जब १४ महिला स्वास्थ्य स्वयमसेविकालाई मुख्यमन्त्री आफैंले लगाइदिए जुत्ता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।

सोमबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४ जिल्लाबाट एक–एक जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेका हुन् ।

जनस्वास्थ्यका लागि खटिएका स्वास्थ्य स्वयमसेविकाहरूको खुट्टामा आफैंले जुत्ता लगाइदिएर मुख्यमन्त्री कार्कीले सम्मान गरे ।

उनीहरूलाई प्रदेशको स्वास्थ्य मन्त्रालय अंकित चाँदीको सिक्का, खादा, सम्मानपत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेपछि बोल्दै मुख्यमन्त्री कार्कीले आफ्ना सन्तानको हेरचाह छाडेर अरूको सेवा गर्न दौडने आमाहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए ।

यता स्वास्थ्य मन्त्रालयकी सचिव सुधा देवकोटाले जिल्ला जनस्वास्थ्य कार्यालयले हरेक जिल्लाबाट एक–एक उत्कृष्ट स्वयंसेविका छनोट गरेको जनाउँदै आधारभूत स्वास्थ्य सेवामा योगदानको कदरस्वरूप सम्मान गरिएको बताइन् ।

यसरी सम्मान हुनेमा ताप्लेजुङकी पम्फा राई, उदयपुरकी दिलमाया मगर, ओखलढुंगाकी नीरकुमारी राणा, सुनसरीकी तिलमाया खड्का, झापाकी दयावती राजवंशी, संखुवासभाकी छिरिजम्बा भोटे, खोटाङकी पुण्यकुमारी पौडेल, पाँचथरकी यशोधा ढकाल, तेह्रथुमकी गोमा भट्टराई रहेकी छन् ।

यस्तै, भोजपुरकी सीता तामाङ, इलामकी इशवरा निरौला, मोरङकी सोनीकुमारी चौधरी, सोलुखुम्बुकी ल्हेमी शेर्पा र धनकुटाकी खड्कुमारी विश्वकर्मा रहेकी छन् ।

प्रकाशित समय: सोमबार ७ फाल्गुण, २०८०, ११:४८:२९

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०