इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । प्रारम्भिक बाल विकास (इसिडी) शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरपालिकाको कार्यालयको गेटमा धर्ना दिइएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको भ्रातृ संगठन नेपाल समाजवादी विद्यार्थी युनियन, कोशी प्रदेशले शुक्रबार महानगरकाे गेटमा उभिएर इसिडी शिक्षा सुधारको माग राख्दै धर्ना दिएको हो ।

Advertisement
शिक्षाको जग इसिडी सुधार र समानता (निजी मण्टेश्वरीमा चार तह, सरकारीमा एक तह) नभएकोले यसलाई समानता कायम गरी गुणस्तरीय बनाउनको लागि नेपाल समाजवादी विद्यार्थी युनियनले निरन्तर आन्दोलन गर्दै आएको छ ।
सोही अभियानअन्तर्गत आज महानगरपालिका अगाडि धर्ना दिइएको नेपाल समाजवादी विद्यार्थी युनियन, कोशी प्रदेशका संयोजक तरुण खवासले जानकारी दिए ।
विभिन्न पाँचबुँदे माग राखेर महानगरपालिकाअगाडि उभिएको बताउँदै उनले इसिडी शिक्षाको सुधारमा पहल गरिदिनका लागि शिक्षामन्त्री समेतलाई ध्यानाकर्षणपत्र बुझाउने आफूहरूको तयारी रहेको सुनाए ।
‘शिक्षा क्षेत्रको जनशक्ति विकास र समाज निर्माणको जगका रूपमा परिचित इसिडी शिक्षामा गम्भीर समस्या छन्,’ उनले भने, ‘इसिडीमा सरकारी र निजी शैक्षिक संस्थाबीचमा एक प्रकारको खाडल छ । त्यसलाई सुधार्नका लागि हामी यहाँ उभिएका हौं ।’
इसिडी शिक्षालाई न्यूनतम् तीन तह प्लेग्रुप, नर्सरी र किन्डरगार्डेनको व्यवस्था गर्न, अन्तर्राष्ट्रिय मापदण्डअनुसार शिक्षक र सहायक कर्मचारीको योग्यता र सुविधा बढाउन, बालमैत्री पूर्वाधार र सिकाइ सामग्रीहरू उपलब्ध गराउन, विद्यार्थी खाजा कार्यक्रममा सुधार गर्नु तथा शिक्षासम्बन्धी केन्द्र, प्रदेश र स्थानीय सरकारको दायित्व स्पष्ट पार्ने माग आफूहरूको रहेको खवासले बताए ।
नेपालको भावी शैक्षिक गुणस्तरको आधार बनाउन इसिडी शिक्षामा सरकारले गम्भीरता देखाउनुपर्ने उनीहरूको माग छ ।

युनियनले इसिडी शिक्षा राम्रो दिन नसके विद्यालय र विश्वविद्यालय शिक्षा पनि राम्रो बनाउन नसकिने बताउँदै आएको छ ।

सरकारले सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याएको इसिडी एक तहको रहेको भए पनि निजी विद्यालयलाई चार तहको मान्यता दिने गरेको खवास बताउँछन् ।

इसिडी कम्तीमा तीन तहको बनाउन सरकारलाई समाजवादी विद्यार्थी युनियनको सुझाव छ ।

इसिडी शिक्षकहरूलाई बालमनोविज्ञान, केयरगिभर र मन्टेश्वरीसम्बन्धी तालीम दिन पनि सरकारसँग समाजवादी विद्यार्थीले माग गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०