विराटनगर बन्यो ‘बी’ डिभिजन क्रिकेट च्याम्पियन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ माघ, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगर क्रिकेट क्लब (बिसिसी) मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बुधबार विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै बिसिसी च्याम्पियन बनेको हो ।

Advertisement

फाइनल खेलमा बिसिसीले झोराहाटको ग्रामथान क्रिकेट क्लबलाई सुफर ओभरमा पराजित गरेको हो ।

खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरी स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो ।

टस जितेर ब्याटिङ गरेको बिसिसीले निर्धारित ३० ओभरमा सबै विकेट गुमाई एक सय ३९ रन बनाएको थियो । बिसिसीका अनिल यादवले ४१ रन बनाउँदा धीरज कामतले २३ रन जोडे ।

यस्तै, अमन गुप्ताले १२ रन र कृतिक कामतले ११ रनको योगदान दिए ।

ग्रामथानका आर्यन बाँस्कोटाले तीन विकेठ लिँदा निर्वेश लुइटेलले दुई विकेट लिए ।

एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

ग्रामथानका अनिल विश्वकर्माले २८ रन बनाउँदा आर्यन बाँस्कोटाले नटआउट २० रन बनाए ।

निर्वेश लुइँटेलले १७ रन र विकाश कार्कीले १५ रनको योगदान दिए ।

बिसिसीका म्यान अफ फाइनल रितेश झाले चार विकेट लिँदा आर्यन शाहीले दुई विकेट तथा कृतिक कामत, आशीष राजवंशी र अभिषेक मण्डलले समान एक–एक विकेट विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर बिसिसीका राहुल चौधरी, उत्कृष्ट बलर बिसिसीका अविशेक मण्डल र म्यान अफ द सिरिज पनि बिसिसीका कृतिक कामत घोषित भए ।

माघ १७ गतेदेखि सुरु भएको प्रतियोगिता मोरङका १६ वटा बी डिभिजन क्लबहरू सहभागी रहेको जिल्ला अध्यक्ष महमद साद बाबुले बताए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि पूर्वराष्ट्रिय खेलाडी नन्दकिशोर राठी, मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०