कोशीमा बेथिति : कमिसनको लोभमा गोल्डेन पुर्‍याइन्छन् बिरामी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठुलो अस्पताल कोशी अस्पतालबाट कमिसनको लोभमा बिरामीलाई निजी अस्पताल पुर्‍याइने गरिएको पाइएको छ ।

कोशीमा कार्यरत डाक्टर र एम्बुलेन्स चालकको मिलेमतोमा बिरामीलाई मन्जुरीबिना नै गोल्डेन अस्पताल पुर्‍याइएको बिरामीका आफन्तको आरोप छ ।

Advertisement

शुक्रबार बिहान ३ बजे इमर्जेन्सीमा भर्ना भएका विराटनगर महानगरपालिका-६ का ३२ वर्षीय महावीर मण्डललाई बेड अभावको कारण देखाउँदै रिफर गरिएको थियो ।

अवस्था जटिल बन्दै गएका मण्डलको थप उपचार गर्न आइसियु बेड नभएका कारण कोशीको इमरजेन्सीमा कार्यरत डाक्टर तुलसी गोइतले उनलाई निजी अस्पताल लैजान सुझाएका थिए ।

अक्सिजन लेभल ६८ पुगेको र आइसियु बेड नभएको बताउँदै डा. गोइतले बिरामीलाई अक्सिजन मास्क लगाइदिएर अन्यत्र लैजान सुझाव दिएका थिए ।

डाक्टर गोइतले बोलाइदिएको एम्बुलेन्समा राखेर उनलाई गोल्डेन अस्पताल पुर्‍याइएको उनकी श्रीमती सरिता मण्डलको दाबी छ ।

अत्तालिएका आफूहरूसँग सहमति नगरी मण्डललाई बिनासल्लाह गोल्डेनमा पुर्‍याइएपछि अहिलेसम्म ८५ हजार बिल उठिसकेकोले तिर्न असक्षम भएको उनको दुःखेसो छ ।

‘विपन्न आर्थिक अवस्थाको मैले उक्त खर्च तिर्न सक्दिनँ,’ उनी भन्छिन्, ‘भलै मेरो बूढाको अवस्था जटिल होला । तर, हामीले सोच्न नपाइकन त्यहाँ पुर्‍याउँदा झन् समस्या भएको छ । गोल्डेन विराटनगरकै महँगो अस्पताल रहेछ । अब मैले कसरी त्यत्रो रकम तिर्नु ?’

यता, डा. गोइतले भने अक्सिजन लेभल ६८ पुगेपछि बिरामीका आफन्तलाई सही छाप लगाएर पठाएको बताए ।

आफूले बिरामीका आफन्तलाई सकेमा निजीमा लैजान र नसकेमा यहीँ राखेर उपचार गर्ने भन्ने प्रस्ताव राखेको समेत सुनाए ।

बिरामीको अवस्था देखेर आफूले सहयोग गरेको बताउँदै उनी भन्छन्, ‘मैले गलत नियत राखेको छैन । छातीमा छोएर भन्छु मैले गोल्डेन लैजानु भनेकै छैन । उहाँलाई पटक-पटक सहयोग गर्दै आएको हुँ । बरु एम्बुलेन्सवालाले गडबडी गरेको हुन सक्छ ।’

कोशीमा आइसियु बेड १२ वटा छन् । तर, कर्मचारी अभावका कारण पाँचवटा आइसियु बेड सञ्चालनमा छैनन् ।

यता, डाक्टर रुना झाले कहिलेकाँही रिफर गर्नुपर्ने अवस्था आउने भए पनि गलत नियत राखेर रिफर गरिएको हुन नसक्ने बताइन् ।

‘बेड अभाव हुँदा वा उपचार सम्भव जस्तो नदेखिएमा रिफर गर्ने हो, तर प्रक्रिया पुर्‍याएर कन्सलटेन्ट डाक्टरले रिफर गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यस्तो नियत देखिएमा कारबाही गर्छु ।’

‘बाहिर लैजानैपर्ने भएमा बिरामी र आफन्तलाई सहजीकरण गरिदिन मैले डाक्टरहरूलाई निर्देशन दिएकी छु,’ उनले भनिन्, ‘किनकि, यहाँबाट बिरामीलाई एउटा अस्पताल पुर्‍याइएला । तर, त्यहाँ पनि बेड नहोला । डुलाउँदा-डुलाउँदै बिरामीको ज्यान जान सक्छ ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०