विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार हुन भदाै लाग्न सक्ने बताएका छन् ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आइतबार संसदीय पत्रकार मञ्च कोशीका पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार विस्तारमा अझै केही दिन पर्खनु पर्ने अवस्था आएको बताए ।
उनले नयाँ समीकरण परिवर्तन भएसँगै नेकपा माओवादीले सरकारबाट बाहिरिएर सहयाेग गरेकाे बताउदै काँग्रेसले निर्णय गरेसँगै सरकारले पूर्णता पाउने जानकारी दिए ।
संविधानकाे धारा १६८ (५) अनुसार आफ्नो नेतृत्वमा बनेकाे सरकारकाे सय दिन पुग्न लागेकाे बताउँदै उनले धेरै काम गरिएकाे बताए ।
अहिलेको सरकारले आगामी साउन ३२ गते एक सय दिन पूरा गर्दै छ ।
उनले आवश्यकताका आधारमा मन्त्रालयकाे संख्या बढ्न सक्ने उल्लेख गर्दै तर अहिले कांग्रेस र एमालेबीच मन्त्रालय नबढाउने सहमति भएको जानकारी दिए ।
‘कामकाे चापकाे आधारमा केही मन्त्रालयहरू विभाजन हुन पनि सक्छ,´ उनले भने, ‘तर अहिले त्यो सम्भावना छैन ।’
अहिले काेशी प्रदेशमा ९ वटा मन्त्रालय छन् । यी मन्त्रालयमध्ये काङ्ग्रेसको भागमा ४ र एमालेकाे भागमा ५ मन्त्रालय रहनेगरी सहमति भइसकेकाे उनले बताए ।
उनले स्थानीय तहले पर्यटक गाडीलाई पालिकैपिच्छे कर लिने प्रचलन हटाउन पहल गर्ने बताए ।
सरकारले काेशी प्रदेशकाे लगानी सम्मेलन आगामी पुसमा गर्ने तयारी गरिरहेकाे पनि उनले जानकारी दिए ।
यस्तै नेपालका लगानीकर्तालाई पनि प्रदेशमा आकर्षित गर्न पहल गर्ने उनको भनाइ छ । यस्तै पर्यटन र कृषिकाे क्षेत्रमा पनि लगानी सम्मेलन केन्द्रीत हुने उनले बताए ।
आगामी तीन वर्षभित्रमा प्रदेशकाे ओैचित्य पुष्टि गर्ने गरि काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, पर्यटन वर्षकाे तयारी र चिया सम्मेलनकाे तयारी पनि गरिरहेकाे उनले जानकारी दिए ।
केन्द्रमाअहिलेकाे सरकार बनेपछि टिआरसी विधेयकमा सहमति हुनु ऐतिहासिक महत्त्व रहेकाे उनेले दाबी गरे ।