कोशीमा बेथिति : कमिसनको लोभमा गोल्डेन पुर्‍याइन्छन् बिरामी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठुलो अस्पताल कोशी अस्पतालबाट कमिसनको लोभमा बिरामीलाई निजी अस्पताल पुर्‍याइने गरिएको पाइएको छ ।

कोशीमा कार्यरत डाक्टर र एम्बुलेन्स चालकको मिलेमतोमा बिरामीलाई मन्जुरीबिना नै गोल्डेन अस्पताल पुर्‍याइएको बिरामीका आफन्तको आरोप छ ।

शुक्रबार बिहान ३ बजे इमर्जेन्सीमा भर्ना भएका विराटनगर महानगरपालिका-६ का ३२ वर्षीय महावीर मण्डललाई बेड अभावको कारण देखाउँदै रिफर गरिएको थियो ।

अवस्था जटिल बन्दै गएका मण्डलको थप उपचार गर्न आइसियु बेड नभएका कारण कोशीको इमरजेन्सीमा कार्यरत डाक्टर तुलसी गोइतले उनलाई निजी अस्पताल लैजान सुझाएका थिए ।

अक्सिजन लेभल ६८ पुगेको र आइसियु बेड नभएको बताउँदै डा. गोइतले बिरामीलाई अक्सिजन मास्क लगाइदिएर अन्यत्र लैजान सुझाव दिएका थिए ।

डाक्टर गोइतले बोलाइदिएको एम्बुलेन्समा राखेर उनलाई गोल्डेन अस्पताल पुर्‍याइएको उनकी श्रीमती सरिता मण्डलको दाबी छ ।

अत्तालिएका आफूहरूसँग सहमति नगरी मण्डललाई बिनासल्लाह गोल्डेनमा पुर्‍याइएपछि अहिलेसम्म ८५ हजार बिल उठिसकेकोले तिर्न असक्षम भएको उनको दुःखेसो छ ।

‘विपन्न आर्थिक अवस्थाको मैले उक्त खर्च तिर्न सक्दिनँ,’ उनी भन्छिन्, ‘भलै मेरो बूढाको अवस्था जटिल होला । तर, हामीले सोच्न नपाइकन त्यहाँ पुर्‍याउँदा झन् समस्या भएको छ । गोल्डेन विराटनगरकै महँगो अस्पताल रहेछ । अब मैले कसरी त्यत्रो रकम तिर्नु ?’

यता, डा. गोइतले भने अक्सिजन लेभल ६८ पुगेपछि बिरामीका आफन्तलाई सही छाप लगाएर पठाएको बताए ।

आफूले बिरामीका आफन्तलाई सकेमा निजीमा लैजान र नसकेमा यहीँ राखेर उपचार गर्ने भन्ने प्रस्ताव राखेको समेत सुनाए ।

बिरामीको अवस्था देखेर आफूले सहयोग गरेको बताउँदै उनी भन्छन्, ‘मैले गलत नियत राखेको छैन । छातीमा छोएर भन्छु मैले गोल्डेन लैजानु भनेकै छैन । उहाँलाई पटक-पटक सहयोग गर्दै आएको हुँ । बरु एम्बुलेन्सवालाले गडबडी गरेको हुन सक्छ ।’

कोशीमा आइसियु बेड १२ वटा छन् । तर, कर्मचारी अभावका कारण पाँचवटा आइसियु बेड सञ्चालनमा छैनन् ।

यता, डाक्टर रुना झाले कहिलेकाँही रिफर गर्नुपर्ने अवस्था आउने भए पनि गलत नियत राखेर रिफर गरिएको हुन नसक्ने बताइन् ।

‘बेड अभाव हुँदा वा उपचार सम्भव जस्तो नदेखिएमा रिफर गर्ने हो, तर प्रक्रिया पुर्‍याएर कन्सलटेन्ट डाक्टरले रिफर गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यस्तो नियत देखिएमा कारबाही गर्छु ।’

‘बाहिर लैजानैपर्ने भएमा बिरामी र आफन्तलाई सहजीकरण गरिदिन मैले डाक्टरहरूलाई निर्देशन दिएकी छु,’ उनले भनिन्, ‘किनकि, यहाँबाट बिरामीलाई एउटा अस्पताल पुर्‍याइएला । तर, त्यहाँ पनि बेड नहोला । डुलाउँदा-डुलाउँदै बिरामीको ज्यान जान सक्छ ।’

प्रकाशित समय: आईतबार २ मङ्सिर, २०८१, १४:४७:४५

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०