संरचना नबनाई १०० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति, अख्तियारको घेरामा ‘गोल्डेन’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ पुस, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-१० हस्पिटल चोकमा रहेको गोल्डेन अस्पताललाई मापदण्ड पूरा नगरी स्तरोन्नतिको अनुमति दिइएको पाइएको छ ।

कोसी प्रदेशको स्वास्थ्य मन्त्रालयले भौतिक संरचना निर्माण पूरा नभएको गोल्डेनलाई एक सय शय्याको अस्पताल सञ्चालनको लागि अनुमति दिएको हो ।

Advertisement

कोसीका तत्कालीन स्वास्थ्यमन्त्री जयराम यादवको मन्त्रीस्तरको निर्णयबाट भौतिक संरचना निर्माण नगरी एक वर्षअगाडि एक सय शय्याको अस्पताल सञ्चालनको लागि अनुमति दिइएको खुलेको छ ।

गोल्डेन अहिले भाडाको घरमा ५० शय्यामा सञ्चालनमा भइरहेको छ ।

उसले विराटनगर-११ मा नयाँ भवन निर्माण गरेर अस्पताल विस्तार गर्ने योजना बनाएकोमा सो भवन अझै बनिसकेको छैन ।

यस्तो अवस्थामा एक वर्ष अगाडि नै सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिइएको हो ।

जबकि, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०, जनस्वास्थ्य सेवा नियमावली २०७७ र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार एक सय शय्याको अस्पताल सञ्चालन गर्न आफ्नै भवन हुनुपर्छ ।

तर, मन्त्रालयले आफ्नै भवन नबनाई एक सय शय्या सञ्चालनको अनुमति दिएपछि गोल्डेनले गैरकानुनी रूपमा भाडाकै घरबाट अस्पताल सञ्चालन गरिररहेको छ ।

गोल्डेनले अस्पताल स्तरोन्नतिको लागि २८ चैत २०७७ मा स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको थियो ।

१० महिनाभित्रमा आफ्नै भवनमा अस्पताल लैजाने प्रतिबद्धता २०७९ कात्तिकमा मन्त्रालयमा बुझाएपछि तत्कालीन स्वास्थ्यमन्त्री यादवले ३० कात्तिकमा मन्त्रीस्तरको निर्णयबाट सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएका थिए ।

मन्त्रीको निर्णयपछि स्वास्थ्य मन्त्रालयले २ मंसिर २०७९ मा गोल्डेनलाई एक सय शय्यामा स्तरोन्नती गरी सञ्चालन गर्न अनुमति दिएको पाइएको छ ।

एक वर्षअगाडि नै अनुमति पाएको गोल्डेनको भवन निर्माणको काम अझै पूरा भएको छैन । उसले पुरानो भाडाको हस्पिटलबाटै एक सय शय्याको अस्पताल सञ्चालन गर्दै आएको छ ।

अस्पतालका सञ्चालक सनातन मण्डलले अस्पताल नयाँ भवनमा सरिसकेको दाबी गरेका छन् । तर, अस्पताल मापदण्ड पूरा नभएको भाडाको भवनबाट सञ्चालन भइरहेको छ ।

यता, गोल्डेनलाई मापदण्ड पूरा नगरी अस्पताल स्तरोन्नतिको अनुमित दिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेका अनुसार उजुरी परेपछि अनुसन्धान थालिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
४ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०