इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । प्रारम्भिक बाल विकास (इसिडी) शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरपालिकाको कार्यालयको गेटमा धर्ना दिइएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको भ्रातृ संगठन नेपाल समाजवादी विद्यार्थी युनियन, कोशी प्रदेशले शुक्रबार महानगरकाे गेटमा उभिएर इसिडी शिक्षा सुधारको माग राख्दै धर्ना दिएको हो ।

शिक्षाको जग इसिडी सुधार र समानता (निजी मण्टेश्वरीमा चार तह, सरकारीमा एक तह) नभएकोले यसलाई समानता कायम गरी गुणस्तरीय बनाउनको लागि नेपाल समाजवादी विद्यार्थी युनियनले निरन्तर आन्दोलन गर्दै आएको छ ।
सोही अभियानअन्तर्गत आज महानगरपालिका अगाडि धर्ना दिइएको नेपाल समाजवादी विद्यार्थी युनियन, कोशी प्रदेशका संयोजक तरुण खवासले जानकारी दिए ।
विभिन्न पाँचबुँदे माग राखेर महानगरपालिकाअगाडि उभिएको बताउँदै उनले इसिडी शिक्षाको सुधारमा पहल गरिदिनका लागि शिक्षामन्त्री समेतलाई ध्यानाकर्षणपत्र बुझाउने आफूहरूको तयारी रहेको सुनाए ।
‘शिक्षा क्षेत्रको जनशक्ति विकास र समाज निर्माणको जगका रूपमा परिचित इसिडी शिक्षामा गम्भीर समस्या छन्,’ उनले भने, ‘इसिडीमा सरकारी र निजी शैक्षिक संस्थाबीचमा एक प्रकारको खाडल छ । त्यसलाई सुधार्नका लागि हामी यहाँ उभिएका हौं ।’
इसिडी शिक्षालाई न्यूनतम् तीन तह प्लेग्रुप, नर्सरी र किन्डरगार्डेनको व्यवस्था गर्न, अन्तर्राष्ट्रिय मापदण्डअनुसार शिक्षक र सहायक कर्मचारीको योग्यता र सुविधा बढाउन, बालमैत्री पूर्वाधार र सिकाइ सामग्रीहरू उपलब्ध गराउन, विद्यार्थी खाजा कार्यक्रममा सुधार गर्नु तथा शिक्षासम्बन्धी केन्द्र, प्रदेश र स्थानीय सरकारको दायित्व स्पष्ट पार्ने माग आफूहरूको रहेको खवासले बताए ।
नेपालको भावी शैक्षिक गुणस्तरको आधार बनाउन इसिडी शिक्षामा सरकारले गम्भीरता देखाउनुपर्ने उनीहरूको माग छ ।

युनियनले इसिडी शिक्षा राम्रो दिन नसके विद्यालय र विश्वविद्यालय शिक्षा पनि राम्रो बनाउन नसकिने बताउँदै आएको छ ।

सरकारले सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याएको इसिडी एक तहको रहेको भए पनि निजी विद्यालयलाई चार तहको मान्यता दिने गरेको खवास बताउँछन् ।

इसिडी कम्तीमा तीन तहको बनाउन सरकारलाई समाजवादी विद्यार्थी युनियनको सुझाव छ ।

इसिडी शिक्षकहरूलाई बालमनोविज्ञान, केयरगिभर र मन्टेश्वरीसम्बन्धी तालीम दिन पनि सरकारसँग समाजवादी विद्यार्थीले माग गरेको छ ।

प्रकाशित समय: शुक्रबार ४ जेठ, २०८१, ०३:०१:५५

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०