भारतसँग नेपालको लज्जास्पद हार (फाेटाे फिचर)

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ चैत, २०७८
४ वर्षअघि
भारतसँग

साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७-० गोलान्तरले पराजित बनेको छ ।

भारतस्थित जमसेदपुर रङ्गशालामा आजबाट सुरू भएको च्याम्पियनसिपमा नेपाल भारतसामु निरीह देखियो ।

पहिलो हाफमा नेपालको पोस्टमा तीन गोल गरेको भारतले दोस्रो हाफमा चार गोल थपेपछि विशाल अन्तरको जित दर्ता गर्न सफल भयो ।

भारतका लागि पहिलो गोल सुजिश पोट्टेक्कटले गरीन् । नेपाली गोलरक्षक सावित्री किसानको क्लिरेन्स गतिलो नभएको फाइदा उठाउँदै सुजिशले खेलको १४औं मिनेटमा सुरुवाती अग्रता दिलाउन सफल भइन् ।

लिन्डा कोम सेर्तोले १७औं र ३५औं मिनेटमा दुई गोल गरेपछि भारतले पहिलो हाफअघि नेपालविरुद्ध तीन गोलको गतिलो अग्रता लियो ।

दोस्रो हाफमा केही सुधार गरे पनि नेपालले गोल खाने क्रम रोकिएन ।

भारतसँग

खेल अवधिभर खेललाई पूर्ण नियन्त्रणमा राख्न सफल भारतले दोस्रो हाफमा पनि नेपालविरुद्ध गोलको वर्षा गर्यो ।

६९औं मिनेटमा अपूर्ण नर्जरीले पेनाल्टी क्षेत्र नजिकैबाट हाफ टर्न गर्दै भारतको लागि चौथो गोल गरिन् ।

७२औं मिनेटमा भारतकी अनिता कुमारी वान भर्सेज वानमा गोल गर्न चुक्दा भारत पाँचौँ गोल गर्नबाट रोकिएको थियो ।

खेलको ७६औं मिनेटमा पूर्णिमा कुमारीले हेडमार्फत गोल गरिन् । राइट फ्ल्याङ्कबाट आएको प्रिकिक प्रहारलाई पूर्णिमाले गोल गर्दै पोस्टको दिशा दिँदा नेपाली डिफेन्स र गोलरक्षक मुकदर्शक बन्यो ।

८६औं मिनेटमा छैटौँ गोल गर्दै भारतले आफ्नो दबदबा कायम राख्यो । पेनाल्टी क्षेत्रभित्रबाट सुनिता मुन्डाले भारतका लागि छैटौँ गोल थपिन् ।

अतिरिक्त समयमा भारतले गोल गरे पनि रेफ्रिले अफसाइडको सङ्केत गरेपछि नेपाल सातौं गोल खानबाट रोकिएको थियो ।

तर त्यसको एक मिनेटपछि नै नेपालले सातौं गोल खान पुग्यो । भारतका लागि सातौं गोल नितु लिन्डाले ९७औ. मिनेटमा गरिन् ।

नेपाललाई ७-० ले हराएसँगै भारत अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने च्याम्पिनसिपमा नेपाल, भारत र बङ्गलादेशले सहभागिता जनाएका छन् ।

मार्च १५ बाट सुरू भएको च्याम्पियनसिप २५ मार्चसम्म सञ्चालन हुनेछ ।

दर्शन भक्त राज लावतको प्रशिक्षणमा भारत पुगेको नेपाली राष्ट्रिय महिला टोलीको कप्तानी प्रीती राईले गरिरहेकी छिन् ।

२३ सदस्यीय नेपाली टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहेकी छिन् भने श्रीप्रकाश वैद्यले गोलरक्षक प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् ।

नेपालले दोस्रो खेल मार्च १७ मा बङ्गलादेशदेश खेल्नेछ ।

बङ्गलादेशको खेलसँगै पहिलो राउन्डको अन्त्य हुँदा नेपालले दोस्रो राउन्डको पहिलो खेलमा भारतसँग मार्च २१ र दोस्रो खेलमा बङ्गलादेशसँग मार्च २३ मा खेल्नेछ ।

तस्बिरमा हेर्नुस नेपाल भर्सेज भारत

प्रकाशित समय: मङ्गलबार १ चैत, २०७८, २१:३७:५०
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०