कमल थापाले राप्रपा छाडे, तत्काल नयाँ पार्टी नखाेल्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ माघ, २०७८
५ वर्षअघि
कमल थापा

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएकाे घाेषणा गरेका छन् ।

राप्रपाका निवर्तमान अध्यक्ष थापाले हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टीबाट राजीनामा दिएकाे घोषणा गरेका हुन् ।

Advertisement

पार्टीभित्र देखिएकाे सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्दै बाँकी राजनीतिक जिवन राप्रपामा नै रहेर बिताउने आफ्नो योजना रहे पनि पार्टीले आफ्नो कुरा सुन्न छाडेपछि यस्तो अप्रिय निर्णय लिन बाध्य भएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मल निवासले बारम्बार पार्टीमा हस्तक्षेप गरेको र यो राम्रो नभएको दाबी समेत गरेका छन् ।

पार्टीबाट अलग भएपनि थापाले नयाँ पार्टी खोल्नेबारे अहिलेसम्म कुनै निर्णय नभइसकेकाे बताए ।

‘यसबारे छलफल गरेर मात्रै अगाडि बढ्छाैँ’ उनले भने बताए, ‘हालसम्म त्यसबारे निर्णय गरिसकेकाे छैन।’

गत मङ्सिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका थिए ।

असन्तुष्ट रहेका थापाले यसअघि नै पार्टी छाड्ने र नयाँ पार्टी बनाउने चर्चा चलिरहे पनि त्यसलाई नकार्दै आइरहेका थिए ।

पार्टी छाडेकाे घाेषणा गरे लगत्तै सामाजिक सञ्जालमा आफ्नाे भनाइसहितकाे प्रेस विज्ञप्ति जारी गरेका थापाले राप्रपाका कुनै पनि साथीसँग आफ्नो कुनै वैरभाव नरहेको बताएका छन् ।

पार्टीमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तिकाे अन्त्यमा उनले सबैकाे भलाे हाेस् भन्ने कामना समेत गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०