नेपालमा पछिल्लो २४ घण्टामा चार हजार नौ सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१० हजार एक सय एक जनाको पीसीआर परीक्षण र चार हजार चार सय ६१ नमुनाको एन्टिजेन परीक्षण गर्दाचार हजार नौ सय चात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हिजो ६ हजार आठ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । मन्त्रालयले जनाएअनुसार सो समयमा कोभिडका कारण ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार नौ सय २४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर निको हुनेको सङ्ख्या आठ लाख ४८ हजार तीन सय ६० पुगेको छ । देशमा ८७ हजार तीनसय २९ जना सक्रिय सङ्क्रमित छन् ।
देशमा हाल एक सय ३९ जना क्वारेन्टाइनमा, दुई सय ८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।