विराटनगरमा शिक्षा क्षेत्र सुधार्न विद्यार्थी दबाब यात्रा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ माघ, २०८०
३ वर्षअघि

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले विराटनगरमा विद्यार्थी दबाब यात्रा निकालेको छ ।

परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारका लागि शुक्रबार विद्यार्थी दबाब यात्रा निकालेको हो ।

Advertisement

दबाब यात्राले नयाँ पुस्तामा देशको शिक्षा क्षेत्रको भविष्य सुन्दर हुने आशा जगाएको परिषद्की कोशी प्रदेश सह–सचिव मुनf बिष्टले बताइन् ।

उनले नैतिक शिक्षा लागू गरी युवा विद्यार्थीहरूमा स्वदेश प्रेम बढाई राष्ट्र निर्माणमा योगदान दिने जनशक्ति तयार गर्न विशेष प्रयास गर्नुपर्ने बताइन् ।

विद्यार्थी दबाब यात्रालाई सम्बोधन गर्दै परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डाको आधारमा गरिने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

यही कारणले शिक्षाक्षेत्र धराशयी भएको पनि उनले बताए ।

उनले शिक्षाक्षेत्रको दलीय राजनीति भागबन्डाको अन्त्य गर्नुपर्ने, प्रवेश, परीक्षा, परिणाम पात्रो, परिसर, प्रश्नपत्र एवम् पाठ्यक्रम, मूल्याकंन पद्धति र शिक्षण विधिमा सुधार गर्नुपर्ने उल्लेख गरे ।

माध्यमिक तहको शिक्षा अनिवार्यरूपमा निःशुल्क गरिनुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाइ प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्ने नीति अवलम्बन गरिनुपर्ने बताए ।

यस्तै क्याम्पस, विश्वविद्यालयहरूमा महापुरुष, नेपालको इतिहास, भाषा, संस्कृति आदि पाठ्यक्रममा समावेश हुनुपर्ने उनको भनाइ थियो ।

यसैगरी विद्यार्थी परिषद्का राष्ट्रिय सचिव विवस कटुवालले शिक्षामा वैदेशिक लगानी अन्त्य गर्दै २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने साथै सरकारी कर्मचारीका छोराछोरी पनि सरकारी विद्यालयमा पढाउनु पर्ने बताए ।

ट्राफिक चोकबाट सुरु भएको विद्यार्थी दबाब यात्रालाई महानगरको विभिन्न ठाउँको परिक्रमा गराउँदै महेन्द्र चोकमा समापन गरिएको थियो ।

दबाब यात्रामा विराटनगरका १४ वटा शैक्षिक संस्थाका विद्यार्थीसहित परिषद्का कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०