ग्रामथान अध्यक्षमा निर्वाचित माओवादीका नमो भन्छन् : जनताका अपेक्षा पूरा गर्नेछु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । नेकपा माओवादी केन्द्रका नमोनारायण माझी मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनअनुसार ५४ वर्षीय माझीले साविक विजेतासमेत रहेको नेपाली कांग्रेसका उम्मेदवारलाई एक हजार ६३६ मतान्तरले हराएका हुन् ।

Advertisement

गत महिनामात्र कांग्रेस छोडेर माओवादीमा प्रवेश गरेका माझीले ६९६९ मतसहितको जित हात पार्दै ग्रामथान गाउँपालिका अध्यक्ष बनेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका बलराम सरदार थारूले ५३३३ मत ल्याए भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ४१५९ मत पाए ।

ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले ग्रामथानबासीका अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

शब्द एक्सप्रेससँग सोमबार संक्षिप्त प्रतिक्रिया दिँदै माझीले चुनावका क्रममा आफूले गरेका बाचाहरू पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘मैले चुनावी प्रचारप्रसारका क्रममा जनतासामु फेहरिस्त पारेका एजेन्डाहरू क्रमैसँग पूरा गर्नेछु,’ उनले भने, ‘जुन अपेक्षा राखेर ग्रामथानबासीले मलाई मत दिनुभएको छ । त्यसलाई पूरा गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ ।’

३० वैशाख २०७९ मा भएको चुनावमा निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन भएको हो ।

जसमा कांग्रेस र एमालेसहित विभिन्न राजनीतिक दलका १४ र एक जना स्वतन्त्र १५ उम्मेदवारलाई माझीले उछिने ।

अब, अध्यक्ष बनिसकेपछि पालिकाका अनियन्त्रित बनेका संयन्त्रहरूलाई ट्र्याकमा ल्याउने बताएका छन् ।

‘ग्रामथानका संयन्त्रहरू अनियन्त्रित भएको मैले पाएको छु, ती संयन्त्रहरू आउट अफ ट्र्याक भएका छन्,’ उनले भने, ‘ती संयन्त्रलाई ट्र्याकमा ल्याउँछु । आमजनताले पाउनुपर्ने सेवाहरू र विकास निर्माणका कार्यहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने छु ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

पछि फोरम र नेपाली कांग्रेस एकीकरण भएपछि उनी कांग्रेस बने ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षको आकांक्षी रहेका उनलाई कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

तर, त्यसबेला वडाध्यक्षमा हारेका माझीले कांग्रेस छोडर माओवादी प्रवेश गर्दै समग्र ग्रामथानको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०