अलबिदा सचिन !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १८ पुस, २०८१
२ वर्षअघि

विराटनगर । बाल गायक सचिन परियारको निमोनियाका कारण निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत परियारको बिहीबार बिहान करिब १०ः४९ बजे निधन भएको हो ।

सचिनको सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण निधन भएको हो । सचिन पुस १३ गते उच्च ज्वरो र श्वास फेर्न गाह्रो भएका कारण अस्पतालमा भर्ना भएका थिए ।

Advertisement

अस्पतालमा भर्ना भएपछि उनलाई निमोनिया देखिनुका साथै धेरै अंगले काम गर्न छोड्दै गएपछि १५ वर्षीय सचिनको केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सचिन पाँच वर्षदेखि अस्पतालमा उपचाररत थिए ।

अबोध बालक सचिनलाई सोसल मिडियामा ‘भाइरल’ बनाइयो र सुविस्ताले बाँच्नसमेत दिइएन ।

न उनलाई लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन । कहिले गाउँमा पुर्‍याउने, कहिले सहरमा ल्याउने ।

कहिले गीत गाउन लगाउने, कहिले नाच्न । कहिले रुवाउन लगाउने, कहिले हँसाउन । उनी के चाहन्थे ? कस्तो जीवन बाँच्न चाहन्थे ? कसलै सोधीखोजी गरेनन् ।

बरु कुनैबखत सर्कसमा प्रयोग गरिने प्राणीलाई झैं मान्छेहरूले यी बालकलाई आफ्नो स्वार्थ र सुविधा अनुसार दोहन गर्न थाले । यस्तै धपेडीबीच उनी रोगी भए ।

उनको रोगी शरीरलाई कहिले दोहोरीमा पुर्‍याइयो, कहिले झाँक्रीकहाँ । त्यसलाई भिडियो बनाएर सोसल मिडियामा व्यापक बनाइयो ।

उनी नाचेको, हाँसेको मात्र होइन, बिरामी भएको, बाटोमा मागेर हिंडेको विषयलाई पनि ‘बिकाउ सामग्री’ बनाइयो ।

केही समयअघि उनी काठमाडौं बानियाँटारस्थित महादेव खोलानजिक खानेकुरा माग्दै हिंडेको भेटिए ।

स्थानीयले उनका बुवा तेजेन्द्रलाई जिम्मा लगाउन खोजे तर उनी सम्पर्कमा आएनन् । त्यसबेला उनले बुवासँग बस्न डर लाग्ने बताएका थिए ।

उनका बुवा स्वयंले सचिनमाथि व्यापक श्रम शोषण गरेको आरोप लाग्दै आएको छ । सचिनलाई भजाएर उनले पैसा उठाउने र रात्रिक्लब र दोहोरीमा गएर पैसा खर्च गरेको आरोप छ ।

कहिले छोरालाई एकक्षण आराम पनि गर्न नदिई महोत्सवहरूमा डुलाउने त कहिले बिरामी भएको भन्दै चन्दा उठाउने गरेको कतिपयको भनाइ छ ।

त्यसो त कति भिडियोमा उनले सचिनलाई दुव्र्यवहार गरेकोदेखि अनेक तमासा गर्दै हिंडेको देख्न सकिन्छ ।

सचिन सानै छँदा उनकी आमाले छाडेर गएको बताइन्छ । बुवा तेजेन्द्रले अर्की आमा ल्याए ।

यसरी बुवाआमा भएर पनि सचिन अनि उनकी एक बहिनी अनाथ जस्तै भए । हर्मोनल असन्तुलन र स्नायुको समस्याले गर्दा उनको शारीरिक विकास सही ढंगले भएको थिएन ।

यस्तै स्थितिमा गुल्मी सदरमुकाम तम्घासको कुनै बाटोमा उनी आफ्नै सुरमा खेल्दै हिंडिरहेका भेटिएका थिए । त्यही बेला कसैले उनको भिडियो खिचेर सोसल मिडियामा राखेपछि उनी ‘भाइरल’ बने ।

भाइरल बन्नुको पछाडि उनको खास कुनै प्रतिभाले भन्दा पनि बोल्ने शैली र लवजलाई ‘मनोन्जनको खुराक’ बनाइए ।

उनलाई आवश्यक मार्गदर्शन दिने, सम्मान गर्ने होइन बरु हाँसोको पात्र बनाउने काम बढी भयो ।

सोसल मिडियामा उनको भिडियो हेर्ने जमात जसरी बढ्दै गयो, त्यसरी नै सचिनको धपेडी पनि । उनलाई बोल्न, गाउन, नाच्न लगाएर धमाधम भिडियो खिच्ने होड चल्यो ।

यस्तो होड, जसले उनलाई आफ्नै ढंगले बाँच्न दिएन । अन्ततः आफैंलाई चिन्न नपाई उनको निधन भयो ।

सचिनमाथि अहिलेसम्म जे जति भयो, त्यो उनको अबोधपनमाथिको खेलबाड थियो । गरिब हुनु, त्यसमाथि दलित पनि ।

दर्बिलो अभिभावकत्व नमिल्नु, त्यसमाथि कमजोर पनि । यावत् कुराको एकमुष्ट बोझ उनले भुक्तान गर्नुपर्‍यो ।

सचिनले म्युजिक भिडियो र हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
२ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
३ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
७ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
८ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१ वर्षअघि
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०