भारतसँग नेपालको लज्जास्पद हार (फाेटाे फिचर)

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ चैत, २०७८
२ वर्षअघि
भारतसँग

साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७-० गोलान्तरले पराजित बनेको छ ।

भारतस्थित जमसेदपुर रङ्गशालामा आजबाट सुरू भएको च्याम्पियनसिपमा नेपाल भारतसामु निरीह देखियो ।

पहिलो हाफमा नेपालको पोस्टमा तीन गोल गरेको भारतले दोस्रो हाफमा चार गोल थपेपछि विशाल अन्तरको जित दर्ता गर्न सफल भयो ।

भारतका लागि पहिलो गोल सुजिश पोट्टेक्कटले गरीन् । नेपाली गोलरक्षक सावित्री किसानको क्लिरेन्स गतिलो नभएको फाइदा उठाउँदै सुजिशले खेलको १४औं मिनेटमा सुरुवाती अग्रता दिलाउन सफल भइन् ।

लिन्डा कोम सेर्तोले १७औं र ३५औं मिनेटमा दुई गोल गरेपछि भारतले पहिलो हाफअघि नेपालविरुद्ध तीन गोलको गतिलो अग्रता लियो ।

दोस्रो हाफमा केही सुधार गरे पनि नेपालले गोल खाने क्रम रोकिएन ।

भारतसँग

खेल अवधिभर खेललाई पूर्ण नियन्त्रणमा राख्न सफल भारतले दोस्रो हाफमा पनि नेपालविरुद्ध गोलको वर्षा गर्यो ।

६९औं मिनेटमा अपूर्ण नर्जरीले पेनाल्टी क्षेत्र नजिकैबाट हाफ टर्न गर्दै भारतको लागि चौथो गोल गरिन् ।

७२औं मिनेटमा भारतकी अनिता कुमारी वान भर्सेज वानमा गोल गर्न चुक्दा भारत पाँचौँ गोल गर्नबाट रोकिएको थियो ।

खेलको ७६औं मिनेटमा पूर्णिमा कुमारीले हेडमार्फत गोल गरिन् । राइट फ्ल्याङ्कबाट आएको प्रिकिक प्रहारलाई पूर्णिमाले गोल गर्दै पोस्टको दिशा दिँदा नेपाली डिफेन्स र गोलरक्षक मुकदर्शक बन्यो ।

८६औं मिनेटमा छैटौँ गोल गर्दै भारतले आफ्नो दबदबा कायम राख्यो । पेनाल्टी क्षेत्रभित्रबाट सुनिता मुन्डाले भारतका लागि छैटौँ गोल थपिन् ।

अतिरिक्त समयमा भारतले गोल गरे पनि रेफ्रिले अफसाइडको सङ्केत गरेपछि नेपाल सातौं गोल खानबाट रोकिएको थियो ।

तर त्यसको एक मिनेटपछि नै नेपालले सातौं गोल खान पुग्यो । भारतका लागि सातौं गोल नितु लिन्डाले ९७औ. मिनेटमा गरिन् ।

नेपाललाई ७-० ले हराएसँगै भारत अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने च्याम्पिनसिपमा नेपाल, भारत र बङ्गलादेशले सहभागिता जनाएका छन् ।

मार्च १५ बाट सुरू भएको च्याम्पियनसिप २५ मार्चसम्म सञ्चालन हुनेछ ।

दर्शन भक्त राज लावतको प्रशिक्षणमा भारत पुगेको नेपाली राष्ट्रिय महिला टोलीको कप्तानी प्रीती राईले गरिरहेकी छिन् ।

२३ सदस्यीय नेपाली टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहेकी छिन् भने श्रीप्रकाश वैद्यले गोलरक्षक प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् ।

नेपालले दोस्रो खेल मार्च १७ मा बङ्गलादेशदेश खेल्नेछ ।

बङ्गलादेशको खेलसँगै पहिलो राउन्डको अन्त्य हुँदा नेपालले दोस्रो राउन्डको पहिलो खेलमा भारतसँग मार्च २१ र दोस्रो खेलमा बङ्गलादेशसँग मार्च २३ मा खेल्नेछ ।

तस्बिरमा हेर्नुस नेपाल भर्सेज भारत

प्रकाशित समय: मङ्गलबार १ चैत, २०७८, २१:३७:५०
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८