राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निवर्तमान अध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको छ ।
मङ्गलबार पार्टी परित्याग गर्ने घोषणा गरेलगत्तै बसेको राप्रपा पदाधिकारीको बैठकले थापालाई पार्टी परित्यागको निर्णय पुनर्विचार गर्न अनुरोध गरेको हो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ऐतिहासिक एकता महाधिवेशनपछि राष्ट्रिय शक्तिको रुपमा उदाएको राप्रपाका निवर्तमान अध्यक्ष थापाको निर्णय अनपेक्षित भएको भन्दै यस्तो अनुरोध बताए ।
मङ्गलबार हेटौँडा पुगेर पूर्वअध्यक्ष थापाले पार्टीबाट अलग हुने घोषणा गरेका थिए ।