पल शाहले ‘बिहे गर्छु’ भनेपछि नाबालिग गायिकाले फेरिन् बयान

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ ब‌ैशाख, २०७९
४ वर्षअघि
पल शाह

नायक पल शाह (पूर्णविक्रम शाह) ले आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी नाबालिगले अदालतमा आफ्नो बयान फेरिन् छन् ।

पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् ।

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले बयान फेरेपछि धेरै मान्छे अचम्ममा परे अनि धेरैले होस्टाइल भएको आँकलन गरे ।

पल निकट स्रोतका अनुसार पीडितले कारागारभित्र रहेका पलबाट बिहेको आश्वासन पाएपछि बयान बदलेकी हुन् ।

‘खासमा हिरासतदेखि कारागारसम्म पुग्दा पल पनि निकै कमजोर भइसकेका थिए,’ पल निकट स्रोत भन्छ, ‘कारागारमा भेट्न जाने जसलाई पनि ‘मलाई जसरी पनि यहाँबाट निकाल्नुपर्‍यो’ भन्थे ।’

पलले आफ्नो रिहाइका लागि यो मुद्दामा महँगो रकम तिरेर महँगा कानुन व्यवसायी ‘हायर’ नगरेका पनि होइनन् ।

तर तनहुँ र पूर्व नवलपरासी दुवैतिरको अदालतको थुनछेक बहसले उनलाई धरौटीमा छाड्ने आदेश पनि नआएपछि उनीहरू थाके ।

बुझिएअनुसार यो बीचमा पल पक्षधरहरू वरिष्ठ अधिवक्तादेखि विभिन्न न्यायाधीशसमक्ष केस ‘सल्टाउन’ सकिन्छ भनेर परामर्श लिन पुगेका थिए।

पलका अधिवक्तादेखि लिएर सबैले पललाई एउटै विकल्प सुनाए, ‘अब यो मुद्दाबाट उम्कने हो भने पीडितलाई बयान फेर्न लगाउनुको विकल्प छैन। जसरी पनि उनलाई फकाउनै पर्छ।’

पललाई थाहा थियो, पीडित नाबालिगले उनलाई गहिरो प्रेम गर्थिन् ।

सरकारी वकिलसम्म बयान दिँदा पनि उनले यो भनेकी थिइन् ।

विश्वस्त स्रोतका अनुसार पलले आफू उम्किने कुनै विकल्प नपाएपछि पीडित नाबालिगको बयान फेराउन जेलबाट निस्किएपछि बिहे गर्ने आश्वासन नै दिएका छन् ।

‘पीडितले अहिले पनि उनलाई माया गर्थिन्, पलले दुवैको करिअर बर्बाद गर्नुभन्दा मलाई बचाऊ । म बिहे गर्छु भनेर प्रस्ताव पठाएपछि उनी पग्लिएकी हुन्,’ पल निकट स्रोतले भन्यो, ‘पलले त पहिले पनि यस्तो प्रस्ताव राखेका थिए तर यसपटक पलका बाआमा नै यो प्रस्ताव लिएर तनहुँ पुगेपछि बयान फेर्ने सहमति भएको हो । पीडितलाई जाहेरी दिन सहयोग गर्नेहरूलाई दोष देखाएर पललाई जोगाउन रणनीति त्यसपछि रचिएको हो ।’

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए ।

तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो ।

दुवै घटनाको पीडित उही नाबालिग थिइन् ।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवै अदालतले प्रारम्भिक सनुवाइ गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन् । हाल उनी तनहुँ कारागारमा छन् ।-स्रोत नेपालसमय

प्रकाशित समय: सोमबार ५ ब‌ैशाख, २०७९, ०७:३८:४०
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०