विराटनगर । मोरङको विराटनगर महानगरपालिका गीत गजलका सञ्चालक मृत फेला परेका छन् ।
विराटनगर-१० मा रहेको ‘रेड स्टार’ गीत गजलका सञ्चालक ३८ वर्षीय भीम राई शनिबार बिहान मृत फेला परेका हुन् ।
विराटनगर–१२ का राई शुक्रबार राति गीत गजलमै सुतेका थिए । तर, उनी शनिबार बिहान ८ः३० बजेतिर अचेत अवस्थामा भेटिएका थिए ।
बेहोस अवस्थामा फेला पारेर गीत गजलकै कर्मचारीले उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याउनासाथ बिहान ९ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखेर घटनाका बारेमा अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।