विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १० ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–८ स्थित श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयले पठनपाठन थालेकै दिन विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरेको छ ।

सोमबार विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी र जनप्रतिनिधिले विद्यालयमा अध्ययनरत २९० जना विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर दाहाल, विराटनगर–८ का वडाध्यक्ष रामकुमार पोखरेल, विद्यालयका प्रधानाध्यापक चक्रप्रसाद पोखरेल तथा शिक्षक–शिक्षिकाले विद्यार्थीलाई पुस्तक वितरण गर्दै शैक्षिक उन्नतीको शुभकामना दिएका थिए ।

प्रअ पोखरेलले यसपालि सामुदायिक विद्यालयहरूले समयमै पाठ्यपुस्तक पाएकोले पठनपाठन सुरु भएकै दिन कक्षा २ देखि ८ सम्मका विद्यार्थीलाई पुस्तक वितरण गर्न सफल भएको जानकारी दिए ।

‘आइतबारबाट स्कुल लागे पनि आज पुस्तक वितरण गरेर हामीले पठनपाठन थाल्यौं,’ उनले भने, ‘यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता थियो । शैक्षिकसत्र सकिने बेलासम्म पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरूले किताब नहेरी परीक्षा दिनुपर्थ्यो । तर, यसपालि कक्षा सुरु भएकै दिन उनीहरूले किताब पाए ।’

जनक शिक्षा सामाग्री केन्द्र कोशी प्रदेश कार्यालयले नयाँ शैक्षिकसत्रलाई मध्येनजर गरेर यसपालि चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री–वितरण थालेको थियो । सोहीअनुरूप सुशिक्षा निकुञ्जले पनि नयाँ शैक्षिकसत्र सुरु हुनुभन्दा तीन साताअघि नै पाठ्यपुस्तक पाएको थियो ।

प्रअ पोखरेलले विद्यार्थीले समयमै पुस्तक पाउँदा सामुदायिक विद्यालयको साख पुरानै अवस्थामा फर्काउन सहज हुने जनाए । शिक्षक, अभिभावकको समन्वयमा बर्सेनि सामुदायिक विद्यालयमा भर्नादर उकालो लागिरहेको उनको भनाइ छ ।

२०१३ मा स्थापना भएको सुशिक्षा निकुञ्ज आविमा २०६९ सालयता शिशु कक्षादेखि आठसम्म पठनपाठन हुँदै आएको छ । हाल ३७७ विद्यार्थी अध्ययनरत रहेका छन् भने यसको संख्या बढाउन विद्यालयले भर्ना अभियान चलाउँदै आएको छ ।

अतिरिक्त क्रियाकलाप र शैक्षिण गुणस्तरको विषयमा संस्थागत–निजी विद्यालयसँग टक्कर दिनेगरी काम गरिरहेको यस विद्यालयले अंग्रेजी माध्यमबाट पनि पठनपाठन गरिरहेको छ ।

प्रकाशित समय: सोमबार १० ब‌ैशाख, २०८१, १८:२७:४६

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
२ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
३ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०