युराेपा लिगमा बार्सिलाेना र नापाेली भिड्दै

बार्सिलोना युरोपा लिगमा १८ वर्षपछि खेल्दै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ फाल्गुण, २०७८
५ वर्षअघि
युराेपा लिग

१८ वर्षपछि स्पेनिस क्लब बार्सिलोनाले युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिग खेल्दैछ ।

जारी सिजन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएपछि बार्सिलोना सन् २००३/०४ को सिजनपछि पहिलो पटक युरोपा लिग खेल्न लागेको हो ।

युरोपा लिगको अन्तिम ३२ को खेलअन्तर्गत बार्सिलोनाले आज इटालियन सिरी ‘ए’ क्लब नापोलीविरुद्ध घरेलु मैदान क्याम्प नोउमा खैल्दैछ ।

राती ११ः३० मा सुरु हुने खेलमा दुवै टोलीको दाउ आजको खेलमा विजयी हुनु हुनेछ ।

सिरी ‘ए’ मा निकै फर्ममा देखिएको नापोली लिगको तेस्रो स्थानमा छ । पछिल्ला पाँच खेलमा अपराजित रहेको नापोलीले चार खेलमा जित र एकमा बराबरीको नतिजा आत्मसाथ गरेको छ ।

यता बार्सिलोनाले भने भर्खरै मात्र आफ्नो लय समातेको छ ।

रोनाल्ड कोइमानलाई हटाएर जाभी हर्नान्डेजलाई क्लबको प्रशिक्षको जिम्मेवारी सुम्पिएपछि लयमा फर्किएको बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा छ ।

पछिल्ला पाँच खेलमा बार्सिलोना पनि अपराजित रहेको छ । पाँचमध्ये तीन खेलमा जित निकालेको बार्सिलोनाले दुईमा बराबरी खेलेको छ ।

तर युरोपा लिगमा भेट हुँदा यी दुईमध्ये को हाबी हुने हो ? त्यसको लागि आज हुने रोमाञ्चक खेल हेर्न आवश्यक रहन्छ ।

यी दुईबीच पछिल्लो पटक सन् २०१९/२० च्याम्पियन्स लिगको अन्तिम १६ मा भेट भएको थियो ।

पहिलो भेटमा एक–एक गोलको रोमाञ्चक बराबरी खेलेका यी दुवै टोलीमध्ये दोस्रो लेगमा भने बार्सिलोना सफल भएको थियो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको उक्त खेलमा बार्सिलोनाले ३–१ को जित दर्ता गरेको थियो ।

पछिल्लो खेलमा बार्सिलोनासँग हार भोगेकाले पनि आजको खेलमा नापोली केही दबाबमा हुनेछ । तर अघिल्लो खेलमा गोल गर्ने दुई खेलाडी बार्सिलोनाको टोलीमा नहुँदा उसलाई केही राहत हुने पक्का छ ।

नापोलीविरुद्ध गोल गर्ने लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र लुइस स्वारेज स्पेनिस क्लब एट्लेटिको मड्रिड पुगेका छन् ।

यता नापोलीलाई भने विजयी ओसिमेन र लोरेन्जो इन्सिने बलियो साथ हुनेछ । लोरेन्जो इन्सिने तिनै खेलाडी हुन् जसले बार्सिलोनाविरुद्धको पछिल्लो खेलमा नापोलीका लागि एकमात्र गोल गरेका थिए ।

पहिलो लेगको खेल आज क्याम्प नोउमा खेलिँदा दोस्रो लेग भने फेब्रुअरी २५ मा नापोलीको घरेलु मैदान स्टाडियो डिएगो अर्मान्डो माराडोना रङ्गशालामा हुनेछ ।

प्रकाशित समय: बिहिबार ५ फाल्गुण, २०७८, २१:४०:०४
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०