अन्नभन्दा अन्यको व्यवस्थापन र उपयोग

-रेवती
मङ्गलबार २ पुस, २०८१
१ वर्षअघि

धान पाक्यो, भित्र्यायो । पराल के गर्ने त ? मकै भाँच्ने बेला भयो, भाँचियो, ढोड के गर्ने त ? तोरी भित्र्यायो, कुसेरो के गर्ने ? पराल, ढोड, कुसेरो र यस्ता अरू पनि अखाद्य वस्तुहरूको व्यवस्थापनमा अहिले देखिएको चुनौतीहरू केही वर्षअगाडिसम्म यति बिकराल रूपमा थिएन ।

राष्ट्रिय कृषि गणना, २०७८ अनुसार नेपालमा किसानको जग्गाको क्षेत्रफल ०.५ हेक्टर प्रतिपरिवार छ । जबकि, २०६८ को कृषि गणनाअनुसार ०.६५ हेक्टर थियो । पछिल्लो १० वर्षमा किसानको खेतको आकार घटेको छ । तर, खेतको आकार घटे पनि खेतबाट निस्किने अखाद्य वस्तुहरूको समस्या पहिलेको भन्दा अहिले झन् बल्झिँदै गएको छ ।

पशुपालन गर्ने किसानहरूले त यसको व्यवस्थापन सजिलै गर्छन् । तर, पशुपालन न गर्ने किसानहरूले यसको व्यवस्थापन कसरी गर्ने त ? तल हामीले गरेको केही प्रयास र संसारभरि कस्ता–कस्ता अभ्यास भइरहेका छन् त भन्नेबारे चर्चा गरेको छु ।

मंसिरमा धान काटेपछि निस्केको पराल गाउँघरतिर पशुलाई खुवाउने चलन छ । घाँस नभएको बेला सबैभन्दा ठुलो सहारा परालकै हुन्छ । बर्खासम्म जोगाएर राख्दा, बर्खामा घाँस–पराल दुवै मिलाएर पशुलाई दिन सकिन्छ, जसले पशु बलिया हुन्छन् ।

बर्खासम्म जोगाउन नसके पनि चैत–वैशाखको सुख्खा समयमा पशुको लागि आहारा परालबाट नै पुर्‍याउन सकिन्छ । असारमा काटेको धानमा भने फरक हुन्छ । असारमा काटेको धानको पराल राम्ररी नपाकेको हुनाले पशुहरूले सजिलै पचाउन सक्दैनन् । पाकेको पराल छ भने त समस्या हुँदैन । तर, नपाकेको पराल पशुहरूले पचाउँदैनन् र बिरामी पर्छन् ।

चैते धानको पराललाई खेतमै जोतेर मिलाउन सकिन्छ । अथवा, ढिलो धान झारेको छ भने पछि बर्खे धानमा छापो हाल्न सकिन्छ । चैते धान पराललाई बर्खे धानमा छापो हाल्दा झार आउन ढिलो हुन्छ, छापो हालेको ठाउँमा गोडमेल गर्न सजिलो हुन्छ । चिस्यान खेतमा अढेर बस्छ, माटोमा सुक्ष्मजीवहरू सक्रिय हुन्छन् । झार मार्न प्रयोग हुने बिषादीको खर्च घटाउन सकिन्छ । केही हदसम्म स्वस्थ धान उत्पादन गर्न सकिन्छ ।

जग्गाको आकार घटेसंगै पशु पाल्ने किसानहरूको संख्या पनि घट्दै गएको छ । (दुई–तीनवटा पुरानो कृषि गणनाको तुलना गर्दा) । गाई, भैंसी, नपालेका किसानहरूले परालको उचित व्यवस्थापन गरेको पाइँदैन ।

भारतका किसानहरूले बर्खे धानको पराल जलाउने गरेका छन् । पराल जलाएर एकपटक त व्यवस्थापन होला तर त्यसले वातावारणमा पार्ने असर लामो समयसम्म रहिरहन्छ । भारतको पञ्जाब राज्यमा किसानहरूले जलाएको परालको कारण प्रत्येक वर्ष हिउँदमा नेपालमा पनि वायु प्रदूषणको असर देखिने गरेको छ । भारतमा मात्रै नभएर अहिले पराल जलाउने चलन नेपालको तराई क्षेत्रमा पनि बढ्दै गएको छ, जसको कारण हिउँदमा नेपालको वायु प्रदूषणको समस्या प्रत्येक वर्ष बिकराल रूपमा फैलिँदै छ ।

तराईमा धानपछि आलु लगाउने चलन छ । बर्खे धानको परालले आलुमा छापो हाल्न पुग्छ । आलुमा छापो हाल्दा झारको समस्या घट्छ । चिस्यान कायम रहन्छ, सिचाईंको कम गर्न सकिन्छ, खर्च घट्छ । आलुबाहिर माटोमा आएर हरियो हुँदैन । हरियो नभएको बजारमा सजिलै बिक्री हुन्छ, आम्दानी धेरै हुन्छ ।

झार कम आउने र आलु माटोमाथि आएर हरियो नहुने भएपछि पटक–पटक उकेरा लागाउने समय र ज्याला दुवै जोगिन्छ । समग्रमा आलु खेतीबाट अरू वर्षभन्दा धेरै फाइदा हुन्छ । धान मात्रै होइन प्रत्येक बालीको अन्नभन्दा बाँकी भागलाई छापोको रूपमा प्रयोग गर्न सकिन्छ ।

मकैको ढोड, गहुँको पराल, तोरीको कुसेरो, बदामको लहरा, यी सबैलाई छापो हाल्न प्रयोग गर्न सकिन्छ । छापो हाल्न नचाहने वा नसक्ने किसानहरूले कम्पोष्ट मल बनाउदा पनि हुन्छ । कम्पोष्ट मल पनि बनाउन नसक्ने किसानहरूले सीधै खेतमा मिलाएर पनि त्यसको फाइदा लिन सकिन्छ । मकैको ढोड, तोरीको कुसेरो माटोमा सजिलै गल्न सक्छन्, जसले माटो मलिलो हुँदै जान्छ । तोरीको कुसेरो अन्न भण्डार गर्न सकिने राम्रो स्रोत हो । गाउँघरतिर आलुलाई वर्षभरि जोगाएर राख्ने काम तोरीको कुसेरोमा गरिन्छ ।

धान वा गहुँमात्र लगाउने किसानहरूले गहुँ र धानको परालबाट व्यावसायिक च्याउ खेती गर्न सक्छन् । च्याउ स्वस्थको लागि राम्रो हुन्छ । नेपालमा माग पनि बढ्दो छ । धान भित्र्याएपछि हिउँदभरि कन्ये च्याउ गर्न सकिन्छ । जलाएर नष्ट गरिने परालबाट मनग्य आम्दानी लिन सकिन्छ । तराईतिर धानको परालबाट गुन्द्री, चकटी बनाउने चलन अहिले घट्दै छ । त्यस्ता रैथाने ज्ञान र सीपलाई जोगाउन मात्रै सके पनि व्यावसायिक रूपमा किसानहरूले फाइदा लिने अवसर बढ्छ ।

गाउँमै लघु उद्योग खोलेर रोजगारीको सिर्जना गर्न सकिन्छ । ग्रामीण अर्थतन्त्र बलियो हुन्छ । परालसँगसँगै मकैको ढोडबाट वस्तुहरूको लागि साइलेज बनाएर बिक्री गर्न सकिन्छ । साइलेज पोषिलो हुन्छ र घाँस नभएको बेलामा पनि गाईबस्तुलाई सजिलै घाँस पुर्‍याउन सकिन्छ । मकै लगाउने क्षेत्रहरूमा साइलेज उद्योग खोलेर आम्दानी लिन सकिन्छ ।

संसारभरि कृषि वस्तुको प्रयोग गरेर हस्तकला बनाउने गरिएको छ । मकैको घोघा, नरिवलको खोष्टा, केराको थम्बा, आदि प्रयोग गरेर नेपालमा पनि हस्तकलाहरू बनाउने र बिक्री गर्न सकिन्छ । संसारभरि अखाद्य भनिएका कृषि ‘बाई–प्रडक्ट’ बाट पेपर, रङ, पशुदाना, मेकअप सामग्री, लुगा, बिस्कुट, कुकिज, पेपर प्लेट, सामान राख्ने भाँडा, चकलेट, क्यान्डी र अन्य विभिन्न औद्योगिक सामग्रीहरू बनाउने गरिएको छ । नेपालमा के–कस्ता औद्योगिक सामग्रीहरू बनाउन सकिन्छ भनेर अध्ययन गर्न सकिन्छ ।

ठुला उद्योगको रूपमा विकाश गर्न नसकिए पनि गाउँघरतिर घरेलु उद्योगहरूमार्फत नाश भएर जाने कृषि सामग्रीको सदुपयोग गर्न सकिन्छ । उद्योग सञ्चालन गर्न नसकिने वस्तुहरूका लागि घरमै उपयोग गर्ने सामग्रीहरू बनाउने सीप सिकाउन आवश्यक छ । जलाउनमात्रै कम गर्न सकिए पनि वातावारणमा हुने असर घटाउन सकिन्छ ।

कृषि डायरी, २०८१ अनुसार नेपालको बाली सघनता १.९१ रहेको छ । लगभग दुई बाली सबै किसानले लगाउने गरेको देखिन्छ । दुई बाली लगाउँदा खेतबाट निस्किने अखाद्य सामग्रीहरू पनि त्यही अनुपातमा निस्किन्छ । उचित व्यवस्थापनको तरिका नअपनाए ति ‘अमूल्य’ वस्तुहरू नाश भएर नै जाने हुन् । जोगाउन सके त्यसबाटै आर्थिक लाभ लिन सकिन्छ ।

जोगाउने र उपयोग गर्न प्रोत्साहन गर्न राज्यको पनि ठुलो भूमिका हुन्छ । कृषि उपजबाट निस्केको ‘बाई–प्रडक्ट’हरूको व्यवस्थापनको लागि कस्ता–कस्ता कार्यक्रम ल्याउन सकिन्छ भनेर सम्भावना खोज्ने राज्यको भूमिका हुन्छ । छिमेकी देश चीनमा राज्यले नै किसानहरूको पराल किनेर मरुभूमिमा बिछ्याउने गरेका छन् । यसरी पराल मरुभूमिमा बिछ्याउँदा बालुवा उडेर जाँदैन । केही वर्षसम्म लगातार पराल बिछ्याएपछि नयाँ माटो बन्छ र मरुभूमिमा पनि खेती सम्भव हुन्छ ।

चीनको मरुभूमिमा प्रयोग गरिएको तरिका ।

नेपालमा कृषि ‘बाई–प्रडक्ट’हरूको उपयोग गरेको पाइन्छ । भारतमा पनि विभिन्न संघसंस्थाहरूको सहयोगमा खेतबाट निस्केको अखाद्य वस्तुहरूको प्रयोग गरि ‘बायोचार’ बनाएर प्रयोग गर्न थालिएको छ । यसरी बायोचारले माटोको स्वास्थ्यमा सुधार ल्याउँछ र उत्पादन बढाउँछ ।

यसरी अन्न उत्पादनबाट निस्कने पराल, ढोड, कुसेरो जस्ता सामग्रीको उचित व्यवस्थापनले कृषि क्षेत्रलाई थप टिकाऊ, वातावरणमैत्री र आर्थिक रूपमा लाभदायक बनाउन सक्छ । पराल जलाउने जस्ता हानिकारक अभ्यासलाई रोकेर तिनलाई छापो, कम्पोष्ट, च्याउ खेती, हस्तकला, साइलेज उत्पादन र घरेलु उपयोगमा प्रयोग गर्दा किसानको आम्दानी बढ्नुका साथै वातावरणीय प्रभावसमेत घटाउन सकिन्छ ।

साथै, यी सामग्रीको उपयोगलाई प्रवर्द्धन गर्न र तिनको व्यावसायिक तथा घरेलु उपयोगमा नवीनता ल्याउन राज्यले नीतिगत पहल, प्रोत्साहन कार्यक्रम र अनुसन्धानमार्फत किसानलाई सघाउन सक्छ । स्थानीयस्तरमा लघु उद्यमको स्थापना र नवप्रवर्द्धनात्मक उपयोगले ग्रामीण अर्थतन्त्र बलियो हुने मात्र होइन, कृषि उपजको सदुपयोगको माध्यमबाट दीर्घकालीन कृषि टिकाऊपनको सुनिश्चितता गर्न सकिन्छ ।

प्रकाशित समय: मङ्गलबार २ पुस, २०८१, ११:११:३८

सम्बन्धित खबर

चैतेधान प्रवर्द्धनमा नगरप्रमुख बेद गच्छादारको पहल, ८ लाख बराबरका कृषि सामग्री वितरण

सोमबार ७ ब‌ैशाख, २०८३
२२ घण्टाअघि

२०८२ बालेनलाई फलिफापको वर्ष : गीतको भ्युजदेखि प्रधानमन्त्रीको न्युजसम्म

मङ्गलबार १ ब‌ैशाख, २०८३
७ दिनअघि

सहकारी छामिखाने र युट्युबसिंह फत्तेको खत्रा कुराकानी

सोमबार ४ फाल्गुण, २०८२
२ महिनाअघि

जेनेरेसन जेड, सामाजिक सञ्जाल र नेपाली राजनीति

शनिवार २ फाल्गुण, २०८२
२ महिनाअघि

भ्रष्टाचारको जरो : गहिरिँदो समस्या र उखेल्नुपर्ने आवश्यकता

शुक्रबार २४ माघ, २०८२
२ महिनाअघि

मोरङ–६ मा हजुरबुबा–नातीको चुनाव: ७५ वर्षका शेखरसँग २५ वर्षका वसन्तको पुस्तागत भिडन्त

बुधबार १५ माघ, २०८२
३ महिनाअघि
व्यवहारिक शिक्षा र मूल्य नियन्त्रणमा जोड दिँदै सरकारलाई हर्कका ३३ सुझाव
मङ्गलबार ८ ब‌ैशाख, २०८३
समानुपातिक सांसदलाई क्षेत्रगत भूमिका दिँदै रास्वपा
मङ्गलबार ८ ब‌ैशाख, २०८३
स्वकीय सचिव नलिने साम्पाङको घोषणा, अन्य सांसदलाई पनि नराख्न सुझाव
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
मङ्गलबार ८ ब‌ैशाख, २०८३
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
मङ्गलबार ८ ब‌ैशाख, २०८३
गृहमन्त्री गुरूङसँग प्रधानमन्त्री बालेनले मागे लिखित  स्पष्टिकरण 
मङ्गलबार ८ ब‌ैशाख, २०८३
टी-२० आई सिरिजमा आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
मङ्गलबार ८ ब‌ैशाख, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने
मङ्गलबार ८ ब‌ैशाख, २०८३
विद्युत् महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
मङ्गलबार ८ ब‌ैशाख, २०८३
विवाहमा विवाद हुँदा धारिलो हतियार प्रहार गरि युवकको हत्या
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०