२०२२ मा पहिलो खेल खेल्दै मेस्सी, के गोलको खडेरी तोड्लान त ?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ माघ, २०७८
२ वर्षअघि
के मेस्सी पिएसजीमा सफल हाेलान् त ?

पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टाइन स्टार लियोनल मेस्सीले नयाँ वर्ष २०२२ को आफ्नो पहिलो खेल खेल्दैछन् ।

२०२१ को अन्तिमतिर कोरोना संक्रमण भएदेखि मैदानमा नदेखिएका मेस्सी फ्रान्सेली लिग वानमा रिम्सविरुद्ध मैदान उत्रेर २०२२ सुरू गर्दैछन् ।

कोभिड संक्रमणबाट मुक्त भइसकेका मेस्सी प्रशिक्षणमा फर्किसकेका छन् र उनकाे प्रर्दशनबाट प्रशिक्षक माउरिसियो पोचेटिनो सन्तुष्ट छन् ।

शनिबार भएकाे पत्रकार सम्मेलनमा पिएसजीका प्रशिक्षक पोचेटिनोले मेस्सी आजको खेलमा खेल्ने टोलीमा हुने सार्वजनिक गरिसकेका छन् ।

१६ वर्षे बार्सिलोना बसाइँ दुःखद तरिकाले टुङ्ग्याएका मेस्सीले लिग वानमा अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् ।

२१/२२ काे सिजनको मध्यभागसम्म आइपुग्दा पिएसजीबाट १६ खेल खेलेका मेस्सीले ६ गोल र पाँच असिस्ट मात्रै गरेका छन् ।

लिग वानका मेस्सीको प्रदर्शन उदेक लाग्दो छ । ११ खेल खेलिसकेका मेस्सीको नाममा लिग वानमा मात्र एक गोल रहेको छ ।

फ्रान्सेली लिगमा पाँच असिस्ट गर्न भ्याएका मेस्सीले पिएसजीका लागि च्याम्पियन्स लिगमा भने गज्जब प्रदर्शन गरिरहेका छन् ।

पिएसजीको जर्सीमा पाँच च्याम्पियन्स लिगका खेल खेलिसकेका मेस्सीले पाँच गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगको समूह ‘ए’ मा रहेको पिएसजीलाई समूह उपविजेता बनाउँदै अन्तिम १६ मा पुर्याउन मेस्सीले म्यानचेस्टर सिटी, आरबी लाइपजिग र क्लब ब्रुगविरुद्ध गोल गरेका थिए ।

सिजनको पहिलो हाफसम्म फ्रान्समा खासै चल्न नसकेका मेस्सीलाई आजको खेलसँगै थप दबाब बढेको छ ।

लिगमा राम्रो प्रदर्शन गर्न नसकिरहेका मेस्सीलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल मड्रिड प्रतिद्वन्द्वी पर्नुले पिएसजी बसाइँ कठिन हुने निश्चित छ ।

विश्वमा सर्वाधिक सात पटक बालोन डी ओर जितिसकेका मेस्सी कठिन परिस्थितीबाट अघि बढ्न सक्ने खेलाडीका रुपमा परिचित छन् ।

तर बाँकी सिजन पिएसजीमा उनको प्रदर्शन कस्तो हुने हो ? त्यसको लागि हामीले जारी २१/२२ को पूरा सिजन पर्खनु पर्ने हुन्छ ।

मेस्सी सम्मेलित पिएसजी लिग वान अङ्कतालिकाको शीर्ष स्थानमा छ । पिएसजीको २१ खेलबाट ५० अङ्क छ । पिएसजीभन्दा एक खेल बढी खेलेको नाइस ४२ अङ्कको साथ दोस्रो स्थानमा छ ।

प्रकाशित समय: आईतबार ९ माघ, २०७८, २१:४६:१८
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८