बिबिएसमा भर्ना भएका विद्यार्थीहरूलाई मेरिल्यान्डको अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ पुस, २०८१
२ वर्षअघि

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरिल्यान्ड कलेजले बिबिएसमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

कलेजले सोमबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका बिबिएस प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत् गर्दै अभिमुखीकरण कार्यक्रम गरेको हो ।

Advertisement

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजका नियम, कक्षा सञ्चालनको विधि, कलेजको इतिहासलगायतको विषयमा अभिमुखीकरण गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

कलेज व्यवस्थापन समितका उपाध्यक्ष प्रा.डा. पिके झाको सभापतित्वमा भएको कार्यक्रममा निर्देशकहरू डा. मनोज गुप्ता, भेषराज पोखरेललगायतले गुणस्तरीय शिक्षा प्रदान गरेको कारण विद्यार्थीहरू मेरिल्यान्ड रोजाइमा परेको बताए ।

उनीहरूले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै संस्कार र रोजगारमुखी शिक्षा प्रदान गर्न कलेज कठिबद्ध भएको बताए ।

कार्यक्रममा मेरिल्यान्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनति प्राध्यापक, शिक्षक शिक्षिकाहरूका कारण मेरिल्यान्ड सधैँ उत्कृष्टमा परेको बताए ।

२०६२ सालमा मेरिल्यान्ड कलेजले बिबिएस अध्यापन गराउँदै आएको १९औं ब्याचमा ७६ विद्यार्थी भर्ना गरेको प्रिन्सिपल ढकालले बताए ।

मेरिल्यान्डमा प्लसटु, बिबिएस र सिए प्रोग्रामहरू छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातवरणमा पढाइ हुने गरेको छ ।

उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडिकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरीवेक्षण मेरिल्यान्डका केही सफलताको सूत्र भएको प्रिन्सिपल ढकाल बताए ।

‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने मध्यम उक्त संस्थाबाट पास भएर गएका लिद्यार्थीहरू हुन्,’ प्रिन्सिपल ढकालले भने, ‘मेरिल्यान्ड पढेर गएका विद्यार्थीहरू देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओहदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा विद्यार्थीको उन्नयनको लागि सधैँ नयाँ योजना ल्याउनुले पनि मेरिल्यान्ड अग्रिणी संस्था बन्न सकेको हो ।’

निशा राजवंशी, किन्जन पोखरेल, सिमरन अग्रवाल र रोहितजँग कार्कीलगायतले बिबिएसको विभिन्न वर्षमा नेपाल प्रथम भएको कलेजले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०