विराटनगर महानगरले पहिलोपटक रोजगार मेला आयोजना गर्दै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ ।
मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने महानगरको विश्वास रहेको छ ।

आगामी चैत २ र ३ गते रोजगार मेला आयोजना गर्ने निश्चित भएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।

विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा बिहान १० देखि ५ बजेसम्म मेला सञ्चालन हुनेछ ।

स्थानीय रूपमा रोजगारीको खोजीमा रहेका जनशक्तिलाई स्थानीय उद्योग व्यवसाय, बैंकिङ, पर्यटन, होटल, बैंक, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रमा रोजगार उपलब्ध गराउनका लागि सूचनाको पहुँच स्थापना, सहजीकरण र समन्वयात्मक भूमिका निर्वाह गर्न मेला उपलब्धिमूलक हुने मेयर कोइरालाको भनाइ छ ।

महानगरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले बताएअनुसार बेरोजगार युवाहरूलाई रोजगारबारे सूचना दिलाउने उद्देश्य राखिएको मेलामा प्राविधिक, प्रशासनिक, उद्योग र श्रमिक क्षेत्रका व्यक्तिहरूको सहभागिता हुनेछ ।

दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवाहरू प्रत्यक्ष रोजगारदातासँग भेट, युवा जनशक्ति र रोजगारदातालाई जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने, स्थानीय क्षेत्रमा रहेका रोजगारका क्षेत्र, सूचना तथा अवसरको जानकारी र सीपमूलक तालिमहरूको अवरसम्बन्धी जानकारी गराउने मेलाको लक्ष्य रहेको छ ।

रोजगारको वर्तमान अवस्थाको बारेमा पाश्र्वचित्र र सफलताको कथा, रोजगार तथा उद्यमीसँगको संवाद कार्यक्रम, वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी, रोजगार खोजकर्ता र रोजगारदाताको तथ्यांक संकलन गरी नमुना रोजगार सेवा केन्द्रमार्फत सहजीकरण हुने अनुमान गरिएको छ ।

‘मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई जोड्नेछ,’ मेयर कोइरालाले भने, ‘महानगरले आयोजना गर्ने मेलाबाट बढीभन्दा बढी लाभ लिन म आग्रह पनि गर्दछु ।’

स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको महानगर रोजगार मेलामा विभिन्न उद्योग व्यवसायहरूबाट सीपयुक्त जनशक्तिको मागको रहेको छ ।

यस मेलामा करिब ३ हजार जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिए ।

सहभागीमध्ये करिब १ सय ५० जनाले रोजगारीको अवसरको सूचना प्राप्त र प्रत्यक्ष भेटघाटको अवसरको अनुमान गरिएको छ ।

मेलामा उद्योग, हस्पिटल, होटेल, बैंक तथा वित्तीय संस्था, शैक्षिक परामर्श केन्द्र, रोजगार केन्द्रका करिब ४० वटा स्टल समावेश हुने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताए ।

मेलामा स्टल निःशुल्क उपलब्ध गराइनेछ ।

प्रकाशित समय: मङ्गलबार २९ फाल्गुण, २०८०, १८:२३:५८

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०