फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ फाल्गुण, २०७८
५ वर्षअघि
फिलिपिन्स

आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्दैछ ।

ओमानस्थित अल अमरेत क्रिकेट रङ्गशालामा ११ः४५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

फिलिपिन्स भने आफू सहभागी भएको हालसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितामा नेपाललाई स्तब्ध पार्दै इतिहास लेख्ने दाउमा हुनेछ ।

हिजो सम्पन्न क्वालिफायरको पहिलो खेलमा नेपालले बलियो राष्ट्र ओमानलाई पाखा लगाउँदै आफ्नो खातामा महत्वपूर्ण दुई अङ्क बटुलिसकेको छ ।

अल अमरेत क्रिकेट रङ्गशालामा नै भएको ओमानविरुद्धको खेलमा नेपालले एक सय १८ रनको सामान्य योगफल बनाए पनि ३९ रनको जित दर्ता गर्न सफल भयो ।

नेपालको आजको प्रतिद्वन्द्वी फिलिपिन्स भने पहिलो खेलमा भारी अन्तरले पराजित भएको छ ।

क्वालिफायरको पहिलो खेल क्यानडासँग खेलेको फिलिपन्स एक सय १८ रनले पराजित भएको थियो ।

टस जितेर पहिले फिल्डिङ रोजेको फिलिपिन्सलाई क्यानडाले दुई सय १७ रनको विशाल योगफल दिएको थियो ।

तर २० ओभर पूरै खेलेपनि पाँच विकेटको क्षतिमा ९८ रन मात्र बनाएपछि फिलिपन्सले लज्जास्पद हार बेहोरेको थियो ।

ग्लोबल क्वालिफयारको समूह ‘ए’ को उप–समूह ‘बी’ मा रहेका यी दुवै टोलीबीचको खेलले अङ्कतालिकामा उतारचढाव ल्याउनेछ ।

आफ्नो पहिलो खेलमा जित निकालेको नेपाल नेट रन रेटका कारण समान अङ्क भएपनि दोस्रो स्थानमा छ ।

पहिलो खेलमा फिलिपन्सलाई विशाल अन्तरले हराएको क्यानडा समूहको शीर्ष स्थानमा छ ।

नेपालसँग पराजित बनेको ओमान तेस्रो र फिलिपिन्स पुछारमा छन् ।

फिलिपिन्सले नेपाललाई र ओमानले क्यानडालाई हराएको खण्डमा आ–आफ्नो खातामा पहिलो अङ्क जोड्नेछन् ।

११ः४५ बजे नै सुरु हुने ओमान र क्यानडाविरुद्धको खेलमा क्यानडाले जित हात पारे र नेपाल फिलिपिन्सविरुद्ध विजयी भए नेपाल सेमिफाइनलमा पुग्नेछ ।

सेमिफाइनल जित्दै फाइनलमा स्थान बनाउन सके यही वर्ष अस्ट्रेलियामा हुने विश्कपमा नेपालले आफ्नो स्थान पक्का गर्नेछ ।

नेपालले आफ्नो अन्तिम खेल क्यानडाविरुद्ध २१ फेब्रुअरीमा खेल्नेछ ।

प्रकाशित समय: शनिवार ७ फाल्गुण, २०७८, १०:३७:२५
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०