विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १० ब‌ैशाख, २०८१
३ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–८ स्थित श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयले पठनपाठन थालेकै दिन विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरेको छ ।

सोमबार विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी र जनप्रतिनिधिले विद्यालयमा अध्ययनरत २९० जना विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेका हुन् ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर दाहाल, विराटनगर–८ का वडाध्यक्ष रामकुमार पोखरेल, विद्यालयका प्रधानाध्यापक चक्रप्रसाद पोखरेल तथा शिक्षक–शिक्षिकाले विद्यार्थीलाई पुस्तक वितरण गर्दै शैक्षिक उन्नतीको शुभकामना दिएका थिए ।

प्रअ पोखरेलले यसपालि सामुदायिक विद्यालयहरूले समयमै पाठ्यपुस्तक पाएकोले पठनपाठन सुरु भएकै दिन कक्षा २ देखि ८ सम्मका विद्यार्थीलाई पुस्तक वितरण गर्न सफल भएको जानकारी दिए ।

‘आइतबारबाट स्कुल लागे पनि आज पुस्तक वितरण गरेर हामीले पठनपाठन थाल्यौं,’ उनले भने, ‘यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता थियो । शैक्षिकसत्र सकिने बेलासम्म पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरूले किताब नहेरी परीक्षा दिनुपर्थ्यो । तर, यसपालि कक्षा सुरु भएकै दिन उनीहरूले किताब पाए ।’

जनक शिक्षा सामाग्री केन्द्र कोशी प्रदेश कार्यालयले नयाँ शैक्षिकसत्रलाई मध्येनजर गरेर यसपालि चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री–वितरण थालेको थियो । सोहीअनुरूप सुशिक्षा निकुञ्जले पनि नयाँ शैक्षिकसत्र सुरु हुनुभन्दा तीन साताअघि नै पाठ्यपुस्तक पाएको थियो ।

प्रअ पोखरेलले विद्यार्थीले समयमै पुस्तक पाउँदा सामुदायिक विद्यालयको साख पुरानै अवस्थामा फर्काउन सहज हुने जनाए । शिक्षक, अभिभावकको समन्वयमा बर्सेनि सामुदायिक विद्यालयमा भर्नादर उकालो लागिरहेको उनको भनाइ छ ।

२०१३ मा स्थापना भएको सुशिक्षा निकुञ्ज आविमा २०६९ सालयता शिशु कक्षादेखि आठसम्म पठनपाठन हुँदै आएको छ । हाल ३७७ विद्यार्थी अध्ययनरत रहेका छन् भने यसको संख्या बढाउन विद्यालयले भर्ना अभियान चलाउँदै आएको छ ।

अतिरिक्त क्रियाकलाप र शैक्षिण गुणस्तरको विषयमा संस्थागत–निजी विद्यालयसँग टक्कर दिनेगरी काम गरिरहेको यस विद्यालयले अंग्रेजी माध्यमबाट पनि पठनपाठन गरिरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०