एनपिएल जिते विराटनगर किंग्सलाई ३० लाख दिने मुख्यमन्त्री कार्कीको घोषणाबारे चर्चा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । आउँदो शनिबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) लाई लिएर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनौंठो घोषणा गरेका छन् ।

मुख्यमन्त्री कार्कीले एनपिएलआबद्ध विराटनगर किंग्सले उपाधि जितेमा ३० लाख दिने घोषणा गरेपछि यसबारे चर्चा सुरु भएको हो ।

मुख्यमन्त्री कार्कीले विराटनगरका किंग्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै ट्रफी जितेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका थिए ।

मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिँदै बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको  बताउँदै क्रिकेटबाट राष्ट्रियमात्र नभएर अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरेका थिए ।

‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत-साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ,’ मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ ।’

उपाधि हात पारेमा विराटनगर किंग्सलाई ३० लाख दिने मुख्यमन्त्रीले घोषणा गरेपछि सामाजिक सञ्जालमा यसबारे चर्चा सुरु भएको हो ।

विराटनगर किंग्स प्रदेशको टिम नभएर व्यावसायिक निजी कम्पनी भएका कारण पनि मुख्यमन्त्रीको घोषणा अस्वभाविक रहेको कतिपयको तर्क छ ।

यसैगरी, एनपिएल प्रदेशस्तरीय प्रतियोगिता पनि नभएको र विराटनगर किंग्समा कोशी प्रदेशका खेलाडीहरू पनि जम्मा ३-४ मात्र रहेका कारण प्रदेशका खेलाडीको विकासमा सरकारले योगदान गर्ने कि निजी कम्पनीलाई रकम दिने ? भन्दै प्रश्न तेर्सिन थालेका छन् ।

कतिपयले भने मुख्यमन्त्री कार्कीको चाह क्रिकेटको विकास होस् भन्ने नै हुनसक्ने बताइरहेका छन् ।

विराटनगर किंग्स कोशीको सान भन्ने नाराले मुख्यमन्त्री कार्कीलाई भावनात्मक रूपमा आकर्षित गरेको पनि हुनसक्ने र त्यही भावनाले प्रेरित भएर कार्कीले यस्तो घोषणा गरेको हुनसक्ने उनीहरूको आँकलन छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको एनपिएलमा विराटनगर किंग्स सहमागी हुन आँटेको हो ।

बिदाइ कार्यक्रममा विराटनगरका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताएका थिए ।

पहिलो संस्करणको एनपिएलअन्तर्गत पहिलो खेलमै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले जनकपुर बोल्ट्ससँग खेल्ने छ ।

अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त खेलाडीहरूको सहभागितामा हुन लागेको एनपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आगामी पुस ६ गतेसम्म हुने छ ।

यो पनि :

एनपिएलआबद्ध विराटनगरको जर्सी सार्वजनिक

प्रकाशित समय: बुधबार १२ मङ्सिर, २०८१, १७:३४:१८
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०