एनपिएलआबद्ध विराटनगरको जर्सी सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ मङ्सिर, २०८१
२ वर्षअघि

नेपाल प्रिमियर लिग (एनपिएल) आबद्ध विराटनगर किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । विराटनगरस्थित होटल स्वागतममा मंगलबार साँझ विशेष समारोहको आयोजना गरी विराटनगरले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किंग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले जर्सी सार्वजनिक गरे ।

सो अवसरमा विराटनगर किंग्सले ब्रान्ड एम्बास्डर तथा र्‍यापर कुशल पोखरेलको आवाजमा बनेको एन्थम पनि सार्वजनिक गरिएको थियो भने द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरिएको थियो ।

साथै, यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजाल र खेलाडी रिया शर्मालाई सम्मानसमेत गरिएको थियो । महिला विश्वकपमा नेपालको स्थान सुरक्षित गराउन सफल उनीहरूलाई मुख्यमन्त्री कार्की र पारस लुनियाले सम्मान गरे ।

उक्त अवसरमा बोल्दै लुनियाले एनपिएलले खेल क्षेत्रकै लागि यो ठुलो इभेन्ट भएको बताए । नेपालका खेलाडीहरूका लागि पनि एनपिएल ठुलो अवसर भएको सुनाउँदै उनले भने, ‘हामी विराटनगरको मात्र नभएर कोशी प्रदेशकै खेल क्षेत्र अगाडि बढाउन चाहन्छौं ।’
यसैगरी, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले एनपिएलमा विराटनगरको सहभागिताले विश्वमाझ विराटनगरको पहिचान उँचो हुनेमा आफू विश्वस्त रहेको बताए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १५ गतेदेखि काठमाडौंमा हुने एनपिएलअन्तर्गत पहिलो खेलमै विराटनगरले जनकपुर बोल्टसँग खेल्ने छ ।

विराटनगर किंग्समा लोकेश बम, दीपक बोहरा, सुभास भण्डारी, बिमल गुरुङ, जितेन्द्र मुखिया आदि रहेका छन् ।

अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त खेलाडीहरूको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल आयोजना हुँदै छ ।

प्रकाशित समय: मङ्गलबार ४ मङ्सिर, २०८१, १९:४३:५२
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०