मोरङमा ह्वात्तै बढ्यो नेपाली नागरिकता परित्याग गर्नेको संख्या

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेको संख्या बर्सेनि बढ्दै गएको हो ।

मोरङमा चालू आर्थिक वर्षको हालसम्ममा मात्र नेपाली नागरिकता परित्याग गर्नेको ५८ छ । अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए ।

मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तबरले राख्न थालेको हो । त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनको नागरिकता फाँटका नायब सुब्बा सुमनकुमार निरौलाले जानकारी दिए ।

‘नागरिकता त्याग गर्नेको संख्या बढ्दो अवस्थामा देखिएको छ,’ उनले भने, ‘बर्सेनि नागरिकता खारेज गर्नका लागि पर्ने निवेदन बढिरहेका छन् । कहिलेकाँही त दिनमै पाँच जनासम्मले नागरिकता त्याग्छन् ।’
निरौलाका अनुसार २०६६ साल जेठ ८ गतेबाट नागरिकता परित्यागको तथ्यांक राख्न थालिएको हो । सो वर्ष पाँच जनाले नागरिकता त्याग गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, २०६७ सालमा मोरङका आठ जनाले नागरिकता त्यागेका छन् भने २०६८ सालमा ६ जनाले, २०६९ मा ६, २०७० र २०७१ मा चार–चार जनाले नागरिकता त्यागेका छन् ।

२०७२ सालमा भने नागरिकता त्याग्नेको ह्वात्तै बढेको तथ्यांक छ । सो वर्ष ११ जनाले नागरिकता त्यागेका छन् । २०७३ सालमा १० जना, २०७४ सालमा नौ जनाले नागरिकता त्याग गरेका छन् ।

२०७५ सालमा १८ जनाले नागरिकता त्यागेको तथ्यांकमा उल्लेख छ । २०७६ सालमा ११ जना, २०७७ मा पाँच जना, २०७८ मा ११ जनाले नागरिकता त्यागेका छन् । २०७९ सालमा १८ जनाले नागरिकता त्याग गर्दा २०८० सालको अहिलेसम्ममा ५८ जनाले नागरिकता परित्याग गरेका हुन् ।

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ । विदेश जाने बढेपछि नेपाली नागरिकता परित्याग गर्ने बढ्दै गएको कार्यालयले जनाएको छ ।

त्यसबाहेक भारतीय नागरिक बन्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको छ । केहीले भारतीय नागरिकता पाउनका लागि नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका जनाएको छ ।

विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछिमात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको संख्या बढेको देखिएको छ । लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले युरोप, अमेरिकालगातय विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको जानकारी दिए ।

‘भविष्य सुरक्षित हुने देश जाने मोहका कारण पनि नागरिकता त्याग्नेहरू बढेको पाइएको छ,’ उनले भने, ‘संख्या थोरै देखिए पनि मुलुकभरि वार्षिक रूपमा आठ सयभन्दा बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेको तथ्यांक छ ।’

झट्ट हेर्दा संख्या थोरै देखिए पनि मुलुकभरि वार्षिक रूपमा भने आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् ।

मोरङमा नागरिकता रद्द गर्नेको संख्या भने घटेको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा, झुट्टा विवरण पेश गरी दुईवटा नागरिकता लिएको र अन्य जिल्लाबाट पनि नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गरिने गरिन्छ ।

प्रकाशित समय: मङ्गलबार २९ फाल्गुण, २०८०, १७:५९:०७

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०