गर्भावस्थामा रक्सी र चुरोटले आमा र शिशु दुवैलाई हानि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ माघ, २०७८
३ वर्षअघि
cigarette and drink at pregnant

चुरोट तथा रक्सीको सेवन हरेक रोगको जोखिम कारक हो भन्ने थाहा हुँदाहुँदै र यसका नकारात्मक असरको बारेमा थाहा भएर पनि फेसनको नाममा पुरुष तथा महिलाहरूले यसको सेवन गरिरहेका छन् ।

फेसनको नामबाट सुरु भएको यस्तो पदार्थको सेवन कहिले गएर बानी हुन पुग्छ र यस्ता बानीलाई तुरुन्त छुताउन निक्कै गाह्रो हुने गर्छ ।

पुरुषमा भन्दा पनि महिलाहरूलाई चुरोटको धुवाँ मात्रले पनि धेरै असर गर्ने गर्छ ।

विभिन्न क्यान्सर जस्ता दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउनुका साथै ज्यानसमेत लिने सम्भावना हुन्छ ।

आम स्वस्थ्य महिलाहरूलाई भन्दा पनि गर्भवती महिलाहरूमा रक्सी र चुरोटले धेरै असर गरिरहेको हुन्छ ।

गर्भावस्थामा गर्भवती महिलाले रक्सी, जाँड, चुरोट, सूर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन र साथै गर्ने मानिसहरूको नजिक पनि बस्नु हुँदैन ।

कुनै मानिसले छेउमा बसेर चुरोट खाइरहेको धुवाँले समेत पेटको बच्चालाई असर पर्न सक्छ ।

गर्भावस्थामा यस्ता पदार्थको सेवनले गर्दा टाउको दुख्ने, तनाव हुने, गर्भपतन हुने, शिशुको वृद्धिमा विकास नहुने, कम तौल भएको बच्चा जन्मिने, मृत बच्चा जन्मिने आदिको खतरा हुन सक्छ ।

पेटमा बच्चा भएको आमाले रक्सी, चुरोट र सूर्तीजन्य पदार्थ खानाले बच्चाको अनुहारमा असर पर्ने अनुसन्धानले समेत पत्ता लगाइसकेको छ ।

गर्भवती भएको केही हप्तामा पेटमा भएको बच्चाको अनुहार बिग्रने, ओठमा समस्या आउने तथा बच्चाको कपाल नहुने सम्भावना देखा पर्न सक्छ ।

यसका साथै बच्चा तथा आमालाई सास फेर्न गाहो हुने, दम तथा स्वाससम्बन्धी समस्या सुरु हुन थाल्छ ।

गर्भअवस्थामा एक महिलाले आफू र आफ्नो गर्भमा भएको बच्चाको राम्रो विचार गर्नु जरुरी हुन्छ ।

पोषणयुक्त खानादेखि लिएर पानी तथा प्रशस्त मात्रामा आराम गर्न त्यतिकै जरुरी हुन्छ ।

समय समयमा डाक्टरकहाँ गएर जाच गराउनुका साथै आफ्नु र बच्चाको स्वास्थ्यको लागि सल्लाहअनुसार आफ्नो दिनचर्या, खानपान र ब्यायाममा निकै ध्यान दिनुपर्ने हुन्छ ।

यो पनि :

ध्यान दिनुहोस्, यस्ता सङ्केत देखिएमा हुनसक्छ ‘हर्टअट्याक’

प्रकाशित समय: बिहिबार २७ माघ, २०७८, ०८:१३:४०

सम्बन्धित खबर

नि:शुल्क वितरण हुने औषधि बेच्दै स्वास्थ्य कार्यालय प्रमुख

बुधबार १७ ब‌ैशाख, २०८२
२ हप्ताअघि

धनपालथानमा नागरिक आरोग्य सेवा केन्द्र : घरदैलो पुगेर आयुर्वेदिक उपचार र परामर्श दिने

आईतबार १४ ब‌ैशाख, २०८२
२ हप्ताअघि

सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

मङ्गलबार ९ ब‌ैशाख, २०८२
३ हप्ताअघि

विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा

शनिवार ६ ब‌ैशाख, २०८२
३ हप्ताअघि

दृष्टि सेवामा समर्पित संस्था बन्दै रामलाल गोल्छा आँखा अस्पताल

बुधबार २६ चैत, २०८१
१ महिनाअघि

रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा बराहक्षेत्रमा आँखा उपचार केन्द्रको थालनी

बुधबार २६ चैत, २०८१
१ महिनाअघि
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०