नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार सात सय ३६ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ सय १६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार दुई सय एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै, एकैदिन कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको छ । योसँगै देशमा कुल मृतकको सङ्ख्या ११ हजार ६ सय ८७ जना पुगेको छ ।
सोहि अवधिमा पाँच हजार दुई सय ९२ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ९० हजार पाँच सय ७६ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।