बेलायती टेनिस स्टारलाई पछ्याउने ‘नेपाली’लाई जेल सजाय तोकियो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि

बेलायती नम्बर वान टेनिस स्टार एम्मा राडुकानुलाई पछ्याएको आरोपमा एक जनालाई अदालतले दोषी ठहर गरेका छन् ।

राडुकानुलाई उनको घरसम्मै पछ्याएको भन्दै ब्रमली म्याजिस्ट्रेट अदालतले अमृत मगरलाई दोषी ठहर गरेको हो ।

मगरलाई शुक्रबार दोषी ठहर गर्दै सो अदालतले जेल सजायसमेत तोकेको छ ।

तथापि, मगरलाई अर्को महिना जेल पठाइने बताइएको छ ।

हाल मगरलाई राडुकानुसँग सम्पर्क नगर्ने र उनीहरू बसेको क्षेत्रमा नजाने शर्तसहित जमानतमा छाडिएको छ ।

३५ वर्षीय मगर नेपाली रहेकाे आशङ्का छ ।

उनले राडुकानुका लागि लेखेको पत्रमा पत्नीको नाम ‘बिना’ उल्लेख गरेका कारण पनि उनी नेपाली रहेको आशङ्का गरिएको हो ।

विवाहित मगर इड्कवेयर बस्दै आएको बताइएको छ ।

उनले पहिला डेलिभरी ड्राइभरको काम गर्ने सूचना प्राप्त भए पनि उनको पहिचानबारे विस्तृत आएको छैन ।

नामको आधारमा मगर नेपाली मूलको रहेजस्तो देखिएपनि उनको कानुनी पहिचानबारे कतै उल्लेख छैन ।

बिबिसीका अनुसार मगरले तीनपटक राडुकानुको दक्षिण लन्डनस्थित घरमा पुगेर उनलाई सताएका थिए ।

त्यसबाहेक मगरले खेलाडी राडुकानुका बुबाको जुत्ता चिनो हुन्छ भन्दै चोरेको पनि डेली मेलमा उल्लेख छ ।

मगर पहिलो पटक सन् २०२१ नोभेम्बर २३ मा राडुकानुको घर गए थिए ।

त्यसबेला उनी एउटा हातमा फूल र अर्को हातमा पत्र बोकेर त्यहाँ पुगेका थिए ।

पत्रमा उनकी पत्नी ‘बिना’ र कुकुर ‘लोगन’को नाम पनि उल्लेख थियो ।

पत्रमा लेखिएको थियो, ‘भन्नलाई केही छैन, तिमी मायाको हकदार छौ । मेरो तर्फबाट अनि बिना र लोगनको तर्फबाट ।’

पछि डिसेम्बर महिनामा भने उनी बारम्बार त्यहाँ पुगेका थिए ।

राडुकानुले प्रहरीलाई भनेकी छन्, ‘यो घटनापछि मैले असुरक्षित अनुभूति गरिरहेकी छु । बाटोमा हिँड्दासमेत बारम्बार पछाडि फर्किएर हिँड्ने गरेकी छु ।’

गत वर्ष बेरोजगार भएका बेलामा मगरले टोरन्टोमा जन्मिएकी ब्रिटिस नम्बर एक खेलाडी तथा युएस ओपनकी विजेता राडुकानुको खेल टेलिभिजनमा हेरेका थिए ।

त्यसपछि उनी सोध्दै–खोज्दै दक्षिण लन्डनस्थित उनको घर पुगेका थिए ।

मगरले अर्को पटक आफू झन्डै २३ माइल टाढा उत्तरी लन्डनबाट भेट हुने आशामा आएको लेखेर छाडेका थिए ।

गत वर्षको डिसेम्बर ४ मा उनले राडुकानुको बगैँचामा क्रिसमसको सजावट गरेपछि उनका बुबा इयानको जुत्ता लिएर गएका थिए ।

राडुकानुका बुबाले ढोकामा राखेको क्यामेराबाट मगर पहिला पनि आएको पहिचान गरेपछि उनलाई पछ्याउँदै गएर प्रहरीलाई खबर गरेका थिए ।

उनी पक्राउ पर्दा प्रहरीले ब्यागमा जुत्ता फेला परेको समाचारमा उल्लेख छ ।

उनले चिनो हुन्छ भनेर जुत्ता लगेको बताएका थिए ।

यो पनि :

नेपालले तोड्यो जितको खडेरी, विमलको निर्णायक गोलमा मोरिससलाई हरायो !

प्रकाशित समय: आईतबार १६ माघ, २०७८, १२:०२:१७

सम्बन्धित खबर

‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०