संरचना नबनाई १०० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति, अख्तियारको घेरामा ‘गोल्डेन’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ पुस, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-१० हस्पिटल चोकमा रहेको गोल्डेन अस्पताललाई मापदण्ड पूरा नगरी स्तरोन्नतिको अनुमति दिइएको पाइएको छ ।

कोसी प्रदेशको स्वास्थ्य मन्त्रालयले भौतिक संरचना निर्माण पूरा नभएको गोल्डेनलाई एक सय शय्याको अस्पताल सञ्चालनको लागि अनुमति दिएको हो ।

कोसीका तत्कालीन स्वास्थ्यमन्त्री जयराम यादवको मन्त्रीस्तरको निर्णयबाट भौतिक संरचना निर्माण नगरी एक वर्षअगाडि एक सय शय्याको अस्पताल सञ्चालनको लागि अनुमति दिइएको खुलेको छ ।

गोल्डेन अहिले भाडाको घरमा ५० शय्यामा सञ्चालनमा भइरहेको छ ।

उसले विराटनगर-११ मा नयाँ भवन निर्माण गरेर अस्पताल विस्तार गर्ने योजना बनाएकोमा सो भवन अझै बनिसकेको छैन ।

यस्तो अवस्थामा एक वर्ष अगाडि नै सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिइएको हो ।

जबकि, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०, जनस्वास्थ्य सेवा नियमावली २०७७ र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार एक सय शय्याको अस्पताल सञ्चालन गर्न आफ्नै भवन हुनुपर्छ ।

तर, मन्त्रालयले आफ्नै भवन नबनाई एक सय शय्या सञ्चालनको अनुमति दिएपछि गोल्डेनले गैरकानुनी रूपमा भाडाकै घरबाट अस्पताल सञ्चालन गरिररहेको छ ।

गोल्डेनले अस्पताल स्तरोन्नतिको लागि २८ चैत २०७७ मा स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको थियो ।

१० महिनाभित्रमा आफ्नै भवनमा अस्पताल लैजाने प्रतिबद्धता २०७९ कात्तिकमा मन्त्रालयमा बुझाएपछि तत्कालीन स्वास्थ्यमन्त्री यादवले ३० कात्तिकमा मन्त्रीस्तरको निर्णयबाट सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएका थिए ।

मन्त्रीको निर्णयपछि स्वास्थ्य मन्त्रालयले २ मंसिर २०७९ मा गोल्डेनलाई एक सय शय्यामा स्तरोन्नती गरी सञ्चालन गर्न अनुमति दिएको पाइएको छ ।

एक वर्षअगाडि नै अनुमति पाएको गोल्डेनको भवन निर्माणको काम अझै पूरा भएको छैन । उसले पुरानो भाडाको हस्पिटलबाटै एक सय शय्याको अस्पताल सञ्चालन गर्दै आएको छ ।

अस्पतालका सञ्चालक सनातन मण्डलले अस्पताल नयाँ भवनमा सरिसकेको दाबी गरेका छन् । तर, अस्पताल मापदण्ड पूरा नभएको भाडाको भवनबाट सञ्चालन भइरहेको छ ।

यता, गोल्डेनलाई मापदण्ड पूरा नगरी अस्पताल स्तरोन्नतिको अनुमित दिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेका अनुसार उजुरी परेपछि अनुसन्धान थालिएको छ ।

प्रकाशित समय: मङ्गलबार ३ पुस, २०८०, ०७:०५:१३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०