शुक्रबार प्रदेश १ का केही स्थानहरूमा हल्का वर्षापछि घाम लागेकाे छ ।
आज मध्याह्नतिर मेघ गर्जन, चट्याङसहित केहीबेर वर्षा भएको थियो ।
बिहानदेखि आकाश धुम्मिएको भएपनि मध्याह्नतिर मेघ गर्जन र चट्याङसहित वर्षा भएको हो ।
स–सानोे हावाहुुरीसँगै केहीबेर वर्षा भएपछि पुनः घाम चर्किएको छ ।
वर्षापछि धेरैले गर्मीयाम सुरु हुन लागेको आँकलन गरेका छन् ।
फागुन महिना गर्मी र जाडो यामको सीमा महिनाकोे रूपमा चिनिन्छ ।
अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव मौसममा छ ।
आज राति पनि प्रदेश १ लगायत केही प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हेर्नुहाेस् तस्बिरहरूः