विराटनगर बन्यो ‘बी’ डिभिजन क्रिकेट च्याम्पियन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ माघ, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगर क्रिकेट क्लब (बिसिसी) मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बुधबार विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै बिसिसी च्याम्पियन बनेको हो ।

फाइनल खेलमा बिसिसीले झोराहाटको ग्रामथान क्रिकेट क्लबलाई सुफर ओभरमा पराजित गरेको हो ।

खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरी स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो ।

टस जितेर ब्याटिङ गरेको बिसिसीले निर्धारित ३० ओभरमा सबै विकेट गुमाई एक सय ३९ रन बनाएको थियो । बिसिसीका अनिल यादवले ४१ रन बनाउँदा धीरज कामतले २३ रन जोडे ।

यस्तै, अमन गुप्ताले १२ रन र कृतिक कामतले ११ रनको योगदान दिए ।

ग्रामथानका आर्यन बाँस्कोटाले तीन विकेठ लिँदा निर्वेश लुइटेलले दुई विकेट लिए ।

एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

ग्रामथानका अनिल विश्वकर्माले २८ रन बनाउँदा आर्यन बाँस्कोटाले नटआउट २० रन बनाए ।

निर्वेश लुइँटेलले १७ रन र विकाश कार्कीले १५ रनको योगदान दिए ।

बिसिसीका म्यान अफ फाइनल रितेश झाले चार विकेट लिँदा आर्यन शाहीले दुई विकेट तथा कृतिक कामत, आशीष राजवंशी र अभिषेक मण्डलले समान एक–एक विकेट विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर बिसिसीका राहुल चौधरी, उत्कृष्ट बलर बिसिसीका अविशेक मण्डल र म्यान अफ द सिरिज पनि बिसिसीका कृतिक कामत घोषित भए ।

माघ १७ गतेदेखि सुरु भएको प्रतियोगिता मोरङका १६ वटा बी डिभिजन क्लबहरू सहभागी रहेको जिल्ला अध्यक्ष महमद साद बाबुले बताए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि पूर्वराष्ट्रिय खेलाडी नन्दकिशोर राठी, मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

प्रकाशित समय: बुधबार २४ माघ, २०८०, १८:३७:२०

सम्बन्धित खबर

इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०