कोशी अस्पतालमा जब खुट्टा भाँचिएका बिरामीको उपचारमा डाक्टरले ‘भगवान् भरोसा’ भने…

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–१ की सहेजादी खातुन आफ्ना २२ वर्षीय छोरा सलिम खानलाई लिएर कोशी अस्पताल आइन् । गत शनिबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका सलिमको दाहिने खुट्टा भाँचिएको थियो ।

लगत्तै सलिमलाई लिएर कोशी अस्पताल आइपुगेकी सहेजादीले इमरजेन्सीमा छोरालाई भर्ना गर्न खोजिन् । तर, त्यहाँका स्वास्थ्यकर्मीले डाक्टर अपरेसन गर्न बाहिर गएको बताउँदै तत्काल भर्ना गरिदिएनन् ।

‘डाक्टर बाहिर हुनुहुन्छ, आउँदै हुनुहुन्छ भनेर चार घण्टा बिताइदिए उनीहरूले,’ सहेजादी भन्छिन्, ‘धन्न मेरा अरू आफन्तले गिरी फाउन्डेसनका मान्छेलाई बोलाइदिए । उहाँहरू आइसकेपछि भने भर्ना गरेर घाउ सफा गरी अर्थो वार्डमा पठाइदिए ।’

शनिबारदेखि नै अर्थो वार्डको बेड नम्बर २७१ मा रहेका सलिमको थप उपचार भएको छैन । झन्डै एक साता बितिसक्दा पनि सामान्य औषधिमात्र सेवन गरिरहेका छन्, सलिमले । सलिमकी वृद्ध उमेरकी आमाले छोराको उपचार प्रक्रिया अगाडि बढ्न नसक्नुको कारणबारे सोधपुछ गरिरहन्थिन् ।

यसबीचमा ‘राउन्ड’ मा आएका डाक्टरद्वय मिलन केसी र रोशन यादवसँग सहेजादीले शुक्रबार छोराको स्वास्थ्यबारे जानकारी लिन खोजिन् । छोराको अपरेसन कहिले हुन्छ डाक्टर’साप ? भन्ने उनको प्रश्नमा डाक्टरहरूको जबाफ थियो, ‘भगवान् भरोसा !’

बिरामीकै नजिक उनीहरूका आफन्तसँग डाक्टरहरूको बोल्नेशैली देखेर अवाक बनेकी सहेजादीले शुक्रबार नै अस्पतालकी मेडिकल सुपरीटेन्डेन्टसँग भेट्न खोजिन् ।

एक त छोराको उपचार प्रक्रियाबारे डाक्टरले बुझ्नेगरी परामर्श नदिनु अनि सोध्दा भगवान् भरोसाजस्तो निराशाजनक जबाफ दिएकोमा उनको चित्त दुखाई थियो ।

तत्काल उनले गिरी फाउन्डेसनका उपाध्यक्ष सोनु अल्हुसैनीलाई फोन गरिन् र अस्पताल आउन भनिन् । फाउन्डेसनको टोली र बिरामीका आफन्तले शुक्रबार दिउँसो नै मेसु डा. रुणा झासँग एक घण्टासम्म छलफल गरेको थियो ।

डाक्टरले बिरामीका आफन्तसँग बोल्ने शैली सुधार्नुपर्ने मात्र नभएर आफ्नो छोराको उपचार प्रक्रियाबारे सहेजादीले जानकारी लिन खोजिन् ।

जसक्रममा मेसु डा. झाले फाउन्डेसनबाट यसबारे लिखित गुनासो आएमा डाक्टरहरूलाई स्पष्टीकरण सोध्ने प्रतिबद्धता जनाएकी छन् ।

‘मैले पटक–पटक अनुगमन गरेकी छु । यस्ता गुनासा आइरहेका पनि छन्,’ उनले भनिन्, ‘डाक्टर र बिरामीका आफन्तबीचमा कम्युनिकेसन ग्याप हुन सक्छ । तर पनि म यसबारे डाक्टरहरूसँग सोधपुछ गर्नेछु । त्यहाँबाट गुनासाहरू लिखित आएमा स्पष्टीकरणसम्म सोध्छु । यहाँभन्दा धेरै कारबाही गर्नसक्ने अधिकार हामीसँग छैन ।’

अब, मेडिकल प्रोसिजरअनुसार सलिमको उपचार हुने पनि मेसु डा. झाको भनाइ छ । उनले तत्काल अर्थो विभाग प्रमुख डाक्टर महेन्द्र महतोसँग घटनाबारे जानकारी लिएकी थिइन् ।

जसमा डा. महतोले घाउमा सोइलिङ भइरहेका कारण अपरेसन गर्न नसकिएको बताउँदै भने, ‘डाक्टरहरू र बिरामीका आफन्तबीचमा कुराकानी हुँदा म थिइनँ । तर, उहाँको घाउ सोइलिङ भइरहेका कारण उपचार प्रक्रिया अगाडि बढ्न नसकेको हो । अवस्था हेरेर उपचार थाल्छौं ।

शिक्षा–स्वास्थ्य क्षेत्र सुधारका लागि खटिइरेको गिरी फाउन्डेसनका उपाध्यक्ष सोनु भन्छन्, ‘बिरामीकै अगाडि डाक्टरहरूले यस्तो जबाफ दिनु ठिक होइन । यदि, उनीहरूलाई एन्जाइटीजस्ता स्वास्थ्य समस्या थिए भने अवस्था छन् बिग्रन्थ्यो ।’

अर्थो वार्डमा रहेका सबै बिरामीहरू डाक्टरहरूको बोल्ने शैली र उपचारमा हुने ढिलाइका कारण असन्तुष्ट छन् । यसै गुनासालाई लिएर आफूहरू सरोकारवाला निकायसमक्ष पुग्ने उपाध्यक्ष गिरीको भनाइ छ ।

नेपालकै जेठो र पूर्वकै ठुलो हस्पिटल कोशी अस्पतालमा बेथितिका चाङ छन् ।

केही महिनाअघि मात्र त्यहाँ कार्यरत डाक्टरले कमिसनको लोभमा बिरामीलाई उपचारका लागि निजी अस्पतालमा पठाएको भन्दै असन्तुष्ट बिरामीका आफन्तले मेसु डा. झासँग छलफल गरेका थिए ।

प्रकाशित समय: शनिवार ३ फाल्गुण, २०८१, १४:०९:१३

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०