बेलायती टेनिस स्टारलाई पछ्याउने ‘नेपाली’लाई जेल सजाय तोकियो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
२ वर्षअघि

बेलायती नम्बर वान टेनिस स्टार एम्मा राडुकानुलाई पछ्याएको आरोपमा एक जनालाई अदालतले दोषी ठहर गरेका छन् ।

राडुकानुलाई उनको घरसम्मै पछ्याएको भन्दै ब्रमली म्याजिस्ट्रेट अदालतले अमृत मगरलाई दोषी ठहर गरेको हो ।

मगरलाई शुक्रबार दोषी ठहर गर्दै सो अदालतले जेल सजायसमेत तोकेको छ ।

तथापि, मगरलाई अर्को महिना जेल पठाइने बताइएको छ ।

हाल मगरलाई राडुकानुसँग सम्पर्क नगर्ने र उनीहरू बसेको क्षेत्रमा नजाने शर्तसहित जमानतमा छाडिएको छ ।

३५ वर्षीय मगर नेपाली रहेकाे आशङ्का छ ।

उनले राडुकानुका लागि लेखेको पत्रमा पत्नीको नाम ‘बिना’ उल्लेख गरेका कारण पनि उनी नेपाली रहेको आशङ्का गरिएको हो ।

विवाहित मगर इड्कवेयर बस्दै आएको बताइएको छ ।

उनले पहिला डेलिभरी ड्राइभरको काम गर्ने सूचना प्राप्त भए पनि उनको पहिचानबारे विस्तृत आएको छैन ।

नामको आधारमा मगर नेपाली मूलको रहेजस्तो देखिएपनि उनको कानुनी पहिचानबारे कतै उल्लेख छैन ।

बिबिसीका अनुसार मगरले तीनपटक राडुकानुको दक्षिण लन्डनस्थित घरमा पुगेर उनलाई सताएका थिए ।

त्यसबाहेक मगरले खेलाडी राडुकानुका बुबाको जुत्ता चिनो हुन्छ भन्दै चोरेको पनि डेली मेलमा उल्लेख छ ।

मगर पहिलो पटक सन् २०२१ नोभेम्बर २३ मा राडुकानुको घर गए थिए ।

त्यसबेला उनी एउटा हातमा फूल र अर्को हातमा पत्र बोकेर त्यहाँ पुगेका थिए ।

पत्रमा उनकी पत्नी ‘बिना’ र कुकुर ‘लोगन’को नाम पनि उल्लेख थियो ।

पत्रमा लेखिएको थियो, ‘भन्नलाई केही छैन, तिमी मायाको हकदार छौ । मेरो तर्फबाट अनि बिना र लोगनको तर्फबाट ।’

पछि डिसेम्बर महिनामा भने उनी बारम्बार त्यहाँ पुगेका थिए ।

राडुकानुले प्रहरीलाई भनेकी छन्, ‘यो घटनापछि मैले असुरक्षित अनुभूति गरिरहेकी छु । बाटोमा हिँड्दासमेत बारम्बार पछाडि फर्किएर हिँड्ने गरेकी छु ।’

गत वर्ष बेरोजगार भएका बेलामा मगरले टोरन्टोमा जन्मिएकी ब्रिटिस नम्बर एक खेलाडी तथा युएस ओपनकी विजेता राडुकानुको खेल टेलिभिजनमा हेरेका थिए ।

त्यसपछि उनी सोध्दै–खोज्दै दक्षिण लन्डनस्थित उनको घर पुगेका थिए ।

मगरले अर्को पटक आफू झन्डै २३ माइल टाढा उत्तरी लन्डनबाट भेट हुने आशामा आएको लेखेर छाडेका थिए ।

गत वर्षको डिसेम्बर ४ मा उनले राडुकानुको बगैँचामा क्रिसमसको सजावट गरेपछि उनका बुबा इयानको जुत्ता लिएर गएका थिए ।

राडुकानुका बुबाले ढोकामा राखेको क्यामेराबाट मगर पहिला पनि आएको पहिचान गरेपछि उनलाई पछ्याउँदै गएर प्रहरीलाई खबर गरेका थिए ।

उनी पक्राउ पर्दा प्रहरीले ब्यागमा जुत्ता फेला परेको समाचारमा उल्लेख छ ।

उनले चिनो हुन्छ भनेर जुत्ता लगेको बताएका थिए ।

यो पनि :

नेपालले तोड्यो जितको खडेरी, विमलको निर्णायक गोलमा मोरिससलाई हरायो !

प्रकाशित समय: आईतबार १६ माघ, २०७८, १२:०२:१७
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८