काम नगर्ने ठेकेदारलाई कारबाही गर्दै इटहरी उपमहानगर

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ माघ, २०८०
३ वर्षअघि

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले सडक तथा पूर्वाधार निर्माणका योजनाहरू बीचमै अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई कारबाही गर्ने भएको छ ।

योजनाहरूको काम नै नगरी अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएको हो ।

विभिन्न १४ वटा योजनाहरूको काम नै नगरी अलपत्र अवस्थामा छाडेपछि उपमहानगरले स्पष्टीकरण सोधेर कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

पटकपटक सम्पर्क गर्दा तथा सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा नआएको तथा निर्माणको काम पनि सुचारु नगरेको भन्दै इटहरी उपमहानगरले सार्वजनिक रूपमा स्पष्टीकरण सोध्दै कारबाही गर्ने चेतावनी दिएको हो ।

माघ १० गते एक दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्रमा स्पष्टीकरण पेस गर्न इटहरी उपमहानगरले भनेको छ ।

तोकिएको मितिमा सम्पर्कमा नआउने, स्पष्टीकरण पेस नगर्ने कम्पनीलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने चेतावनी दिएको छ ।

कारबाहीमा पर्ने कम्पनीको जमानत जफत गरी बाँकी निर्माण कार्य गर्ने रकमसमेत सो कम्पनीबाट नै असुल उपर गर्ने उपमहानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

ठेक्का सम्झौता भई निर्माण कार्य अधुरा रहेका, म्याद समाप्त भएका निर्माण कम्पनीहरूलाई ठेक्का सम्झौता अद्यावधिक गरी काम सुचारु गर्न गएको भदौ १ गते पनि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन उपमहानगरले सूचनामार्फत भनेको थियो ।

तर त्यो बेला पनि कुनै निर्माण कम्पनीहरू उपमहानगरको सम्पर्कमा गएनन् ।

योजनाहरू अलपत्र छाडेर भाग्ने तथा सम्पर्कविहीन हुने निर्माण कम्पनीहरूलाई पटकपटक आग्रह गर्दा पनि सम्पर्कमा नआएका कारण कारबाहीको प्रक्रिया सुरु गरिएको इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।

दुई वर्षअघि इटहरीको थारू संस्कार संस्कृतिसहित अन्य जातजाति भाषा भाषीहरूको कला र संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न आदिवासी जनजाति संग्राहलय निर्माण सुरु गरिएको थियो ।

१६ मंसिर २०७८ मा निर्माण सम्झौता भएर काम सुरु भएको यो संग्राहलय २५ असार २०७९ मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने हो ।

तर यो संग्राहलयको काम हालसम्म १६.७२ प्रतिशत मात्रै भएको छ ।

संग्राहालय बनाउने ठेक्का प्रेरा गिरि जे.भी हात्तीवनले पाएको थियो ।

निर्माण कम्पनीले संग्राहलयको बेसको काम र पिलर आधा ठड्याएर त्यसै छाडिएको छ । गर्दा गर्दैको काम त्यसै छाडेपछि संग्राहालय अलपत्र छ ।

यस्तै, दुई वर्षअघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण भएर सञ्चालन हुनुपर्ने १५ बेडको इटहरी अस्पतालको भवन अझै निर्माण सकिएको छैन ।

अस्पतालको ६५ प्रतिशत काम भएको छ तर बाँकी गर्नुपर्ने ३५ प्रतिशत काम कहिले सकिने हो टुंगो छैन ।

अस्पतालको भवन ३० असार २०७८मा प्रतिष्ठा गिरी जे.भी कम्पनीले सम्झौता गरेर काम सुरु गरेको थियो ।

यस्तै, स्मार्ट शौचालय बनाउने भनेर उपमहानगर गेटपूर्वपट्टि भवन निर्माण सुरु गरिएको थियो ।

भवन त बन्यो तर सञ्चालनमा आउन सकेन । बाँकी काम त्यसै छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि भवन अलपत्र छ ।

यो शौचालय निर्माणको ठेक्का सिराहाको अङ्कित कन्स्ट्रक्सनले पाएको थियो ।

यो कन्स्ट्रक्सन कम्पनी पनि लामो समयदेखि उपमहानगरको सम्पर्कमा छैन ।

इटहरी–६ को मुख्य बजार भएर बग्ने टेंग्रा खोलामा वाल लगाएर कोरिडोर बनाउने र त्यसमा व्युटिफिकेसन गर्ने उपमहानगरको योजना छ ।

सोहीबमोजिम भोजपुरको अनु निर्माण सेवा कम्पनीसँग उपमहानगरले सम्झौता गरेको थियो । तर यो काम पनि सुरु हुनै सकेको छैन ।

इटहरी अस्पताल दक्षिणको सतन मार्गमा कालोपत्रे गर्ने काम बीचमै रोकिएको छ ।

ठेकेदारले २१ जेठ २०७९ मै कालोपत्रे गरिसक्नुपर्ने हो ।

तर अहिलेसम्म त्यहाँ कालोपत्रे गर्ने तयारी देखिँदैन ।

यहाँ केवल २४.१५ प्रतिशतमात्रै काम भएको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।

यी योजनासहित इटहरीका नगरस्तरीय सडक तथा पुल निर्माणका योजनाहरू अहिले ठेकेदारले काम नगर्दा अलपत्र अवस्थामा छन् ।

प्रकाशित समय: आईतबार २१ माघ, २०८०, १२:१२:४७

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२४ घण्टाअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०