बिबिएसमा भर्ना भएका विद्यार्थीहरूलाई मेरिल्यान्डको अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ पुस, २०८१
२ वर्षअघि

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरिल्यान्ड कलेजले बिबिएसमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

कलेजले सोमबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका बिबिएस प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत् गर्दै अभिमुखीकरण कार्यक्रम गरेको हो ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजका नियम, कक्षा सञ्चालनको विधि, कलेजको इतिहासलगायतको विषयमा अभिमुखीकरण गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

कलेज व्यवस्थापन समितका उपाध्यक्ष प्रा.डा. पिके झाको सभापतित्वमा भएको कार्यक्रममा निर्देशकहरू डा. मनोज गुप्ता, भेषराज पोखरेललगायतले गुणस्तरीय शिक्षा प्रदान गरेको कारण विद्यार्थीहरू मेरिल्यान्ड रोजाइमा परेको बताए ।

उनीहरूले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै संस्कार र रोजगारमुखी शिक्षा प्रदान गर्न कलेज कठिबद्ध भएको बताए ।

कार्यक्रममा मेरिल्यान्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनति प्राध्यापक, शिक्षक शिक्षिकाहरूका कारण मेरिल्यान्ड सधैँ उत्कृष्टमा परेको बताए ।

२०६२ सालमा मेरिल्यान्ड कलेजले बिबिएस अध्यापन गराउँदै आएको १९औं ब्याचमा ७६ विद्यार्थी भर्ना गरेको प्रिन्सिपल ढकालले बताए ।

मेरिल्यान्डमा प्लसटु, बिबिएस र सिए प्रोग्रामहरू छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातवरणमा पढाइ हुने गरेको छ ।

उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडिकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरीवेक्षण मेरिल्यान्डका केही सफलताको सूत्र भएको प्रिन्सिपल ढकाल बताए ।

‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने मध्यम उक्त संस्थाबाट पास भएर गएका लिद्यार्थीहरू हुन्,’ प्रिन्सिपल ढकालले भने, ‘मेरिल्यान्ड पढेर गएका विद्यार्थीहरू देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओहदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा विद्यार्थीको उन्नयनको लागि सधैँ नयाँ योजना ल्याउनुले पनि मेरिल्यान्ड अग्रिणी संस्था बन्न सकेको हो ।’

निशा राजवंशी, किन्जन पोखरेल, सिमरन अग्रवाल र रोहितजँग कार्कीलगायतले बिबिएसको विभिन्न वर्षमा नेपाल प्रथम भएको कलेजले जनाएको छ ।

प्रकाशित समय: सोमबार १५ पुस, २०८१, १५:५२:४०

सम्बन्धित खबर

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ दिनअघि

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
५ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
६ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०