अग्रिम भाडा माग्दै विराटनगरको मुनलाइट गर्ल्स होस्टलमा छात्रामाथि दुर्व्यवहार (भिडिओसहित)

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० फाल्गुण, २०८०
२ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालकले छात्रामाथि दुर्व्यवहार गरेकी छन् ।

होस्टलकी सञ्चालक मधु रेग्मीले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको हो ।

विराटनगर–८ का वडाध्यक्ष राम पोखरेलका अनुसार आफू काठमाडौं जानुपर्ने जनाउँदै रेग्मी अग्रिम रूपमा भाडा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन् ।

‘नयाँ होस्टल पनि खोल्नुभएको रहेछ, अनि भोलि नै काठमाडौं जानुपर्ने बताउँदै उहाँले रेन्ट माग्नुभएको रहेछ,’ पोखरेलले शब्द एक्सप्रेससँग भने, ‘त्यसक्रममै विवाद भएको रहेछ ।’

पोखरेलका अनुसार रेग्मीले महिना नमरेको भए पनि अहिले तीन–तीन हजार रुपैयाँ दिएर सहयोग गर्न भनेकी थिइन् । तर, ती छात्राहरूले पनि आफूहरूसँग अहिले नभएको भनेपछि विवाद सुरु भएको थियो ।

विवाद बढ्दै जाँदा रेग्मीले छात्राहरूका किताब–कापी फ्याँकेकी थिइन् ।

सो होस्टलको उक्त रुममा तीन छात्रा बस्दै आएका थिए । उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएससी र नर्सिङ प्रथम वर्षमा अध्ययन गर्न आएका छात्रा हुन् ।

केही दिनयता मात्र उक्त होस्टलमा बस्न थालेका ती छात्राहरूले होस्टललाई दिनुपर्ने फागुन महिनाको सम्पूर्ण फी दिइसकिएको बताएका छन् ।

भोलिसम्ममा त्यो होस्टेल छोड्ने योजनामा रहेको भए पनि होस्टलकी सञ्चालिकाले चैत्रको पनि ३–३ हजारका दरले ‘एड्भान्स’ दिनुपर्ने बताउँदै राति होस्टेल छोड्न धम्की दिएको छात्राहरूको आरोप छ ।

होस्टल सञ्चालकले डर देखाउँदै गाली–गलौच तथा हातपात गरेकी जनाउँदै ती छात्राहरूले सम्बन्धित निकायप्रति ध्यानाकर्षण गरेका छन् ।

यता, मोरङ प्रहरीले भने हालसम्म उक्त घटनालाई लिएर जाहेरी नपरेका कारण कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको जनाएको छ ।

मोरङ प्रहरीका इन्स्पेक्टर दुर्गा राईले आफूहरूले घटनाबारे जानकारी लिएको भए पनि अहिलेसम्म पीडित पक्षले उजुरी नदिएकोले कारबाही प्रक्रिया थालनी नगरेको सुनाए ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रकाशित समय: बुधबार ३० फाल्गुण, २०८०, ११:१८:२२

सम्बन्धित खबर

इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना

शुक्रबार ४ जेठ, २०८१
२ दिनअघि

कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता (रिटसहित)

बिहिबार २७ ब‌ैशाख, २०८१
१ हप्ताअघि

शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो

शुक्रबार १४ ब‌ैशाख, २०८१
३ हप्ताअघि

विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक

सोमबार १० ब‌ैशाख, २०८१
४ हप्ताअघि

राजीनामा दिएर मार्गप्रशस्त गरिदिन मुख्यमन्त्री केदार कार्कीलाई आग्रह

बिहिबार ६ ब‌ैशाख, २०८१
१ महिनाअघि

विवादमा अल्झियो लोकसेवा आयोगको विज्ञापन !

बुधबार ५ ब‌ैशाख, २०८१
१ महिनाअघि
गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०