मोरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा नेपाल

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
४ वर्षअघि
Nepal football

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी अफ्रिकी मुलुक मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्णअन्तर्गत मङ्गलबार (आज) दोस्रो खेल हुँदै छ ।

नेपाल र मोरिससबीचको खेल अपराह्न ४ः४५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने छ ।

आजको खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुने छ ।

यसअघि शनिबार साँझ भएको मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १–० गोलको जित निकालेको थियो ।

नेपालको जितमा तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार दोस्रो मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेका छन् ।

उनले टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।

उनको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् ।

यस्तै, मनिष डाँगी र दर्शन गुरुङ समावेश छन् ।

किरणकुमार लिम्बुको कप्तानीमा रहेको टिममा विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ छन् ।

यस्तै, टोलीमा सुमन अर्याल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट छन् ।

यसैगरी, आशिष लामा, विमल घर्तीमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ रहेका छन् ।

यसअघि मोरिससविरुद्धको पहिलो खेलमा जित निकालेसँगै नेपालले १० वर्षयता अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो जित दर्ता गरेको थियो ।

नेपालले फिफाबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात नपारेको ११ वर्ष पूरा हुन लागेको थियो ।

नेपालले सन् २०११ को मार्चमा १९ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको थियो ।

भुटानलाई घरेलु मैदानमा २-१ ले हराएयता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको थिएन ।

सोही वर्षको अक्टोबरमा फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

सो खेलमा नेपाल ४-० ले पराजित भएको थियो ।

तर मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेसँगै नेपालले जितको खडेरी अन्त्य गरेको हो ।

मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो ।

नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गरेको ।

यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।

यसअघि नेपालले दुई पटक अफ्रिकी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् ।

सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो ।

सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो ।

जसमा नेपाल ३–१ ले पराजित भएको थियो ।

मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ ।

सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको माेरिससका लागि यो नै ठुलो उपलब्धि हो ।

मोरिससको भने यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।

यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो, जसमा मोरिसस २-१ गोलले पराजित भएको थियो ।

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, ०७:१५:३५
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०