विराटनगरको जेम्स इन्टरनेसनल स्कुलमा लफडा : आधा शुल्क तिर्न नसकेका विद्यार्थीलाई छुट्टै राखेर परीक्षा !

-माधव काफ्ले
बिहिबार २५ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कोरोना महामारीपछिको आर्थिक मन्दीको सामना नेपालले पनि गरिरहेको छ ।

आम्दानी खुम्चिएका कारण मन्दीबाट उक्सिन हरेक व्यक्तिले उत्तिकै संघर्ष गरिरहेको छ ।

यो परिस्थिति सायद सबैले बुझेको हुनुपर्छ । तर, विराटनगरको जेम्स इन्टरनेसनल स्कुलले भने आधा शुल्क तिर्न नसकेका विद्यार्थीहरूलाई असमान व्यवहार गरेको पाइएको छ ।

‘फी’ नतिर्दा विद्यालयले अभिाभावकसँग ताकेता गनपर्ने हो । तर, पूर्ण शैक्षिक शुल्कमध्येबाट आधाजति रकम तिर्न नसकेका विद्यार्थीहरूलाई विद्यालयले परीक्षा दिनबाट बञ्चित गरेको हो ।

त्रैमासिक परीक्षा चलिरहँदा आधा ‘फी’ मात्र बुझाएका विद्यार्थीलाई बुधबारको जाँचमा सहभागी हुन नदिइएको अभिाभावकको आरोप छ ।

बिहीबार बिहान आफ्ना सन्तानले जाँच दिने व्यवस्था मिलाइदिन भन्दै अभिभावक पुगेपछि पनि विद्यालयले आधा शुल्क बुझाउन बाँकी रहेका चार जना विद्यार्थीलाई छुट्टै राखेर जाँच लिएको थियो ।

कक्षामा एकसाथ बस्ने सबैले अर्को हलमा परीक्षा दिँदा केही रकम तिर्न बाँकी भएकाहरूले भने एउटा कुनामा पसेर जाँच दिइनुपर्ने बाध्यता बनेको हो ।

‘अरू विद्यार्थीहरूले हलमा बसेर जाँच दिइरहँदा मेरा छोराछोरीले एउटा कुनामा पसेर परीक्षा दिइरहेका छन्,’ अभिभावक लक्ष्मी कामत भन्छिन्, ‘हिजो पनि बाहिर आधा घण्टा उभ्याइएछ । हामी आएर लग्यौं । आज पनि यति धेरै अपमान गरिएको छ ।’

यसैगरी अर्का अभिभावक जयकान्त कामतले चैतसम्म शुल्क तिर्छु भन्दा पनि आफ्ना सन्तानलाई परीक्षा दिन नदिइएको दुःखेसो गरे ।

विराटनगर महानगरपालिका–१ पोखरियाको उक्त स्कुलमा बिहीबार सञ्चालक समिति, प्रिन्सिपल, व्यवस्थापक र अभिभावक यसै विषयलाई लिएर छलफलमा बसेका थिए ।

छलफलका क्रममा अभिभावकहरूले कक्षा संचालन नहुँदा पनि पूर्ण रूपमा शुल्क बुझाएको स्कुल प्रशासनलाई स्मरण गराएका थिए ।

अहिले पनि चैतसम्म अलिअलि गर्दै शुल्क बुझाउने प्रतिबद्धता जनाउँदा पनि स्कुल प्रशासनले टेरेन ।

फि जसरी भए पनि तिर्नैपर्ने भन्दै स्कुल प्रशासनले अडान कस्यो भने विस्तारै शुल्क तिर्न सक्छु भन्ने अभिभावकहरू फन्किएर घरतर्फ लाग्यो, जसकारण छलफल सहमतिमा पुग्न सकेन ।

‘स्कुल प्रशासनले अटेर गर्‍यो । अभिभावकले फि तिर्न सकेनन् भने उनीहरूलाई नै भन्ने हो । जतिसक्दो मिलाइदिने हो । किनकि, कोरोना महामारीका बेला पनि अभिभावकले सहयोग गरेकै हुन् । अहिले थोरै समय त दिनुपर्‍यो नि !,’ युवा नेता अभिषेक भट्टराई भन्छन् ।

यता, विद्यालय प्रशासनले भने विद्यार्थीका अभिभाकलाई शुल्क बुझाउन ताकेदा गर्दा उल्टै स्कुल आएर बच्चा लिएर गएको प्रत्यारोप लगाएको छ ।

शुल्क बुझाउन नसकेका विद्यार्थीलाई जाँचका लागि अस्थायी कागज बनाएर परीक्षा दिलाएको विद्यालयका व्यवस्थापक पंकज साहको दाबी छ ।

परीक्षा नजिक हुँदै गरेको अवस्थामा पनि शुल्क बुझाउने प्रक्रिया अनियमित हुँदा विद्यालयलाई सास्ती पर्ने भएकाले ‘फी’ बुझाउन ताकेता गर्न खोजिएको प्रिन्सिपलको भनाइ छ ।

समयमा शुल्क बुझाउन नसक्ने र पूर्ण रूपमा पनि बुझाउन नसक्ने विद्यार्थीमार्फत नै अभिभाकलाई ताकेता गरिएको प्रिन्सिपल पंकज खड्काले बताए ।

विगत ३० वर्षदेखि सञ्चालन हुँदै आएको उक्त विद्यालयमा पछिल्लो दुई वर्षअघि व्यवस्थापन समिति फेरिएको थियो ।

त्यसयता विद्यालय प्रशासनले आफूहरूलाई सास्ती दिइरहेको अभिभावकको दुःखेसो छ ।

बालकक्षादेखि १० सम्म कक्षा सञ्चालन हुँदै आएको उक्त स्कुलमा साढे पाँच सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय: बिहिबार २५ पुस, २०८१, १३:३६:०६

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०