आरजुलाई लिएर ओलीसँग भेट गर्न बालकोट पुगे प्रधानमन्त्री देउवा !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ फाल्गुण, २०७८
२ वर्षअघि

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् ।

सत्तारूढ गठबन्धनका दलहरूको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् ।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाँईका अनुसार आधा घन्टादेखि उनीहरूबीच छलफल जारी छ ।

केहीबेरअघि बालुवाटारमा सकिएको सत्तारूढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा राणासहित ओलीलाई भेट्न बालकोट गएका हुन् ।

अहिले देउवा र ओलीबीच बालकोटमा कुराकानी भइरहेको बताइएको छ ।

सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी संसदबाट पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद बढाएका थिए ।

सत्तारूढ गठबन्धनको बैठक शुक्रबार बिहान १० बजे फेरि बस्ने भएको छ ।

बिहीबार अपराह्न गठबन्धनको बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसिसी सम्झौता अनुमोदन गर्ने विषयमा शीर्ष नेताहरूबीच दाैडधुप भइरहेको छ ।

प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान भेट गरेका थिए ।

दिउँसोतिर प्रचण्डले सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग एमसिसीका विषयमा छलफल गरेका थिए ।

एमसिसीलाई निकास दिने विषयबाहेक सत्ता गठबन्धन बचाउनेबारे पनि शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।

माओवादीको चेतावनी: संशाेधन नगरी एमसिसी अघि बढाए गठबन्धन तोडिने

प्रकाशित समय: बिहिबार ५ फाल्गुण, २०७८, २१:०६:५५
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८