ध्यान दिनुहोस्, यस्ता सङ्केत देखिएमा हुनसक्छ ‘हर्टअट्याक’

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ माघ, २०७८
५ वर्षअघि

हृदयघात अर्थात हर्टअट्याक भनेको मुटुको कुनै पनि धमनीहरूमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो ।

यो हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने स-साना धमनीहरूको अवरोध भएर भएको हृदयघात कहिलेकाँही मानिसलाई थाहा नहुन पनि सक्छ ।

यसैले पनि हृदयघात एक्कासि आएर ज्यान लग्ने रोगका नाममा भनेर चिनिन्छ ।

खानपानमा ध्यान नदिनु, धुम्रपान मध्यपान गर्नु र व्यायाम नगर्नु यसका मुख्य कारण रहेका छन् ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमानै नियन्त्रणमा राख्न सकेमा हृदयघात कम हुनसक्छ ।

मोटोपन कम गर्ने व्यायाम नियमित गर्ने, मानसिक तनाव हुन नदिने, जीवन शैलीमा सुधार ल्याउने हो भने समयमानै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

हुदयघात हुन लागेको लक्षण हाम्रो शरीरले नै देखाउने गर्छ ।

हृदयघात हुनुभन्दा अगाडि यसको साधारण लक्षण मात्र हुन्छ ।

जब व्यायाम गर्दा, उकालो चढ्दा, भर्याङ उक्लँदा, मानसिक तनाव बढ्दा छातीको बीचमा वा देव्रेतिर भारी हुने, ढुङ्गाले थिचे जस्तो अनुभव हुने लक्षण देखा पर्छ ।

यस्तै, स्वाँ स्वाँ बढ्ने तर आराम गरे पछि सन्चो हुने र कहिले काही देव्रे हातमा वा च्यापूतिर पनि दुखाई सरेको जस्तो पनि हुनसक्छ ।

यदि यस्तो लक्षण देखा परेमा तुरून्त मुटुरोग विशेषज्ञको परामर्श लिनु जरूरी छ ।

यी सङ्केत देखिए होशियारी अपनाउनुपर्छ :

सानोतिनो काम गर्दा पनि कमजोरी अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको बुझ्नुपर्दछ ।

भारी काम गर्दा गल्नु स्वभाविक भएपनि जतिबेलै थकान लाग्नु गम्भीर समस्या हुन सक्छ ।

छाती निरन्तर चस्किने गर्नु पनि हृदयघातको सङ्केत हो ।

छातीमा दबाब अनुभूति हुनुे मुटुमा समस्या हुन सक्ने सङ्केत गर्छ ।

मुटुमा समस्या हुँदा शरीरमा रक्तसञ्चार सहज हुँदैन जसका कारण खुट्टा सुन्निने समस्यादेखा पर्छ ।

जसले हृदयघातको खतरा बढेको सङ्केत गर्छ ।

छातीमा निरन्तर दुखाई अनुभव हुनु वा ढाड दुख्नु पनि हृदयघात हुनुअघिको लक्षण हो ।

खाना अपच हुने वा वान्ता हुने समस्या देखिनु पनि मुटुमा समस्या भएको सङ्केत हुन सक्छ ।

कसैलाई मुटुको गम्भीर समस्या छ भने स्वासमा कठिनाइ देखिने गर्दछ ।

धड्कन बढ्नु र स्वासप्रश्वासमा समस्या देखिनु हृदयघातको लक्षण हो ।

टाउको, गर्धन, बायाँ हात निरन्तर पीडा भइरहेको छ भने पनि सो मुटुको समस्या हुन सक्छ ।

निरन्तर तनाव भएर रिङ्गटा पनि आउन थाल्यो भने सो हृदयघातको सङ्केत समेत हुने गर्छ ।

यो पनि :

मोटोपनाले क्यान्सरकाे जाेखिम बढाउँछः अध्ययन

प्रकाशित समय: बुधबार १९ माघ, २०७८, ११:४९:२१

सम्बन्धित खबर

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
४ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०