ग्रामथान अध्यक्षमा निर्वाचित माओवादीका नमो भन्छन् : जनताका अपेक्षा पूरा गर्नेछु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । नेकपा माओवादी केन्द्रका नमोनारायण माझी मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनअनुसार ५४ वर्षीय माझीले साविक विजेतासमेत रहेको नेपाली कांग्रेसका उम्मेदवारलाई एक हजार ६३६ मतान्तरले हराएका हुन् ।

गत महिनामात्र कांग्रेस छोडेर माओवादीमा प्रवेश गरेका माझीले ६९६९ मतसहितको जित हात पार्दै ग्रामथान गाउँपालिका अध्यक्ष बनेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका बलराम सरदार थारूले ५३३३ मत ल्याए भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ४१५९ मत पाए ।

ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले ग्रामथानबासीका अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

शब्द एक्सप्रेससँग सोमबार संक्षिप्त प्रतिक्रिया दिँदै माझीले चुनावका क्रममा आफूले गरेका बाचाहरू पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘मैले चुनावी प्रचारप्रसारका क्रममा जनतासामु फेहरिस्त पारेका एजेन्डाहरू क्रमैसँग पूरा गर्नेछु,’ उनले भने, ‘जुन अपेक्षा राखेर ग्रामथानबासीले मलाई मत दिनुभएको छ । त्यसलाई पूरा गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ ।’

३० वैशाख २०७९ मा भएको चुनावमा निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन भएको हो ।

जसमा कांग्रेस र एमालेसहित विभिन्न राजनीतिक दलका १४ र एक जना स्वतन्त्र १५ उम्मेदवारलाई माझीले उछिने ।

अब, अध्यक्ष बनिसकेपछि पालिकाका अनियन्त्रित बनेका संयन्त्रहरूलाई ट्र्याकमा ल्याउने बताएका छन् ।

‘ग्रामथानका संयन्त्रहरू अनियन्त्रित भएको मैले पाएको छु, ती संयन्त्रहरू आउट अफ ट्र्याक भएका छन्,’ उनले भने, ‘ती संयन्त्रलाई ट्र्याकमा ल्याउँछु । आमजनताले पाउनुपर्ने सेवाहरू र विकास निर्माणका कार्यहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने छु ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

पछि फोरम र नेपाली कांग्रेस एकीकरण भएपछि उनी कांग्रेस बने ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षको आकांक्षी रहेका उनलाई कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

तर, त्यसबेला वडाध्यक्षमा हारेका माझीले कांग्रेस छोडर माओवादी प्रवेश गर्दै समग्र ग्रामथानको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

प्रकाशित समय: सोमबार १७ मङ्सिर, २०८१, १२:४९:३६

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०