युएईविरुद्धकाे सेमिफाइनल खेल जिते नेपालले विश्वकप खेल्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
५ वर्षअघि
विश्वकप

आइसिसी पुरुष टी-२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ ।

ओमानको अल अमेरातमा नेपालले युएईको सामना गर्ने छ ।

Advertisement

नेपाल र युएईबीचको खेल नेपालीसमय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

किनकि, यस खेलले नेपालको विश्वकप यात्राको छिनोफानो गर्नेछ ।

नेपाल आज युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ ।

युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो ।

त्यसयता नेपाल छनोटमा असफल हुँदै आइरहेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाललाई मौका रहेको छ ।

छनोटको समूह ‘बी’ को नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो ।

नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो ।

युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपाल र युएईबीचको पछिल्लो हेड टु हेड बराबरीको स्थितिमा रहेको छ ।

नेपाल र युएईबीचको पछिल्लो चार टी-ट्वान्टी खेलमा दुबैले २ जित र २ हार व्यहोरेको छ ।

दोस्रो सेमिफाइनल खेल पनि आजै साेही समयमा हुँदैछ ।

अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।

आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो ।

यो खेल पनि आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा हुने छ ।

आजको खेल जित्ने दुई देश फाइनल प्रवेश गर्नेछन् ।

फाइनल खुल्ने दुवै टिम विश्वकपका लागि छनोट हुने छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०