कोभिड सङ्क्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सिफारिस गरेको छ ।
सिसिएमसीको आज (शनिबार) बसेको बैठकले मन्त्रिपरिषद्समक्ष विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको हो ।
मन्त्रिपरिषदबाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुने जनाइएको छ । यसअघि सिसिएमसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो ।