४१ हजार धरौटी तिरेर थुनामुक्त भइन् होस्टेलमा छात्रामाथि दुर्व्यहार गर्ने रेग्मी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ७ चैत, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मी धरौटी तिरेर थुनामुक्त भएकी थिइन् ।

अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी ५० वर्षीय रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको इजालासले ४१ हजार रुपैयाँ धरौटी तोकेको थियो ।

प्रशासनले तोकेको धरौटी रकम बुझाएर मंगलबार उनी रिहा भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले जानकारी दिए ।

रेग्मी गत बुधबार दिउँसो पक्राउ परेकी थिइन् । मोरङ प्रहरीले उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको थियो ।

तर, एक्कासि स्वास्थ्यमा समस्या भएको भन्दै उनी कोशी अस्पतालमा भर्ना भएकी थिइन् । प्रहरीले अनुसन्धान पूरा गरेपछि मोरङ प्रशासनमा अभियोग बुझाएको थियो ।

मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा बिएनएस र बीएससी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गरेको आरोपमा उनी पक्राउ परेकी थिइन् ।

रेग्मीले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

आफू काठमाडौं जानुपर्ने जनाउँदै रेग्मी अग्रिम रूपमा भाडा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन् ।

रेग्मीले महिना नमरेको भए पनि अहिले तीन–तीन हजार रुपैयाँ दिएर सहयोग गर्न भनेकी थिइन् ।

तर, ती छात्राहरूले पनि आफूहरूसँग अहिले नभएको भनेपछि विवाद सुरु भएको थियो ।

विवाद बढ्दै जाँदा रेग्मीले छात्राहरूका किताब–कापी फ्याँकेकी थिइन् ।

सो होस्टलको उक्त रुममा तीन छात्रा बस्दै आएका थिए । उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएससी र नर्सिङ प्रथम वर्षमा अध्ययन गर्न आएका छात्रा हुन् ।

केही दिनयता मात्र उक्त होस्टलमा बस्न थालेका ती छात्राहरूले होस्टललाई दिनुपर्ने फागुन महिनाको सम्पूर्ण फी दिइसकिएको बताएका छन् ।

भोलिसम्ममा त्यो होस्टेल छोड्ने योजनामा रहेको भए पनि होस्टलकी सञ्चालिकाले चैत्रको पनि ती तीन हजारका दरले ‘एड्भान्स’ दिनुपर्ने बताउँदै राति होस्टेल छोड्न धम्की दिएको छात्राहरूको आरोप थियो ।

दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् ।

उक्त होस्टेलमा ३ फागुनदेखि बसिरहेका उनीहरूले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए ।

कलेजकै होस्टेलमा बस्नेहरूको सूचीमा भर्खरै उनीहरूको पनि नाम निस्किएको थियो ।

उनीहरू दुर्व्यवहार भएको भोलिपल्ट बुधबारदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए ।

त्यसैले उनीहरू मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तरखरमा थिए ।

प्रकाशित समय: बुधबार ७ चैत, २०८०, ०७:४५:०३

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
२ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
३ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०