नेपाल भर्सेस मोरिसस : पहिलो हाफमा गोलरहित बराबरी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
२ वर्षअघि

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अहिले अफ्रिकी देश मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेलिरहेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्न सकेका छैनन् ।

दुवै टिमका खेलाडीले पाएका केही माैका सदुपयोग गर्न नसक्दा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो ।

नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गर्न लागेको हो ।

यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।

यसअघि नेपालले दुई पटक अफ्रिदी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् ।

सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो ।

सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो ।

जसमा नेपाल ३–१ ले पराजित भएको थियो ।

मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ ।

सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको माेरिससका लागि यो नै ठुलो उपलब्धि हो ।

यता, मोरिससको भने यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।

यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो, जसमा मोरिसस २-१ गोलले पराजित भएको थियो ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, १७:३२:००
छिमेकीसँग झगडा परेपछि आत्महत्या, सुसाइड नोटमा लेखिन् : हरहर महादेव !
बिहिबार १५ चैत, २०८०
धनकुटामा लहरीसँग पिकअप ठोक्कियो, लहरीमा ग्यास लोड गर्दै गरेका ठकुरीको मृत्यु
बिहिबार १५ चैत, २०८०
महिला, बालबालिका मन्त्री चौधरी र फिनल्यान्डका राजदूत हेक्काबीच भेट
बिहिबार १५ चैत, २०८०
झापामा हात्तीले कुल्चिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
बिहिबार १५ चैत, २०८०
ग्लोबल मनी वीकमा जीवन विकासको २४ स्थानमा गोष्ठी र साक्षरता
बिहिबार १५ चैत, २०८०
बराहक्षेत्रको कुम्भमेला : चतरामा मदिरा र माछा-मासु प्रतिबन्ध, ३० लाख पर्यटक आउने आँकलन
बिहिबार १५ चैत, २०८०
बर्जुमा तीव्र गतिको मोटरसाइकल बाटोबाट १० फिट तल खस्यो, देवानगन्जका एक जना घाइते
बिहिबार १५ चैत, २०८०
एसइई : पाँच लाख परीक्षार्थी सामेल हुने, जापानबाट पनि २३ जनाले जाँच दिने
बिहिबार १५ चैत, २०८०
आइपिएल : कीर्तिमानी रन बनाएको सनराइजर्स हैदरावादले मुम्बईलाई हरायो
बिहिबार १५ चैत, २०८०
विराट गोल्डकपको सम्पूर्ण तयारी पुरा : उद्घाटन खेलमा भुटान र नेपाल पुलिस क्लब भिड्ने
बुधबार १४ चैत, २०८०
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०
तीव्र गतिको मोटरसाइकल दुर्घटनामा बिते रामधुनीका करण
बुधबार १६ फाल्गुण, २०८०