बरगाछीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ट्रकमा आगजनी गर्ने समातिए

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ माघ, २०८०
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–५ स्थित बरगाछी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ९ः५० बजेतिर कोशी राजमार्गअन्तर्गत बरगाछीमा ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो ।

कञ्चनबारीबाट विराटनगरतर्फ आउँदै गरेको बा प्र ३–००१ ख १४११ नम्बरको ट्रकले लाइफ गार्डबाट पानीट्याङ्कीतर्फ बाटो क्रस गर्दै गरेको को ३६ प २८८९ नम्बरको मोसालाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई उपचारको लागि कोशी अस्पताल, विराटनगर पठाइएकोमा डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेका थिए ।

चौधरी इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अधिकृत रहेको बताइएको छ ।

सोही स्कुटरमा पछाडि सवार दुहबी–९ की अन्दाजी १६ वर्षीय स्वस्था चौधरी घाइते बनेकी छन् ।

स्वस्था मृतक नगेनकी भतिजी रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार स्वस्थाको दुवै घुँडामा सामान्य चोट लागेको छ ।

दुर्घटनापछि स्थानीय ५०–६० जनाको संख्यामा भेला भई ट्रकमा आगजनी गरेका थिए । आक्रोशित भिडले ट्रकको अगाडिको भागमा आगजानी गरेका हुन् ।

नेपाल प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा आएको छ । ट्रकको अगाडिको भाग जलेर सामान्य क्षति भएको र ट्रक घटनास्थलबाट हटाउने पहल भइरहेको एसपी पोखरेलले जानकारी दिए ।

वडा प्रहरी कार्यालय, विराटनगरबाट प्रहरी नायब उपरीक्ष विजय श्रेष्ठको टोलीले अनुसन्धान थालेको छ । प्रहरीले ट्रकमा आगजनी गर्ने विराटनगर–५ बरगाछी का १७ वर्षीय राजु राजवंशी र विराटनगर–४ का प्रल्हाद रायलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई वडा प्रहरी कार्यालय, विराटनगरमा राखेर अनुसन्धान थालिएको एसपी पोखरेलले शब्द एक्सप्रेसलाई जानकारी दिए ।

प्रकाशित समय: आईतबार २८ माघ, २०८०, ११:१०:२०

सम्बन्धित खबर

समिति सभापति चयनअघि रास्वपाको संसदीय दल बैठक आज

बुधबार २ ब‌ैशाख, २०८३
१ दिनअघि

सनसाइन बोर्डिङ स्कुलले गर्‍यो एसइई दिने विद्यार्थीलाई शुभकामनासहित विदाइ

शुक्रबार ६ चैत, २०८२
४ हप्ताअघि

अरनिको कलेजमा दुई महिने एआई तालिम सम्पन्न

मङ्गलबार २६ फाल्गुण, २०८२
१ महिनाअघि

हेरिटेज इन्टरनेसनल स्कुलले ‘मदर्स क्रिकेट लिग’ गर्दै मनायो अन्तर्राष्ट्रिय महिला दिवस

आईतबार २४ फाल्गुण, २०८२
१ महिनाअघि

काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी

शुक्रबार २२ फाल्गुण, २०८२
१ महिनाअघि

अर्किड स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

शनिवार १६ फाल्गुण, २०८२
२ महिनाअघि
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
बुधबार २ ब‌ैशाख, २०८३
कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०