भदौ लाग्न सक्छ कोशी सरकार विस्तार हुन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ साउन, २०८१
२ वर्षअघि

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार हुन भदाै लाग्न सक्ने बताएका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आइतबार संसदीय पत्रकार मञ्च कोशीका पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार विस्तारमा अझै केही दिन पर्खनु पर्ने अवस्था आएको बताए ।

Advertisement

उनले नयाँ समीकरण परिवर्तन भएसँगै नेकपा माओवादीले सरकारबाट बाहिरिएर सहयाेग गरेकाे बताउदै काँग्रेसले निर्णय गरेसँगै सरकारले पूर्णता पाउने जानकारी दिए ।

संविधानकाे धारा १६८ (५) अनुसार आफ्नो नेतृत्वमा बनेकाे सरकारकाे सय दिन पुग्न लागेकाे बताउँदै उनले धेरै काम गरिएकाे बताए ।

अहिलेको सरकारले आगामी साउन ३२ गते एक सय दिन पूरा गर्दै छ ।

उनले आवश्यकताका आधारमा मन्त्रालयकाे संख्या बढ्न सक्ने उल्लेख गर्दै तर अहिले कांग्रेस र एमालेबीच मन्त्रालय नबढाउने सहमति भएको जानकारी दिए ।

‘कामकाे चापकाे आधारमा केही मन्त्रालयहरू विभाजन हुन पनि सक्छ,´ उनले भने, ‘तर अहिले त्यो सम्भावना छैन ।’

अहिले काेशी प्रदेशमा ९ वटा मन्त्रालय छन् । यी मन्त्रालयमध्ये काङ्ग्रेसको भागमा ४ र एमालेकाे भागमा ५ मन्त्रालय रहनेगरी सहमति भइसकेकाे उनले बताए ।

उनले स्थानीय तहले पर्यटक गाडीलाई पालिकैपिच्छे कर लिने प्रचलन हटाउन पहल गर्ने बताए ।

सरकारले काेशी प्रदेशकाे लगानी सम्मेलन आगामी पुसमा गर्ने तयारी गरिरहेकाे पनि उनले जानकारी दिए ।

यस्तै नेपालका लगानीकर्तालाई पनि प्रदेशमा आकर्षित गर्न पहल गर्ने उनको भनाइ छ । यस्तै पर्यटन र कृषिकाे क्षेत्रमा पनि लगानी सम्मेलन केन्द्रीत हुने उनले बताए ।

आगामी तीन वर्षभित्रमा प्रदेशकाे ओैचित्य पुष्टि गर्ने गरि काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, पर्यटन वर्षकाे तयारी र चिया सम्मेलनकाे तयारी पनि गरिरहेकाे उनले जानकारी दिए ।

केन्द्रमाअहिलेकाे सरकार बनेपछि टिआरसी विधेयकमा सहमति हुनु ऐतिहासिक महत्त्व रहेकाे उनेले दाबी गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०