मोरङमा ह्वात्तै बढ्यो नेपाली नागरिकता परित्याग गर्नेको संख्या

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेको संख्या बर्सेनि बढ्दै गएको हो ।

मोरङमा चालू आर्थिक वर्षको हालसम्ममा मात्र नेपाली नागरिकता परित्याग गर्नेको ५८ छ । अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए ।

Advertisement

मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तबरले राख्न थालेको हो । त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनको नागरिकता फाँटका नायब सुब्बा सुमनकुमार निरौलाले जानकारी दिए ।

‘नागरिकता त्याग गर्नेको संख्या बढ्दो अवस्थामा देखिएको छ,’ उनले भने, ‘बर्सेनि नागरिकता खारेज गर्नका लागि पर्ने निवेदन बढिरहेका छन् । कहिलेकाँही त दिनमै पाँच जनासम्मले नागरिकता त्याग्छन् ।’
निरौलाका अनुसार २०६६ साल जेठ ८ गतेबाट नागरिकता परित्यागको तथ्यांक राख्न थालिएको हो । सो वर्ष पाँच जनाले नागरिकता त्याग गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, २०६७ सालमा मोरङका आठ जनाले नागरिकता त्यागेका छन् भने २०६८ सालमा ६ जनाले, २०६९ मा ६, २०७० र २०७१ मा चार–चार जनाले नागरिकता त्यागेका छन् ।

२०७२ सालमा भने नागरिकता त्याग्नेको ह्वात्तै बढेको तथ्यांक छ । सो वर्ष ११ जनाले नागरिकता त्यागेका छन् । २०७३ सालमा १० जना, २०७४ सालमा नौ जनाले नागरिकता त्याग गरेका छन् ।

२०७५ सालमा १८ जनाले नागरिकता त्यागेको तथ्यांकमा उल्लेख छ । २०७६ सालमा ११ जना, २०७७ मा पाँच जना, २०७८ मा ११ जनाले नागरिकता त्यागेका छन् । २०७९ सालमा १८ जनाले नागरिकता त्याग गर्दा २०८० सालको अहिलेसम्ममा ५८ जनाले नागरिकता परित्याग गरेका हुन् ।

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ । विदेश जाने बढेपछि नेपाली नागरिकता परित्याग गर्ने बढ्दै गएको कार्यालयले जनाएको छ ।

त्यसबाहेक भारतीय नागरिक बन्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको छ । केहीले भारतीय नागरिकता पाउनका लागि नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका जनाएको छ ।

विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछिमात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको संख्या बढेको देखिएको छ । लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले युरोप, अमेरिकालगातय विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको जानकारी दिए ।

‘भविष्य सुरक्षित हुने देश जाने मोहका कारण पनि नागरिकता त्याग्नेहरू बढेको पाइएको छ,’ उनले भने, ‘संख्या थोरै देखिए पनि मुलुकभरि वार्षिक रूपमा आठ सयभन्दा बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेको तथ्यांक छ ।’

झट्ट हेर्दा संख्या थोरै देखिए पनि मुलुकभरि वार्षिक रूपमा भने आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् ।

मोरङमा नागरिकता रद्द गर्नेको संख्या भने घटेको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा, झुट्टा विवरण पेश गरी दुईवटा नागरिकता लिएको र अन्य जिल्लाबाट पनि नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गरिने गरिन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०