उपाधिका लागि भिड्दै नेपाल, साम्बाबिनाको टोली उत्रिने छ मैदानमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
११ महिनाअघि

विराटनगर । साउदी अरेबियामा जारी पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनल खेल आज हुँदै छ ।

आठौं संस्करणको वाफको उपाधिका लागि आज नेपाली टोलीले जोर्डनको सामना गर्ने छ । नेपाल र जोर्डनबीचको खेल नेपाली समयानुसार बेलुका ९ः४५ बजेबाट सुरु हुने छ ।

साउदीको जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अलफेजल स्टेडियममा हुने यस खेलमा नेपाल र जोर्डन दुवै एक-अर्कालाई हराउँदै उपाधि उचाल्ने दाउमा हुने छन् ।

जोर्डन प्रतियोगिताको सर्वाधिक सफल टिम हो । उसले तीन पटक प्रतियोगिताको उपाधि जितेको छ ।

पश्चिमी क्षेत्र (गल्फ) का देशहरू सम्मिलित यस प्रतियोगितामा नेपालले भने यसपटक डेब्यु गरेको हो ।

नेपालले आमन्त्रित टोलीको हैसियतमा पहिलो पटक सहभागिता जनाएको हो ।

प्रतियोगितामा नेपालसहित ग्वाम र साउदी अरेबियाले पहिलो पटक सहभागिता जनाएका हुन् । तथापि, नेपालले अहिलेसम्मका खेल हारेको छैन ।

पहिलो खेलमा सिरियामाथि ४-१ गोलान्तरको जित निकालेको नेपालले दोस्रो खेलमा झन् फराकिलो जित आत्मसात् गर्‍यो ।

सावित्रा भण्डारी साम्बा एक्लैले पाँच गोल गरेको खेलमा नेपालले इराकमाथि ५-० गोलान्तरको जित निकालेको थियो ।

सो जितसँगै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपालले तेस्रो खेलमा प्यालेस्टाइनमाथि ४-० गोलको जित दर्ता गर्‍यो ।

सेमिफाइनलमा प्रीति राईको गोलको सहायताले लेबनानलाई २-१ गोलले पछार्दै फाइनलमा पुगेको नेपालले आज जोर्डनको सामना गर्न आँटेको हो ।

जोर्डनले भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलान्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि उसले पहिलो खेलमा आयोजक साउदीलाई ३-१ ले हराएको थियो ।

दोस्रो खेलमा ग्वाममाथि ३-० र तेस्रो खेलमा लेबनानलाई २-० गोलले हराएको जोर्डनले पनि जारी प्रतियोगितामा हार बेहोरेको छैन ।

आजको खेलमा नेपाली टोली अनुभवी फरवार्ड साम्बाबिना नै मैदान उत्रिने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार आफ्नो फेसबुक पेजमार्फत साम्बाले जोर्डनविरुद्ध फाइनल नखेल्ने जनाएको हो ।

प्रतियोगितामा नौ गोल गरेर दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी साम्बाले सो खेल गुमाउने भएकी हुन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियमअनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेको छ ।

वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन् ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा तीन खेलसम्म खेल्न पाउने प्रावधान छ ।

साम्बाले समूह चरणमा नै ३ खेल खेलिसकेपनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

तर, फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको छ ।

उनले फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेर खेलिरहेकी छन् ।

केही समयअघि उनी इजरायली क्लब हापोएल रानानाबाट ब्यबसायिक फुटबल खेलेकी थिइन् ।

तर, युद्धका कारण उनी इजरायलबाट फर्किएकी थिइन् । उनले छोटो समयमा नै इजरायली क्लबमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दा उनी फ्रेन्च क्लबको नजरमा परेकी थिइन् ।

नेपाली महिला फुटबलतर्फ अन्तर्राष्ट्रिय जगतमा परिचय बनाउन सफल साम्बा युरोपेली लिगमा माथिल्लो स्तरको क्लबबाट खेल्ने एकमात्र खेलाडी हुन् ।

नेपालले सेमिफाइनलमा लेबनानलाई २-१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो, जसमा साम्बा र प्रीति राईले एक-एक गोल गरेका थिए ।

यससँगै साम्बाले वाफ महिला च्यायम्पियनसिपअन्तर्गत ९ गोल गरिन् ।

उनले भारतीय बालादेवीको नाममा रहेको ५२ गोलको रेकर्ड तोडेकी हुन् ।

सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेको हुन् । भारतीय बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् ।

हाल साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपमा ९ गोल सहित गोल्डेन बुटको दावेदार रहेकी साम्बाले सिरिया विरुद्ध १ गोल, इराकविरुद्ध ५ गोल, प्यालेस्टाइनविरुद्ध २ गोल र सेमिफाइनलमा लेबनानविरुद्ध १ गोल गरिसकेकी छन् ।

इराक विरुद्ध ५ गोल गर्दै उनले नेपालको तर्फबाट ५० अन्तरास्ट्रिय गोलको कोषेढुंग आपार गरेकी थिइन् ।

अन्तर्रास्ट्रिय खेल मिडियाले नेपाली स्टार साम्बालाई गोल मेसिनको उपमा दिने गरेका छन् ।

 

प्रकाशित समय: बिहिबार १७ फाल्गुण, २०८०, ०६:४५:२७
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०