२ दिनअघि
चाडपर्व सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी
मङ्गलबार २७ असोज, २०८३
उपत्यकामा ग्यासको आपूर्ति नियमित, अब आधिकारिक डिलरबाटै खरिद गर्न आग्रह
मङ्गलबार २७ असोज, २०८३
दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर
मङ्गलबार २७ असोज, २०८३
तनहुँको शीतलमार्गमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा ज्यान गयो
मङ्गलबार २७ असोज, २०८३
पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै
मङ्गलबार २७ असोज, २०८३
सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता
मङ्गलबार २७ असोज, २०८३
विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड जाँदै
मङ्गलबार २७ असोज, २०८३
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
मङ्गलबार २७ असोज, २०८३
खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन
मङ्गलबार २७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०